काठमाडौं- मंसिर १४ मा हुने उप-निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार सिफारिस गरेको छ।
कास्की क्षेत्र-२मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्नका लागि ५ आंकाक्षी देखिएका छन्। जिल्ला कार्यसमितिले डा भीमसेन गुरुङ ,रोम बहादुर भण्डारी,जयलाल पुन,कृष्ण बहादुर अधिकारी र इन्दिरा शाहीको नाम सिफारिस गरेको छ।
भक्तपुर जिल्लाको क्षेत्र नम्बर १ ‘क’ माधव खत्री,राममणी न्यौपाने ,बुद्धि कुमार प्यासी,बिष्णु प्रसाद तिमल्सिना ,गोकुल खड्का,शिबराज केसीको नाम सिफारिस गरिएको छ।
दाङ-३ ‘ख’ र बागलुङ–२ ‘ख’ मा सर्वसहमतिमा नाम सिफारिस गरिएको छ। दाङ-३ ‘ख’ को प्रदेश सदस्यमा भुपाल रावत र बागलुङ-२ ‘ख’ बाट गणेश कुँवरको नाम सिफारिस गरिएको छ।
वडा तहको टिकट वितरणको अधिकार पार्टीले जिल्ला कार्य समितिलाई प्रदान गरेको छ। गाउँपालिका र नगरपालिकाको उम्मेदवारको टिकट सम्बन्धित जिल्ला कार्य समितिको सिफारिसमा प्रदेश कमिटीले दिनेछ।
प्रदेश र संघको उम्मेदवारको टुंगो पार्टी केन्द्रले लगाउने छ।
पार्टीले प्रवक्ता निलकण्ठ काफ्लेको संयोजकत्वमा निर्वाचन परिचालन समितl गठन गरेको छ। अर्का प्रवक्ता सुशील श्रेष्ठको नेतृत्वमा विशेष कार्ययोजना परिचालन समिति निर्माण गरिएको छ।
यसैबीच निर्वाचन केन्द्रित बैठक आइतबार बस्ने सहायक महामन्त्री बर्तौलाले जानकारी गराए। भोलिनै सिफारिस भएर आएका नामबाट उम्मेदवारको टुंगो लगाउने पार्टीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।