• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन १३, २०८२ Wed, Feb 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

ज्ञापनपत्र बुझाउन गएका युनिभर्सल मेडिकल कलेजका विद्यार्थीमाथि प्रहरी हस्तक्षेप

प्रहरी भन्छ- लाठीचार्ज भएको छैन
64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १५, २०७६  २१:५७
1140x725

काठमाडौं- बढी शुल्क लिएको भन्दै कलेज विरोधमा उत्रिएका भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजका विद्यार्थीमाथि हातपात भएको छ।

कलेजले अवैधानिक रूपमा लिएको पैसा फिर्ता माग्दै बिहीबारदेखि विद्यार्थीले शुरु गरेको आन्दोलनमा दोश्रो दिन प्रहरीले हस्तक्षेप गरेको आरोप विद्यार्थीहरूले लगाएका छन्।

अतिरिक्त शुल्क हटाउनु पर्ने माग गर्दै अस्पताल प्रशासनलाई ज्ञापन पत्र बुझाउन लाग्दा प्रहरीले विद्यार्थीमाथि लाठी चार्ज गरेको चिकित्सा शिक्षा संघर्ष समितिका प्रवत्ता नरेश भट्टले जानकारी दिए। भट्टका अनुसार प्रहरीको लाठी चार्जबाट १० जना विद्यार्थी घाइते भएका छन्। आन्दोलनमा सहभागी विद्यार्थीलाई अस्पताल प्रवेशमा समेत रोक लगाइएको उनले बताए।

उता प्रहरीले भने सो कलेजका विद्यार्थीमाथि लाठीचार्ज नभएको दाबी गरेको छ। जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता खड्क बहादुर खत्रीले विद्यार्थीहरुले गेटमा धर्ना बसेर एम्बुलेन्सलगायतका अत्यावश्यक साधन रोक्न खोज्दा सामान्य धकेलाधकल मात्रै भएको बताए। 

कलेजका विद्यार्थीहरुले केही दिनअघि मेडिकल कलेजले अवैधानिक रुपमा असुलेको शुल्क फिर्ता गर्न माग गर्दै आइओएममा निवेदन दर्ता गरेका थिए। आइओएममा निवेदन दिएको दस दिन बित्दा पनि कलेज प्रशासनले पैसा फिर्ता गर्न चासो नदेखाएपछि विद्यार्थीलेहरूले आन्दोलन सुरु गरेको प्रवता भट्टले बताए। पछि प्रहरीले दमन नै गरेको उनको भनाइ छ।

प्रवक्ता भट्टले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, 'भर्खरै प्रहरी प्राशासनबाट युसिएमएसका विद्यार्थीमाथि बर्सिएका लाठी र गुण्डाहरुले धम्की दिएको घटनाको हामी घोर भत्सर्ना गर्दछौं। घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण होस्।'

अवैधानिक शुल्क फिर्ता गराइदिन सहयोग माग गर्दै युनिभर्सलका विद्यार्थीहरू बिहीबार जिल्ला प्रशासन कार्यालयसमेत पुगेका थिए। विद्यार्थीहरुले गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले सरकारले निर्णय गरिसकेकोले तोकेभन्दा बढी लिएको पैसा फिर्ता गराउन सहयोग गर्ने आश्वासन दिएका थिए।

Ncell 2
Ncell 2

‘प्रमुख जिल्ला अधिकारीले हामीलाई धेरै पैसा तिरेको प्रमाण ल्याउनु भन्नु भएको छ। पैसा लिँदा कलेजले बिल दिएको छैन। तैपनि ठीकै छ भन्दै हामी कलेज फर्कियौं,’ एमबिबिएस प्रथम वर्षमा अध्ययनरत एक विद्यार्थीले भने, ‘अहिले त प्रशासनले हामीलाई कलेज प्रवेशमै रोक लगाएको छ।’

कलेजमा पढ्ने अधिकांश विद्यार्थी होस्टेलमा बस्छन्। आन्दोलन थालेको भन्दै कलेज प्रशासनले उनीहरूलाई रात परिसक्दा पनि कलेजभित्र पस्न नदिएको विद्यार्थीले बताएका छन्।

सरकारले तोकेभन्दा १० देखि १५ लाख रुपैयाँसम्म बढी शुल्क असुलेको विद्यार्थीहरूको आरोप छ। 

कलेज प्रशासनले कलेज बाहिरका विद्यार्थी ल्याएको भन्दै विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको बताएको छ। चिकित्सा शिक्षा संघर्ष समितिका विद्यार्थी पनि युनिभर्सलका विद्यार्थीलाई साथ दिन त्यहाँ पुगेका थिए।

विद्यार्थीहरुको आन्दोलनका विषयमा कलेजका जनसम्पर्क अधिकृत शुशील गुरुङ्गले विद्यार्थीमाथि लाठी चार्ज नभएको दाबी गरे। उनले बिरामीलाई विद्यार्थीले उपचार गर्न जान नै रोक लगाएपछि प्रहरीले बाटो क्लियर गराएको मात्र बताए।

कलेजभन्दा बाहिरका विद्यार्थी आएर आन्दोलन गरेका कारण होस्टल जान रोक लगाएको उनको भनाइ छ। उनले समस्या समाधानका लागि अस्पताल प्रशासन छलफल गर्न तयार रहेको जानकारी दिए।

पोखराको गण्डकी मेडिकल कलेज, भरतपुरको चितवन मेडिकल कलेज र वीरगञ्जस्थित नेसनल मेडिकल कलेजका विद्यार्थीले अवैधानिक रूपमा लिएको पैसा फिर्ता माग्दै आन्दोलन थालेका थिए।

सरकारले एक महिनाअघि त्रिविले तोकेभन्दा बढी पैसा लिएको भए फिर्ता दिन निर्देशन दिएको थियो। तर, रकम फिर्ता गर्न कलेजहरूले आनाकानी गरिरहेका छन्।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६  २१:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना
झुलाघाट नाका तीन दिन बन्द हुने
पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना बुधबार, फागुन १३, २०८२
झुलाघाट नाका तीन दिन बन्द हुने बुधबार, फागुन १३, २०८२
पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा बुधबार, फागुन १३, २०८२
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना बुधबार, फागुन १३, २०८२
काँग्रेसप्रति सकारात्मक माहोल बनिरहेको छ: महामन्त्री पौडेल मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
२४ घण्टामै डेढ करोड उठेपछि साम्बाले भनिन्–अब रोक्नुस् मंगलबार, फागुन १२, २०८२
नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली- ५ का उम्मेदवार जगन्नाथ चाैधरी रास्वपा प्रवेश मंगलबार, फागुन १२, २०८२
पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा बुधबार, फागुन १३, २०८२
विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभा मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्