काठमाडौं- जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेर पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा माथिको थुनछेक बहस सुरु भएको छ।
शुक्रबार काठमाडौंको बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा निवर्तमान सभामुख महरा माथिको थुनछेक बहस सुरु भएको हो।
महरामाथि संसद् सचिवालयकी एक महिला कर्मचारीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेपछि महरालाई प्रहरीले गत असोज १९ मा पक्राउ गरेको थियो। पक्राउ परेका महरालाई सरकारी वकीलको कार्यालय, काठमाडौंले बिहीबार (हिजो) बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
अहिले जिल्ला अदालत काठमाडौंमा महरालाई उपस्थित गराएर न्यायाधीश सुर्दशनराज पाण्डेको एकल इजलासमा थुनछेकको बहस सुरु भएको छ।
थुनछेक बहस सकिएपछि महरा छुट्ने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्ने सम्बन्धमा अदालतले फैसला गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।