काठमाडौं– राष्ट्रिय जनता पार्टीले ५२ जिल्लामा पर्यवेक्षक खटाएको छ।
ती जिल्लाका वडादेखि केन्द्रसम्म तदर्थ समिति गठन गर्ने प्रयोजनको निम्ति केन्द्रीय पर्यवेक्षक खटाइएको हो।
मधेस केन्द्रित राजनीति गरेर उदाएका विभिन्न पार्टीहरुबीच एकता भई गठन भएको राजपाले मधेसदेखि हिमालसम्मका जिल्लाहरुका लागि पर्यवेक्षक खटाएको छ।
अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा बिहीबार जारी विज्ञप्ति अनुसार सप्तरी जिल्लामा नेजामुद्दिन समागी, सिरहामा हरेन्द्र यादव, धनुषामा सुरिता साह, महोत्तरीमा निलम वर्मा, सर्लाहीमा विजय सिंह, रौतहटमा सुनिल रोहित, बारामा गोबिन्द चौधरी तथा पर्सामा जयनुल राइन छन्।
काठमाडौंमा बाबुकाजी महर्जन, ललितपुरमा राजकुमार थापा तथा भक्तपुरमा सुरेन्द्र जोशी छन्।
हिमाली जिल्ला हुम्ला, डोल्पा तथा मुगुमा देवीबहादुर बुढाथोकी पर्यवेक्षक तोकिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।