जनकपुर- धनुषामा नेपाली कांग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारी अनुसार धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा नेपाली कांग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो।
झडप परी दुई पक्षका ९ जना घाइते भएका छन्।
क्षीरेश्वरनाथ नगरपालिका-२ रमदैया भवाडीमा बुधवार नेपाली कांग्रेस क्षेत्र नं. ४ ले छठ पर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रम पश्चात समाजवादी पार्टी र नेपाली कांग्रेस कार्यकर्ताबीच झडप भएको हो।
कार्यक्रम पश्चात टेन्टको सामान ओसारपोसार गर्ने क्रममा समान्य विवाद उत्पन्न भई झडपमा परिणत हुँदा ९ जना घाइते भएको इलाका प्रहरी कर्यालय महेन्द्रनगरले जनाएको छ।
कार्यक्रमको लागि लगाइएको टेन्टको सामान पुर्याउने क्रममा भएको झडपमा रामहृदय यादव, सुकदेव यादव, राम बहादुर यादव, अमरेश कुमार यादव, श्याम यादव, उमेश यादव, संतोष यादव लगायतका व्यक्तिहरु घाइते भएका छन्।
घाइते समाजवादीका नेता सुकदेव यादवको अनुसार कार्यक्रम सकेर कांग्रेसी कार्यकर्ताहरु फर्किने क्रममा आफनो घर अगाडी उछृंखल गतिविधि गर्दै आफूलाई नाम नै किटेर हुटिङ गरेपछि विवाद भएको थियो। पछि दुबै पक्षका कार्यकर्ताहरु जम्मा भएपछि झडप भएको हो ।
यता कांग्रेस कार्यकर्ताकाअनुसार कार्यक्रम सकेर आफूहरु सामान ओसारपोसार गरेर लैजादै गर्दा समाजवादीका कार्यकर्ताहरुले बीच बाटोमा अवरोध खडा गरेपछि झडप भएको हो।
झडपमा परी घाइते भएकाहरुको रमदैयास्थित रहेको जानकी मेडिकलमा उपचार भइरहेको छ भने सामान्य घाइतेहरु स्थानिय क्लिनिकमा उपचार पश्चात घर फर्किएका छन्।
इप्रका महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक अमिर दाहालका अनुसार अहिलेसम्म कुनै पक्षले प्रहरीमा उजुरी गरेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।