काठमाडौं- सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
आमा हेल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस दुर्घटना हुँदा मृत्यु भएका यात्रीको सनाखत भने हुने क्रममा रहेको प्रहरीले जानकारी दिएको छ।
सोही दुर्घटनामा परी ४५ जना घाइते भएका छन्। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौंको शंखरापुर नगरपालिकास्थित साँखु फेदीको जङ्गलमा बिहीबार सो बस दुर्घटना भएको हो।
उद्धार गरिएका यात्रीलाई थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।