काठमाडौं- कपिलवस्तुको कृष्णनगर नगरपालिकामा बिहान ११ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको छ।
नगरपालिकाको कृष्णबजारमा लक्ष्मी पूजाको मूर्ति बिसर्जनको विषयलाई लिएर तनाब उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको हो।
कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर, पश्चिमतर्फ ७ र पूर्व तर्फ ३ सय मिटर क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको छ।
आदेशको उल्लंघन गर्नेलाई कानुनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।