काठमाडौं– बलात्कार प्रयासको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरामाथि बिहीबार जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस हुँदैछ।
प्रहरी अनुसधान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले महरामाथि जिल्ला अदालतमा अभियोगपत्र दायर गर्नुपर्ने हुन्छ। महरालाई लागेको अभियोगमाथि उनी पक्षका वकिलहरुले बहस गर्नेछन् । बहस सकिएको अवस्थामा बिहीबार नै छुट्न सक्ने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने फैसला हुनेछ।
प्रहरीले कात्तिक ८ गते अनुसन्धान प्रतिवदेन सरकारी वकिललको कार्यालयमा बुझाएको थियो । लगत्तै सार्वजनिक बिदा परेकाले अदालत बन्द भएको थियो । जसकारण आज बिहीबार प्रहरी अनुसधान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले महरामाथि जिल्ला अदालतमा अभियोगपत्र दायर गर्नुपर्ने हुन्छ । उक्त अभियोगमा माथि अदालतमा बहस हुनेछ।
संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि उनलाई त्रफाउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।