काठमाडौं- साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचकमा झिनो अंकको गिरावट आएको छ। बिहीबार नेप्से परिसूचक शून्य दशमलव १० अंकले घटेर १ हजार ३ सय ८७ दशमलव ९८ अंकको बिन्दुमा रोकिएको छ।
बिहीबार समान्य अंकले परिसूचक घटे पनि कारोबार रकममा भने उल्लेख्य मात्रामा वृद्धि भएको छ। यस दिन १ सय ५७ कम्पनीको ४२ करोड ५० लाख ७ हजार ९ सय ४५ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। जबकि बुधबारको कारोबारमा २८ करोड ५५ लाख ३ हजार ८ सय २४ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
बिहीबार कारोबारमा आएका ४ समूहमा गिरावट आएको छ भने ६ समूहमा बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन समूह ४१ दशमलव ५४ अंकले बढेको छ भने अन्य समूह ५ दशमलब शून्य १ अंकले बढेको छ। त्यस्तै, विकास बैंक समूह ३ दशमलव शून्य ९ अंकले बढेको छ।
यता बिहीबार बिमा समूहमा ३४ दशमलव ६६ अंकले गिरावट आएको छ। त्यस्तै, होटल समूहमा ९ दशमलव ९४ अंकको गिरावट आएको छ। यस दिन जलविद्युत् समूहमा ३ दशमलव १५ अंकले गिरावट आएको छ।
बिहीबार नेपाल लाइफ इन्स्योरेन्स ‘प्रमोटर’ सेयरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, ओम डेभलपमेन्ट बैंकको ३ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन नगावेली लघुवित्त विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। कम्पनीको सेयर मूल्य ९२ रुपैयाँ अर्थात् ३ दशमलव ८३ प्रतिशतले गिरावट आएको छ। त्यस्तै, ग्लोबल दिव्यश्वरी हाइड्रोपवरको सेयर मूल्य प्रतिकित्ता ४ रुपैयाँ अर्थात् २ दशमलब ८५ प्रतिशतले घटेको छ।
बिहीबार सर्वाधिक कमाउने कम्पनीहरु

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।