• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

एकतामा ओली-दाहालका दाउपेच

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १३, २०७६  १०:५८
1140x725

नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल र खड्ग प्रसाद ओलीको दुरी बढेको हल्लाले बेलाबेला नेपाली राजनीतिमा तरंग पैदा हुने गर्छ। पटकपटक बल्झिरहने यो समस्याको प्रमुख कारण दुई अध्यक्षको दाउपेच नै हो। दाउपेच नामको दीर्घरोगको बिजारोपण पनि दुई पार्टीको चुनावी तालमेलकै बेला भएको हो। 

दीर्घरोगको नकारात्मक असर समयसमयमा बल्झिरहनु स्वभाविकै हो। पूर्व एमाले र माओवादीको मिलन तथा नेकपाको निर्माण विशुद्ध स्वार्थको गणित हो। यो एकतामा सिद्धान्तको जलप पनि लगाइएको छ। तर यो प्रधान नभएर सहायक आधार मात्र हो। प्रमुख कारण तात्कालीन दुई पार्टीको अध्यक्षको स्वार्थ नै हो। 

कुनै समय दाहाल र ओली एक अर्कालाई चरम घृणा गर्थे। ओलीले तत्कालीन नेकपा माओवादीलाई जति कटाक्ष गरे, त्यति कटाक्ष एमालेका अरु नेताले सायदै गरे। माओवादीको लागि पनि ओली जति घृणित पात्र एमालेमा अरु कोही थिएनन्। यही घृणाको उपज स्वरुप माओवादीले पहिलो संविधानसभाको चुनाव प्रचारप्रसारको बेला ओलीको गाडीमाथि ढुंगा प्रहार गर्‍यो। त्यो घटनाले राम्रै चर्चा पाएको थियो उतिबेला। 

दिवंगत पत्रकार ईन्द्र लोहनीले यसै विषयमा प्रचण्डलाई प्रश्नसमेत गरेका थिए। प्रचण्डले जवाफमा ‘त्यहाँ एउटा केपी ओली भन्ने मान्छे रहेछ’ भनेका थिए। प्रचण्डले यसरी भने कि, मानौं केपी ओलीको कुनै राजनीतिक उचाई नै छैन। तर त्यो बेला 'ओली रहेछ' भन्ने खालका नेता थिएनन्। अहिलेका जस्तो राजनीतिक उचाई थिएन होला, तर ओलीले राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने व्यक्तित्व भइसकेका थिए। प्रचण्डले यसरी होच्याएर बोल्नुमा ओलीप्रतिको चरम घृणाभाव हो। 

कुनै समय दाहाल र ओली एक अर्कालाई चरम घृणा गर्थे। ओलीले तत्कालीन नेकपा माओवादीलाई जति कटाक्ष गरे, त्यति कटाक्ष एमालेका अरु नेताले सायदै गरे।

अर्कातिर ओली सिंगो माओवादीलाई देख्न सक्दैनथे। चुनावी तालमेल तथा पार्टी एकताको कुरा माओवादी शान्ति प्रक्रियामा आएपछि नै सुरु भएको थियो। तर तात्कालीन एमालेको एक पक्षलाई यो कुरा हजम भएन। यो समूहको नेतृत्व केपी ओलीले गर्थे। कायरहरुले मात्र माओवादीसँग एकता गर्छ भन्थे ओली। दोश्रो संविधानसभाको चुनावपछि ओली माओवादीप्रति नरम भएर प्रस्तुत हुन थाले। तर ओलीको यो रणनीति मात्र थियो। माओवादीप्रति उदार भने थिएनन् उनी। उता माओवादी दोस्रो संविधानसभाको चुनावी परिणामअनुसार पहिलो संविधानसभाभन्दा तीन गुणा खुम्चिएर विचरा बन्न पुग्यो।

संविधान निर्माणपछि धेरै राजनीतिक उत्तारचढाव भए। भारतले नाकाबन्दी लगाएपछि ओलीको लोकप्रियता बढ्यो। यसको प्रभाव स्थानीय तहको चुनावी परिणाममा देखियो। यही चुनावी परिणामले माओवादी पुरानो लयमा फर्कन सक्दैन भन्ने पनि प्रमाणित गर्‍यो। 

लेखक

माओवादी सुप्रिमो प्रचण्ड पहिलेजस्तो शक्तिशाली हुने बाटोको खोजीमा थिए। यता ओलीले आफू र आफ्नो पार्टी जति लोकप्रिय भए पनि बहुमत आउँदैन भन्ने बुझिसकेका थिए। शक्ति आर्जनका लागि संघर्षमा राजनीतिमा लागेका सबै हुन्छन्। तर पार्टी अध्यक्षका हिसाबले ओली र प्रचण्ड यसमा बढी चिन्तित थिए। प्रचण्डलाई शक्तिशाली हुनु थियो भने ओलीलाई झन् शक्तिशाली हुनु थियो। राजनीतिसँग जोडिएका अपूरा रहरहरु पार्टी एकताले नै साकार पार्न सक्थ्यो। सम्भवतः पार्टी एकता भएर नेकपा नबनेको भए पहिलो राजनीतिक दल एमाले हुन्थ्यो। तर पहिलो दल हुँदैमा ओलीको प्रधानमन्त्री हुने चाहनालाई सुनिश्चित गर्दैनथ्यो। पुष्पकमल दाहाललाई आफ्नो शक्ति खिइँदै गएको कुरा रुचिकर थिएन। दुवैको चिन्ता निवारण र सपनाको परिपूर्ति गर्ने माध्यम बन्यो, चुनावी तालमेल र पछि पार्टी एकता। 

Ncell 2
Ncell 2
nimb
nimb

दुवैको चिन्ता निवारण र सपनाको परिपूर्ति गर्ने माध्यम बन्यो, चुनावी तालमेल र पछि पार्टी एकता।

एमाले र माओवादी दुवै पार्टीको इतिहाससँग वर्ग सफाया र कम्युनिस्ट दर्शन जोडिएको छ। अहिले एकता प्रक्रियामा कागजी अभिलेखमा आन्दोलनको इतिहास र दर्शन अटाएको छ। तर तेश्रो विश्वको राजनीतिमा सिद्धान्तको व्यावहारिक कार्यान्वयन कम हुन्छ। आवश्यकता हेरी सिद्धान्त र दर्शनको लेप लगाएर कार्यकर्ता तथा जनतालाई दिग्भ्रमित तुल्याउने गरिन्छ। कुनै पनि राजनीतिक दलको सिद्धान्त र कार्यक्रम गौण र सीमित नेताका स्वार्थकेन्द्रित हुन पुग्छन्। नेकपा निर्माणमा पनि पूर्व एमाले र माओवादीको इतिहास, पृष्ठभूमि, राजनीतिक दर्शन, पार्टीको गोत्र सबै जोडिएको होला। तर यी जबर्जस्ती जोडिएका तत्व मात्र हुन्। प्रमुख रसायन भनेको एकाध नेताको लोभ र स्वार्थ नै हो। निश्चय नै लोभ र श्वार्थको खेलमा लेनदेन हुन्छ। राजनीतिमा लेनदेनको काम बोल्न जति सजिलो छ, उति नै गाह्रो छ व्यवहारमा उतार्न। नैतिकता नहुनेहरुले राजनीतिमा यो काम गर्छन्। नैतिकता नभएकालाई राजनीतिक शक्ति र सत्ताको रवाफ त्याग्न गाह्रो हुन्छ। 

नेकपा निर्माणमा पनि पूर्व एमाले र माओवादीको इतिहास, पृष्ठभूमि, राजनीतिक दर्शन, पार्टीको गोत्र सबै जोडिएको होला। तर यी जबर्जस्ती जोडिएका तत्व मात्र हुन्।

ओली र दाहालबीच यस्तै लडाइँ चलिरहेको छ। लेनदेनका क्रममा लाभको ठूलो हिस्सा ओलीले प्राप्त गरेका छन्। तर दाहालले ओलीलाई पूरै कार्यकाल प्रधानमन्त्री पदमा विराजमान गराउन मात्र एकता गरेका होइनन्। तसर्थ आलोपालो प्रधानमन्त्रीको कुरा बेलामौकामा उठ्ने गर्छ। यही कुराले दुई नेताको दुरी बढ्ने र घट्ने क्रम चलिरहन्छ। साथै एक अर्कालाई साईजमा राख्न दाहाल र ओली पार्टीभित्र दाउपेच गरिरहन्छन्। दाउपेचको क्रममा जनताको बहुदलीय जनवादको कुरा बल्झिन्छ। कहिले माओ विचारधारालाई छोड्न नहुने कुरा उठ्छ। यसले नेकपामा मतभेद कायम छ भन्ने स्पष्टै देखाउँछ। तर आवरणमा देखिएका सबै मतभेद ओली-दाहालको मनभेदका परिणाम मात्र हुन्। भारतीय जनता पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेईका अनुसार राजनीतिमा मतभेद स्वभाविक हो, तर मनभेद चाहिँ घातक हुन्छ। मतभेदहरू सुल्झाउन सकिन्छ। मनभेद दीर्घरोग हो। एउटै पार्टी भएकाले दाहाल र ओलीबीच हिजो भिन्न पार्टीमा भए जस्तो कटाक्ष त छैन। तर आफू कसरी शक्तिशाली हुने भन्ने लडाइँकायमै छ। बेलामौकामा आफ्ना यी चाहनाहरु आफ्ना गुटमा नेतामार्फत ओली र दाहालले बाहिर ल्याउँदै आएका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दाहाल र ओली दुवैलाई नेकपाको चिन्ता होला। तर त्यो भन्दापनि ठूलो चिन्ता पार्टीमा पकड बनाउनेमा केन्द्रित छ। यो स्वार्थ पूरा गर्न अन्य नेतालाई फकाउने, पछार्ने काम गरिरहेकै छन् दुवै अध्यक्षहरू। पार्टीभित्र दुई अध्यक्षले एकअर्कालाई असहयोग गर्ने काम त छँदैछ। उनीबीच एकअर्कालाई फकाउने काम पनि जारी छ। दुई नेताको स्वार्थको कोपभाजनमा कुन नेता पर्छ भन्ने थाहा हुँदैन। यस्तो परिस्थितिमा कार्यकर्ताको मनोबल गिर्दै गएको छ। नेकपाका कार्यकर्ता र शुभचिन्तक ओली-दाहालको द्वन्द्व चाहँदैनन्। उनीहरू पार्टी एकताको काम चाँडै सकिएर नेकपा प्रभावकारी होस् भन्ने चाहन्छन्। तर कार्यकर्ता र शुभचिन्तकको चाहनाले मात्र ओली-दाहालको द्वन्द्व टुंगिदैन। यसका निम्ति ओली र दाहालले एकअर्काको लागि त्याग गर्न सक्नुपर्छ, जो असम्भप्राय: छ। 

समय र परिस्थिति हेरेर ओली र दाहाल एकअर्कालाई धम्क्याउने गरिरहन्छन्। तर शक्तिको लडाईमा ओली र दाहालले पार्टी विभाजनको अपजस लिन भने तयार हुने छैनन्। नेकपाको अधिकांश कार्यकर्ताले चाहेजस्तो यो द्वन्द्व अन्त्य पनि हुने छैन। ओली-दाहालको अस्तित्व रहुन्जेल स्वार्थ र मनभेदको यो राजनीति चली नै रहन्छ। 

भानु बोखिमका थप लेख :

  • सत्तासीन नेकपाको 'गुरिल्ला' चरित्र

  • राजनीतिको खतरा अर्थात् आलम प्रवृत्ति

  • चेतनाको प्रतिगमनमा कांग्रेस

  •  

  • रविको छविमा नायकत्व खोज्ने दोधारे जमात

  • काश्मीर : द्वन्द्वको दलदलमा भाजपाको समृद्धि

  • खोइ युवामैत्री योजना र व्यवहार?
  • आरक्षण : मर्मलाई बुझ्ने कि शब्दमा खेल्ने?

  • राष्ट्रवादी पाइन झरेपछिका प्रधानमन्त्री

  • हुम्लाको दु:खान्त सडक राजनीति

  • चाहना र बहानाको भुमरीमा बाबुराम

  • सार्वजनिक स्थानमा धूम्रपानको मनोविज्ञान

  • आन्तरिक कलहको उपचारमा असफल कांग्रेस

  • जहाजको सपनामा बस नछुटोस्

  • राजनीतिक संस्कारमा प्रचण्डको सैद्धान्तिक विचलन

  • रवीन्द्र अधिकारी : निभ्यो भरभराउँदो दियो

  • विप्लवमाथि प्रतिबन्ध : खुमबहादुरको बाटोमा रामबहादुर

  • गुरिल्ला युद्धको भय

  • अस्थायी मानकमा छल्किएको सुन्दरी प्रतियोगिता

  • संरचनागत हिंसाको दुष्चक्रमा महिलाको जीवन

प्रकाशित मिति: बुधबार, कात्तिक १३, २०७६  १०:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति
एक लाख ८७ हजार मतदाता थपिए
सम्बन्धित सामग्री
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
एक लाख ८७ हजार मतदाता थपिए शनिबार, असोज ३१, २०८३
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्