• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

चेतनाको प्रतिगमनमा कांग्रेस  

64x64
नेपाल लाइभ मंगलबार, भदौ ३१, २०७६  १५:१०
1140x725

पछिल्लो संसदीय चुनावी परिणामपछि खुम्चिएको कांग्रेसले पुनर्जीवन खोजिरहेको छ। तर कांग्रेस नेतृत्वले आफैलाई विश्वास गर्न सकिरहेको छैन। धर्मराएको विश्वासले आफ्नै सिद्धान्त र मान्यताविपरीत अभिव्यक्ति दिँदैछन्, कांग्रेसी नेताहरु। यो बेला कांग्रेसको चेतना पश्चगमनतिर लम्किरहेको संकेत गर्छ।

कांग्रेसले धेरै पर हेर्न र सोच्न छाडिसकेको छ। सामाजिक मुद्दामा होस् वा राजनीतिक उपलब्धि,  कांग्रेस पछाडि फर्केर हिँड्न थालेको आभास हुन्छ। कांग्रेसभित्र हिन्दु राष्ट्रको माग राम्रैसँग चर्किन थालेको छ। यो सवालमा शीर्ष तहका नेता नबोले पनि दोस्रो तहका नेता राम्रैसँग मुखरित भइसके। यीबाहेक समाजका अन्य विषयसँग पनि कांग्रेसका नेताहरुले साँघुरो सोच राख्छन् भन्ने सांसद देवेन्द्रराज कँडेल र डिला संग्रौलाको उक्तिबाट थाहा हुन्छ। सांसद कँडेलले विवाहित महिलालाई धेरै अधिकारको कुरा सिकाए परिवार विघठन हुन्छ भनेका थिए। 

महिला अधिकार समानतासँग जोडिएको छ। कुनै पनि लोकतान्त्रिक पार्टीको नेताले समानताको विरुद्ध बोल्दैन। सांसद संग्रौलाले, पछिल्लो पटक चलचित्रमा राष्ट्रप्रेम भन्दा माया प्रेमका कुरा बढी देखाइएकाले बलात्कारको घटना बढे भन्ने आसय व्यक्त गरिन्। एउटा कलाको विधा साथै त्यसमा समेटिएका माया प्रेमको विषयले बलात्कार बढ्यो भन्नु युक्तिसंगत देखिँदैन। 

सात दशकअघि कांग्रेसको नेतृत्व अगाडि फर्किएर सोच्थ्यो। अहिले पछाडि फर्किएर सोच्छ। विश्वेश्वरप्रसाद कोइरालाको नाम निरन्तर बेच्छ कांग्रेस तर उनको सपना साकार पार्ने योजना वा कार्यक्रम ल्याउन सक्दैन।

कांग्रेसमा प्रगतिशील र लोकतान्त्रिक बहसको अभाव हुँदै जानुको परिणाम पनि हुन् माथिका घटनाहरु। 

हिजोआज कांग्रेस आन्तरिक गुटको झगडामा यति मस्त छ कि ऊसँग नयाँ योजना, कार्यक्रम र मुद्दा तय गर्ने तथा छलफल बहस गर्ने समय नै छैन। शीर्ष नेताले व्यक्तिगत महात्कांक्षाले उब्जिएको द्वन्द्व र त्यसको व्यवस्थापनमै पार्टी रुमल्लिइरहेको छ। गुट सञ्चालन गर्ने नेताको व्यक्तिगत स्वार्थमा सिंगो पार्टी अन्योलग्रस्त छ। कांग्रेसमा नेताको व्यक्तिगत महात्वाकांक्षाको झगडा नयाँ भने होइन। २००७ सालदेखि नै कांग्रेसी नेताहरु महत्वाकांक्षाको कारण कित्ताकाटमा देखिन थालेका थिए। त्यो बेला पनि एक-अर्कालाई पन्छाउने र आफू अघि बढ्ने खेल नचलेका होइनन्। उनीहरुको यो रुचिमा बाह्य शक्तिले खेलेको पनि देखिन्छ। तर यस्ता खेल पहिले अहिले जस्तो विकृत थिएन। 

विगतसँग जोडिएका लेख, रचना वा समाचार पढ्दा कांग्रेस अहिलेभन्दा पहिले बढी लोकतान्त्रिक देखिन्छ। आन्तरिक लोकतन्त्र, विधि तथा प्रक्रियालाई भुल्दै गएको कांग्रेस आलोचित मात्र छैन। अन्योलको भुमरीमा हराउँदै गएको छ। अलमलले अगाडि जाने बाटो पहिल्याउन नसकेर कांग्रेस ब्याक गियरमा यात्रा गर्ने सोचमा छ। यसको प्रमुख प्रमाण हो, कांग्रेसमा चर्किंदै गएको हिन्दु राज्यको माग।  

अबको नयाँ पुस्ताले हिन्दु राष्ट्रको माग वा स्थापना गरेकै आधारमा भोट दिइरहँदैनन्। सिद्धान्तत: कुनै मुद्दा वा व्यवस्था स्थापित गरेको भन्दैमा जनताले त्यो पार्टीलाई निरन्तर मत दिँदैन। यो कुरा कांग्रेसले आफ्नै इतिहासबाट सिके पनि हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

हिन्दु राज्यको मुद्दा अघि सारे अर्को चुनावमा राम्रै मत पाइन्छ भन्ने कांग्रेसी कार्यकर्ताको बुझाइ देखिन्छ। त्यही कारण हिन्दु राज्यको पक्षमा उभिनुपर्छ भन्ने मत छ कांग्रेसी कार्यकर्तामा। कार्यकर्ताको यही भनाइमा बहकिँदै गएको देखिन्छ नेतृत्व पनि। तर यस्तो दिवास्वप्नबाट जति छिटो ब्युँझियो, उति राम्रो हुन्छ कांग्रेसलाई। हुन त हिन्दु धर्मको आडमा राजनीति गरिरहेको भारतीय जनता पार्टी (भाजपा) को प्रगति देखिएको छ, छिमेकी राष्ट्रमा। भारतमा भाजपाले धर्मको आडमा गरेको राजनीतिक प्रगति देखेर कांग्रेस लोभिएको हुन सक्छ। तर यो भारत होइन। यहाँका मानिसहरु भारतीयजति जडसुत्रवादी छैनन् भन्ने पछिल्ला १० वर्ष चलेका पेचिला मुद्दाहरुले देखाइसकेको छ। 

तसर्थ, हिन्दु राज्यको भजन गाएर कांग्रेसको प्रगति नहुने निश्चित छ। यो कुरा बुझ्न कांग्रेसीजनले धेरै मेहनत गर्नु पर्दैन। कुनै ठोस खोज तथा अनुसन्धान गर्नु पनि जरुरी छैन। निरन्तर हिन्दु राष्ट्रको वकालत गरिरहेका कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हेरे पुग्छ। ८० प्रतिशतभन्दा बढी हिन्दु छन् भनिएको देशमा, कमल थापाको पार्टीले प्रतिनिधिसभामा एक मात्र सिट जितेको छ। त्यो पनि चुनावी तालमेल गरेका तात्कालीन एमाले र माओवादीको निगाहमा। 

संविधानमा त नेपाल धर्मनिरपेक्ष राज्य हो। संविधान कांग्रेसकै नेतृत्वमा निर्माण भएको हो। आज पनि आफ्नो नेतृत्वमा निर्मित संविधानलाई महत्वपूर्ण उपलब्धि मान्छन्, कांग्रेसी नेताहरु। तर संविधानको महत्वपूर्ण विशेषता धर्म निरपेक्षतालाई चुनौती दिएर कांग्रेसले कति वटा चुनाव जित्ने लक्ष्य राखेको हो? किनभने हिन्दु राष्ट्रको नाममा कालान्तरसम्म राजनीतिक खेती सप्रिँदैन। जनताको आवश्यकता र सपनासँग राजनीतिक दलको योजना र व्यवहार जोडिनु अनिवार्य छ। साथै, अबको नयाँ पुस्ताले हिन्दु राष्ट्रको माग वा स्थापना गरेकै आधारमा भोट दिइरहँदैनन्। सिद्धान्तत: कुनै मुद्दा वा व्यवस्था स्थापित गरेको भन्दैमा जनताले त्यो पार्टीलाई निरन्तर मत दिँदैन। यो कुरा कांग्रेसले आफ्नै इतिहासबाट सिके पनि हुन्छ। 

अहिले कांग्रेस नेतृत्वले नेतृत्व के हो भनेर बुझ्नु पनि जरुरी छ। नेतृत्वको एउटा विशेषता भनेको भिडलाई डोर्‍याउनु पनि हो। भिडसँगै मिसिएर वा त्यसको लहलहैमा लागेर आफ्नो अस्तित्व बचाउने होइन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आजको विश्वमा लोकतन्त्र सर्वस्विकार्य राजनीतिक व्यवस्था र सिद्धान्त हो। यो देशमा राणा शासन हटाएर लोकतन्त्र ल्याउन नेपाली कांग्रेसले आन्दोलन गर्‍यो। नेताहरुले जेलनेल भोगे। नेपाली राजनीतिको इतिहासमा लोकतन्त्रको वकालत गर्ने पुरानो पार्टी हो भनेर चिनिन्छ कांग्रेस। २०१५ सालमा नेपाली कांग्रेसको गरेको क्रान्ति र आन्दोलनको इतिहास धेरै पुरानो भएको थिएन। त्यो समय गराइएको निर्वाचनमा कांग्रेसले दुई तिहाइ जित हासिल गरेको थियो। त्यो बेला संविधानसभाको चुनावको योजना भने राजा महेन्द्रले तुहाइदिएका थिए। आज संविधानसभाबाट लेखिएको लोकतान्त्रिक संविधान छ। तर लोकतन्त्रको मसिहा हौं भन्ने कांग्रेस कमजोर प्रतिपक्ष भएर बसेको छ। किन त? किनकि कांग्रेससँग लोकतन्त्रको इतिहास छ तर लोकतान्त्रिक व्यवहार छैन। सात दशकअघि कांग्रेसको नेतृत्व अगाडि फर्किएर सोच्थ्यो। अहिले पछाडि फर्किएर सोच्छ। विश्वेश्वरप्रसाद कोइरालाको नाम निरन्तर बेच्छ कांग्रेस तर उनको सपना साकार पार्ने योजना वा कार्यक्रम ल्याउन सक्दैन।

अहिले कांग्रेस नेतृत्वले नेतृत्व के हो भनेर बुझ्नु पनि जरुरी छ। नेतृत्वको एउटा विशेषता भनेको भिडलाई डोर्‍याउनु पनि हो। भिडसँगै मिसिएर वा त्यसको लहलहैमा लागेर आफ्नो अस्तित्व बचाउने होइन। यस्तो डेमगग चरित्रले एकाध व्यक्तिलाई नेता भएको भ्रम दिलाउला तर वास्तविक नेता भने बनाउँदैन। यसबारे कांग्रेसको नेतृत्व बेलैमा सचेत हुन जरुरी छ। कार्यकर्ता हिन्दु राष्ट्रको पक्षमा छन् भन्दैमा नेतृत्व त्यतै बहकिनु हुँदैन। धर्म निरपेक्षता विरुद्धको बाटो उचित छैन भनेर बेलैमा कार्यकर्तालाई सम्झाउनु जरुरी छ। तर यो मामलामा शेरबहादुर देउवा र रामचन्द्र पौडेलले पनि मौन समर्थन देखाएको प्रतीत हुन्छ वा उनीहरु पर्ख र हेरेका अवस्थामा छन्। नेतृत्वको मौनताकै कारण कांग्रेसका आसलाग्दा युवा नेता विश्वप्रकाश शर्मा, गगन थापा पनि धर्म निरपेक्षताको पक्षमा बोल्न नसकिरहेको झैं देखिन्छ। तर नेतृत्वको मौनता र युवा नेतामा छाएको अन्योलले कांग्रेसको निष्ठामाथि नै प्रश्न उठ्न सक्छ।   

आफ्नो चेतनालाई प्रतिगमनतिर धकेलेर पुनर्जीवन पाइँदैन भन्ने कुरामा कांग्रेस सजग हुनुपर्छ। तसर्थ पञ्चायतकालीन राजनीतिको मुद्दाको फेरो पकडेर हिँड्ने राप्रपाको बाटो कांग्रेसले रोज्नु हुँदैन।

यो संविधानसँग धेरैका धेरैखाले गुनासा छन्। खुद्रा मसिना गुनासा त सधैं नै रहला। परिवर्तनका आधार मानिएका ठूला एजेन्डा नै फरकफरक पक्षको असन्तुष्टि छ। धर्म निरपेक्षता मात्र होइन, गणतन्त्र र संघीयतासँग पनि मानिसका असन्तुष्टि छन्। असन्तुष्टिका बाबजुद अहिलेको परिदृश्यमा यी परिवर्तनमा प्रमुख आधार मानिएका छन्। परिवर्तनको आधार स्तम्भलाई भत्काउने होइन, अझ मजबुत बनाएर जानु एक लोकतान्त्रिक दलको जिम्मेवारी हो। संविधान बनाउने एक प्रमुख दलले नै धर्म निरपेक्षतामाथि प्रश्न  उठाएपछि अन्य मुद्दा पनि पेचिलो बन्छ। एकभन्दा बढी प्रमुख मुद्दा पेचिलो बनेपछि राजनीतिक घटनाक्रम पेचिलो हुन सक्छ। राजनीतिलाई पेचिलो बनाउने कार्य एउटा लोकतान्त्रिक दलको लागि राम्रो होइन। 

आफ्नो चेतनालाई प्रतिगमनतिर धकेलेर पुनर्जीवन पाइँदैन भन्ने कुरामा कांग्रेस सजग हुनुपर्छ। तसर्थ पञ्चायतकालीन राजनीतिको मुद्दाको फेरो पकडेर हिँड्ने राप्रपाको बाटो कांग्रेसले रोज्नु हुँदैन। यस्तो राजनीतिले नेपाली कांग्रेसको अस्तित्व र आकार पनि राप्रपाको जस्तै खुम्चिन्छ। 

भानु बोखिमका थप लेख :

  • रविको छविमा नायकत्व खोज्ने दोधारे जमात

  • काश्मीर : द्वन्द्वको दलदलमा भाजपाको समृद्धि

  • खोइ युवामैत्री योजना र व्यवहार?
  • आरक्षण : मर्मलाई बुझ्ने कि शब्दमा खेल्ने?

  • राष्ट्रवादी पाइन झरेपछिका प्रधानमन्त्री

  • हुम्लाको दु:खान्त सडक राजनीति

  • चाहना र बहानाको भुमरीमा बाबुराम

  • सार्वजनिक स्थानमा धूम्रपानको मनोविज्ञान

  • आन्तरिक कलहको उपचारमा असफल कांग्रेस

  • जहाजको सपनामा बस नछुटोस्

  • राजनीतिक संस्कारमा प्रचण्डको सैद्धान्तिक विचलन

  • रवीन्द्र अधिकारी : निभ्यो भरभराउँदो दियो

  • विप्लवमाथि प्रतिबन्ध : खुमबहादुरको बाटोमा रामबहादुर

  • गुरिल्ला युद्धको भय

  • अस्थायी मानकमा छल्किएको सुन्दरी प्रतियोगिता

  • संरचनागत हिंसाको दुष्चक्रमा महिलाको जीवन

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६  १५:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्