• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ९, २०८३ Sat, Jul 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सत्तासीन नेकपाको 'गुरिल्ला' चरित्र

64x64
नेपाल लाइभ बिहीबार, असोज १६, २०७६  ०७:१०
1140x725

सत्ता वैधानिक शक्ति र अधिकार प्रयोगको एक संमिश्रण हो। अहिले सत्तामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विराजमान छ। झापा आन्दोलन र माओवादी आन्दोलनको इतिहास बोकेका दुई पार्टीको एकताबाट बनेको पार्टी नेकपासँग लडाकु चरित्र पनि यथावत छ। सत्ताको वैधानिक शक्तिका बावजुद सशस्त्र क्रान्तिताकाको लडाकु चरित्रबाट ग्रसित छ, सत्तासीन नेकपा। सत्तासीन नेकपाले राज्यसत्तामाथि उठेका प्रश्नको सम्बोधन नभई प्रतिरोधको अभ्यास गर्दै आएको छ।  

नेकपाको लडाकु चरित्रसम्बन्धी प्रहसन पछिल्लो समय चितवनमा प्रदर्शन भएको छ, भ्रष्टचारविरोधी अभियानमा लागेका ज्ञानेन्द्र शाहीमाथि आक्रमण गरेर। ज्ञानेन्द्र शाहीको प्रस्तुति आफैंमा सन्देहपूर्ण त छँदैछ, लोकतान्त्रिक राजनीतिक व्यवस्थामा निसन्देह प्रश्न सोध्न पाइन्छ, लोकतन्त्रको सौन्दर्य नै सत्तामाथिको प्रश्नमा टिकेको हुन्छ। तर, लोकतन्त्रमा कुनै उद्देश्य पवित्र भएर मात्र हुँदैन। विधि प्रक्रिया पनि उत्तिकै सभ्य र नियमसंगत हुनुपर्छ।

लोकतन्त्रिक विधि १६औं शताब्दीका राजनीतिक चिन्तक मेकियावेलीले भनेजस्तो हुँदैन। मेकियावेली उद्देश्य सही छ भने त्यो उदेश्य प्राप्तीका लागि कुनै पनि हतकन्डा अपनाउन सकिन्छ भन्ने मान्यता राख्थे। देसमा भ्रष्टाचारको ब्यारोमिटर चढ्दै गएको बेला यसको विरोध गर्नु आफैंमा सकरात्मक अभियान हो। तर, नेपालगञ्ज विमानस्थलमा देखाएको क्रियाकलाप होस् वा कुनै पनि स्थानमा भाषण गर्दा निर्वाचित प्रतिनिधिमाथि पोख्ने उत्तेजना नै किन नहोस्, ज्ञानेन्द्र शाहीको व्यवहार र बोलीचाली सभ्य देखिएको छैन।

बिडम्बना सरकारमा आफ्नो काम नियाल्ने कम, काममाथि प्रश्न गर्नेमाथि अरिंगाल छोड्ने 'अहंकार' बढी छ।

असभ्यले अरुलाई उत्तेजित पार्न सक्ला तर नैतिकवान र सभ्य बनाउन सक्दैन। व्यक्ति आफू नैतिकवान र सभ्य छैन तथा बनाउन पनि सक्दैन भने कुनै पनि बेला नियम मिच्न उद्धत हुनसक्छ। जो नियम मिच्न उद्धत छ, त्यो मान्छेले पारदर्शिता र सुसाशनको कुरा त गर्ला तर व्यवहारमा उतार्न सधैँ सन्देह हुन्छ। यसकारण ज्ञानेन्द्र शाहीले पनि आफ्नो व्यवहार र प्रस्तुतिमा गहिरिएर पुनर्मूल्यांकन गर्न आवश्यक छ। ज्ञानेन्द्र शाहीले आफ्ना व्यवहार र प्रस्तुति सुधार्न आवश्यक छ।

ज्ञानेन्द्र शाहीले मात्र सुधार्ने होइन, उनलाई सुधार्नु पनि जरुरी छ। किनकि, अब शाही एउटा व्यक्तिको व्यवहार मात्र नभएर एउटा प्रवृत्तिको बिम्ब पनि  हो। अरुलाई नैतिकताको पाठ सिकाउने तर आफू त्यस अनुरूप व्यवहार नदेखाउने चलन संस्कारकै रुपमा विकास भएको छ। तर, सुधार यस्ता प्रवृत्तिमाथि सांघातिक हमला गरेर हुँदैन। खराब प्रवृत्ति भए पनि उठेका प्रश्नमाथि सरकारले गम्भीर भएर सोच्न जरुरी छ। किनकि, शैली वा प्रस्तुति खराब भएपनि सुशासनसँग जोडिएका प्रश्न असान्दर्भिक छैनन्। त्यसमा पनि लोकतन्त्रमा प्रश्न सोध्ने अधिकार सँधै सुरक्षित हुन्छ। प्रश्नको सम्बोधन जवाफदेहितासँग जोडिने भएकाले लोकतन्त्रिक व्यवस्थामा सरकार जवाफदेही हुनैपर्छ। बिडम्बना सरकारमा आफ्नो काम नियाल्ने कम, काममाथि प्रश्न गर्नेमाथि अरिंगाल छोड्ने 'अहंकार' बढी छ।

शाहीमाथि आक्रमण सरकार स्वयंले गरेको होइन। तर सरकार हाँक्नेको मनोवृत्तिको परिणाम भने अवश्य हो। विकासको काम बढाउन तेश्रो विश्वको सरकारका आफ्नै सीमा छन्। जनताको चाहनाको गति र सरकारले व्यवस्थापन गर्नसक्ने श्रोतको अनुपात मिलिरहेको हुँदैन। विकास प्रशासन चुस्त र दुरुस्त बनाउन नसक्नुका समस्या पनि छन्।

सरकारले 'लोकतान्त्रिक आवरणमा मनोमानी गर्छु' भन्ने संकेत अरिंगालको बिम्ब र दुई तिहाइको हवाला दिएर गरेको थियो। विस्तारै व्यवहारमा देखिन थालेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

अर्कातिर खर्चिलो निर्वाचन प्रणाली आफैंले सुशासन र पारदर्शितामाथि चुनौती थपिरहेका छन्। यद्यपि सत्तासीन दलले आफूमाथि उठेका प्रश्नकै कारण संयमता गुमाउनु हुँदैन, सडकमा तान्डवमा देखाउनु भएन। यस्तो व्यवहारले लोकतन्त्र हैन, निरंकुशता मौलाउँछ। तर सरकारले 'लोकतान्त्रिक आवरणमा मनोमानी गर्छु' भन्ने संकेत अरिंगालको बिम्ब र दुई तिहाइको हवाला दिएर गरेको थियो। विस्तारै व्यवहारमा देखिन थालेको छ।

लडाकु चरित्र नेकपाको विगतसँग मात्र जोडिएको छैन। क्रान्तिको गाथा गाउने विश्वका विभिन्न कम्युनिस्ट पार्टीको इतिहाससँग पनि जोडिएको छ। कम्युनिस्ट पार्टीमा आफ्नै पार्टीको फरक विचारलाई स्थान पनि दिइँदैन भने अन्य पार्टीका कुरा टाढाकै विषय हुन्। सामन्यतया यो सोच युद्धकालीन समयमा बढी हावी हुन्छ। फरक विचारले क्रान्ति र संगठन दुवैको लागि ध्वस्त गर्नसक्ने बुझाई देखिन्छ कम्युनिस्टहरुमा।

युद्धकालीन समय निकै संवेदनशील समय हो। यसमा फरक विचार पलाए शत्रु पक्षले खेल्न सक्छ र क्रान्ति तुह्याई दिन सक्छ। तसर्थ कम्युनिस्टको क्रान्तिकालीन समयमा फरक विचारलाई निस्तेज पार्ने प्रवृत्ति अलि बढी नै हुन्छ। युद्धकालीन तथा सशस्त्र युद्धको समयमा अपनाइने यो शैली कम्युनिस्ट नेतामा संस्कारका रुपमा विकास भएको छ। संस्कारका रूपमा विकसित भएका आनीबानी संविधान र यसका अधीनस्थ कानुनले गलत ठहर गरे पनि त्याग्न गाह्रो पर्छ। हाल सत्तासीन दलको लडाकु चरित्र यही मनोवृत्तिको परिणाम हो।

सत्तारोहणपछि लगत्तै प्रधानमन्त्री र केही मन्त्रीले दुई तिहाइको ढोल बजाए। दुई तिहाइको आशय 'शक्तिशाली सरकारले जे पनि गर्नसक्छ' भन्ने थियो। जस्तो कठोर कदम चाल्न सक्छ भनेर बुझ्न सकिन्थ्यो। तर त्यो कठोर कदम विकास, सुशासन र जनताका आवश्यकता परिपूर्ति गर्न होइन रहेछ कि भन्ने सन्देह छ। यसको तात्पर्य, 'खबरदार ! सरकारको विरोध गर्नेले सोचेर मात्र बोल्नु' भन्ने बुझ्न थालिएको छ। किनकि दुई तिहाइको दुहाई जति दिइयो, उति काम गर्न सकेको देखिएन।

युद्धकालीन समयमा उठेका फरक विचारले गन्तव्यमा पुग्न जति खतरा हुन्छ, त्यसको ठीक उल्टो फरक विचारलाई स्थान दिँदा लोकतान्त्रिक व्यवस्था फस्टाउँछ। सत्तासीन दलको उचाइ झन् बढ्छ।

भौतिक विकास होस् वा नीतिनिर्माणका काम, दुवैमा सरकार सुस्त छ। आफूमाथि उठेका प्रश्न व्यवहारमार्फत् सम्बोधन गर्न आक्रामक हुनुपर्थ्यो तर प्रश्न गर्नेहरुलाई आक्रमण गर्न उद्धत छ सत्तासीन नेकपा। 'यो आक्रमणमा सबैतिर हामी नेकपा छौं, विरोधीले प्रश्न गर्ने होइन' भन्ने मनोविज्ञानले काम गरेको छ।

तर, सशस्त्र क्रान्ति वा युद्धकालीन समयमा जस्तो एकतर्फी हेराइ हुँदैन लोकतान्त्रिक व्यवस्थामा। वस्तु, घटना तथा क्रियाकलापलाई विभिन्न कोणबाट नियालिन्छ। विभिन्न विचार तथा गुनासाहरु अभिव्यक्त गरिन्छ। लोकतान्त्रिक सरकारले आफ्नो कामप्रति आएका प्रतिक्रियालाई उपेक्षा गर्दैन। यसमा छलफल बहस गराउँछ। युद्धकालीन समयमा उठेका फरक विचारले गन्तव्यमा पुग्न जति खतरा हुन्छ, त्यसको ठीक उल्टो फरक विचारलाई स्थान दिँदा लोकतान्त्रिक व्यवस्था फस्टाउँछ। सत्तासीन दलको उचाइ झन् बढ्छ।

नेकपा लोकतान्त्रिक व्यवस्था मान्छु भन्ने सशस्त्र क्रान्तिको इतिहास बोकेको राजनीतिक दल हो। मस्तिष्कमा कहीँ न कहीँ आज पनि मार्क्सवाद, लेलिनवाद, माओवाद तथा विभिन्न कम्युनिस्ट नेताका विचाराधारा सल्बलाइरहेको देखिन्छ। यद्यपि विश्वको लोकतान्त्रिक मुलुकमा अपनाइने राजनीतिक विधि तथा प्रक्रिया पछ्याउनैपर्ने बाध्यता पनि छ नेकपालाई।

पिडा तत्काल त कसैमाथि शक्ति प्रदर्शन गरेर अभिव्यक्त गरिएला। तर आक्रोश पोख्ने यो शैली आउँदो चुनाव तथा पार्टीको छवि निर्माणमा महँगो साबित हुनसक्छ।

यो विधिबाट सत्तामा पुगिरहन नेकपाले पटक-पटक जनताबाट अनुमोदन प्राप्त गरेको पनि छ। यद्यपि निर्वाचनमार्फत् सत्ताको दावी गर्न एकाध लोकप्रिय कार्यक्रम दिएर मात्र हुँदैन। लोकतान्त्रिक विधि र व्यवस्थाअन्तर्गत राजनीतिक दल आफैं लोकप्रिय हुनुपर्छ। तर फरक विचार राख्नेमाथि आक्रामक हुने प्रवृत्तिले नेकपालाई लोकप्रिय बनाउँदैन, बदनाम बनाउँदै लगेको छ। नेकपाको लोकतान्त्रिक निष्ठामाथि नै प्रश्न उठ्छ। अलोकप्रियताको पिडा तत्काल त कसैमाथि शक्ति प्रदर्शन गरेर अभिव्यक्त गरिएला। तर आक्रोश पोख्ने यो शैली आउँदो चुनाव तथा पार्टीको छवि निर्माणमा महँगो साबित हुनसक्छ।

सत्तासीन नेकपाले बुझ्न जरुरी छ कि, यो सत्ता कब्जा होइन। आवधिक निर्वाचनमार्फत् निश्चित समयका लागि प्राप्त सत्ता मात्र हो। यो बेला मनोमानी गर्ने होइन, विधि र प्रक्रियामार्फत् जनताको दुःख, समस्या र चाहनाको उपचार खोज्ने अवधि हो। यस्तो बेला लडाकु चरित्र त्यागेर फरक विचार र आफूमाथि उठेका प्रश्न सुन्ने हिम्मत गर्नुपर्छ। अन्यथा 'अरुलाई तह लगाउँछु' भन्ने लडाकु चरित्रले नेकपा आफैं तह लाग्नसक्छ।

प्रकाशित मिति: बिहीबार, असोज १६, २०७६  ०७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतीय शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली, प्रधानले के भने?
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
आर्थिक वर्ष २०८२/८३ मा १२ लाखभन्दा बढी पर्यटकले गरे नेपाल भ्रमण
सम्बन्धित सामग्री
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल घोषणा गर्दै भारतलाई खुला जेलजस्तै अवस्थामा पुर्‍याइन्। आखिर आपतकाल कसरी घोषणा भ... शनिबार, साउन ९, २०८३
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
ताजा समाचारसबै
भारतीय शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली, प्रधानले के भने? शनिबार, साउन ९, २०८३
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा शनिबार, साउन ९, २०८३
आर्थिक वर्ष २०८२/८३ मा १२ लाखभन्दा बढी पर्यटकले गरे नेपाल भ्रमण शनिबार, साउन ९, २०८३
अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रियो, अस्पताल भर्ना शनिबार, साउन ९, २०८३
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ शनिबार, साउन ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना शनिबार, साउन ९, २०८३
वर्षा-पहिरोले नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्