• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सत्तासीन नेकपाको 'गुरिल्ला' चरित्र

64x64
नेपाल लाइभ बिहीबार, असोज १६, २०७६  ०७:१०
1140x725

सत्ता वैधानिक शक्ति र अधिकार प्रयोगको एक संमिश्रण हो। अहिले सत्तामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विराजमान छ। झापा आन्दोलन र माओवादी आन्दोलनको इतिहास बोकेका दुई पार्टीको एकताबाट बनेको पार्टी नेकपासँग लडाकु चरित्र पनि यथावत छ। सत्ताको वैधानिक शक्तिका बावजुद सशस्त्र क्रान्तिताकाको लडाकु चरित्रबाट ग्रसित छ, सत्तासीन नेकपा। सत्तासीन नेकपाले राज्यसत्तामाथि उठेका प्रश्नको सम्बोधन नभई प्रतिरोधको अभ्यास गर्दै आएको छ।  

नेकपाको लडाकु चरित्रसम्बन्धी प्रहसन पछिल्लो समय चितवनमा प्रदर्शन भएको छ, भ्रष्टचारविरोधी अभियानमा लागेका ज्ञानेन्द्र शाहीमाथि आक्रमण गरेर। ज्ञानेन्द्र शाहीको प्रस्तुति आफैंमा सन्देहपूर्ण त छँदैछ, लोकतान्त्रिक राजनीतिक व्यवस्थामा निसन्देह प्रश्न सोध्न पाइन्छ, लोकतन्त्रको सौन्दर्य नै सत्तामाथिको प्रश्नमा टिकेको हुन्छ। तर, लोकतन्त्रमा कुनै उद्देश्य पवित्र भएर मात्र हुँदैन। विधि प्रक्रिया पनि उत्तिकै सभ्य र नियमसंगत हुनुपर्छ।

लोकतन्त्रिक विधि १६औं शताब्दीका राजनीतिक चिन्तक मेकियावेलीले भनेजस्तो हुँदैन। मेकियावेली उद्देश्य सही छ भने त्यो उदेश्य प्राप्तीका लागि कुनै पनि हतकन्डा अपनाउन सकिन्छ भन्ने मान्यता राख्थे। देसमा भ्रष्टाचारको ब्यारोमिटर चढ्दै गएको बेला यसको विरोध गर्नु आफैंमा सकरात्मक अभियान हो। तर, नेपालगञ्ज विमानस्थलमा देखाएको क्रियाकलाप होस् वा कुनै पनि स्थानमा भाषण गर्दा निर्वाचित प्रतिनिधिमाथि पोख्ने उत्तेजना नै किन नहोस्, ज्ञानेन्द्र शाहीको व्यवहार र बोलीचाली सभ्य देखिएको छैन।

बिडम्बना सरकारमा आफ्नो काम नियाल्ने कम, काममाथि प्रश्न गर्नेमाथि अरिंगाल छोड्ने 'अहंकार' बढी छ।

असभ्यले अरुलाई उत्तेजित पार्न सक्ला तर नैतिकवान र सभ्य बनाउन सक्दैन। व्यक्ति आफू नैतिकवान र सभ्य छैन तथा बनाउन पनि सक्दैन भने कुनै पनि बेला नियम मिच्न उद्धत हुनसक्छ। जो नियम मिच्न उद्धत छ, त्यो मान्छेले पारदर्शिता र सुसाशनको कुरा त गर्ला तर व्यवहारमा उतार्न सधैँ सन्देह हुन्छ। यसकारण ज्ञानेन्द्र शाहीले पनि आफ्नो व्यवहार र प्रस्तुतिमा गहिरिएर पुनर्मूल्यांकन गर्न आवश्यक छ। ज्ञानेन्द्र शाहीले आफ्ना व्यवहार र प्रस्तुति सुधार्न आवश्यक छ।

ज्ञानेन्द्र शाहीले मात्र सुधार्ने होइन, उनलाई सुधार्नु पनि जरुरी छ। किनकि, अब शाही एउटा व्यक्तिको व्यवहार मात्र नभएर एउटा प्रवृत्तिको बिम्ब पनि  हो। अरुलाई नैतिकताको पाठ सिकाउने तर आफू त्यस अनुरूप व्यवहार नदेखाउने चलन संस्कारकै रुपमा विकास भएको छ। तर, सुधार यस्ता प्रवृत्तिमाथि सांघातिक हमला गरेर हुँदैन। खराब प्रवृत्ति भए पनि उठेका प्रश्नमाथि सरकारले गम्भीर भएर सोच्न जरुरी छ। किनकि, शैली वा प्रस्तुति खराब भएपनि सुशासनसँग जोडिएका प्रश्न असान्दर्भिक छैनन्। त्यसमा पनि लोकतन्त्रमा प्रश्न सोध्ने अधिकार सँधै सुरक्षित हुन्छ। प्रश्नको सम्बोधन जवाफदेहितासँग जोडिने भएकाले लोकतन्त्रिक व्यवस्थामा सरकार जवाफदेही हुनैपर्छ। बिडम्बना सरकारमा आफ्नो काम नियाल्ने कम, काममाथि प्रश्न गर्नेमाथि अरिंगाल छोड्ने 'अहंकार' बढी छ।

शाहीमाथि आक्रमण सरकार स्वयंले गरेको होइन। तर सरकार हाँक्नेको मनोवृत्तिको परिणाम भने अवश्य हो। विकासको काम बढाउन तेश्रो विश्वको सरकारका आफ्नै सीमा छन्। जनताको चाहनाको गति र सरकारले व्यवस्थापन गर्नसक्ने श्रोतको अनुपात मिलिरहेको हुँदैन। विकास प्रशासन चुस्त र दुरुस्त बनाउन नसक्नुका समस्या पनि छन्।

सरकारले 'लोकतान्त्रिक आवरणमा मनोमानी गर्छु' भन्ने संकेत अरिंगालको बिम्ब र दुई तिहाइको हवाला दिएर गरेको थियो। विस्तारै व्यवहारमा देखिन थालेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

अर्कातिर खर्चिलो निर्वाचन प्रणाली आफैंले सुशासन र पारदर्शितामाथि चुनौती थपिरहेका छन्। यद्यपि सत्तासीन दलले आफूमाथि उठेका प्रश्नकै कारण संयमता गुमाउनु हुँदैन, सडकमा तान्डवमा देखाउनु भएन। यस्तो व्यवहारले लोकतन्त्र हैन, निरंकुशता मौलाउँछ। तर सरकारले 'लोकतान्त्रिक आवरणमा मनोमानी गर्छु' भन्ने संकेत अरिंगालको बिम्ब र दुई तिहाइको हवाला दिएर गरेको थियो। विस्तारै व्यवहारमा देखिन थालेको छ।

लडाकु चरित्र नेकपाको विगतसँग मात्र जोडिएको छैन। क्रान्तिको गाथा गाउने विश्वका विभिन्न कम्युनिस्ट पार्टीको इतिहाससँग पनि जोडिएको छ। कम्युनिस्ट पार्टीमा आफ्नै पार्टीको फरक विचारलाई स्थान पनि दिइँदैन भने अन्य पार्टीका कुरा टाढाकै विषय हुन्। सामन्यतया यो सोच युद्धकालीन समयमा बढी हावी हुन्छ। फरक विचारले क्रान्ति र संगठन दुवैको लागि ध्वस्त गर्नसक्ने बुझाई देखिन्छ कम्युनिस्टहरुमा।

युद्धकालीन समय निकै संवेदनशील समय हो। यसमा फरक विचार पलाए शत्रु पक्षले खेल्न सक्छ र क्रान्ति तुह्याई दिन सक्छ। तसर्थ कम्युनिस्टको क्रान्तिकालीन समयमा फरक विचारलाई निस्तेज पार्ने प्रवृत्ति अलि बढी नै हुन्छ। युद्धकालीन तथा सशस्त्र युद्धको समयमा अपनाइने यो शैली कम्युनिस्ट नेतामा संस्कारका रुपमा विकास भएको छ। संस्कारका रूपमा विकसित भएका आनीबानी संविधान र यसका अधीनस्थ कानुनले गलत ठहर गरे पनि त्याग्न गाह्रो पर्छ। हाल सत्तासीन दलको लडाकु चरित्र यही मनोवृत्तिको परिणाम हो।

सत्तारोहणपछि लगत्तै प्रधानमन्त्री र केही मन्त्रीले दुई तिहाइको ढोल बजाए। दुई तिहाइको आशय 'शक्तिशाली सरकारले जे पनि गर्नसक्छ' भन्ने थियो। जस्तो कठोर कदम चाल्न सक्छ भनेर बुझ्न सकिन्थ्यो। तर त्यो कठोर कदम विकास, सुशासन र जनताका आवश्यकता परिपूर्ति गर्न होइन रहेछ कि भन्ने सन्देह छ। यसको तात्पर्य, 'खबरदार ! सरकारको विरोध गर्नेले सोचेर मात्र बोल्नु' भन्ने बुझ्न थालिएको छ। किनकि दुई तिहाइको दुहाई जति दिइयो, उति काम गर्न सकेको देखिएन।

युद्धकालीन समयमा उठेका फरक विचारले गन्तव्यमा पुग्न जति खतरा हुन्छ, त्यसको ठीक उल्टो फरक विचारलाई स्थान दिँदा लोकतान्त्रिक व्यवस्था फस्टाउँछ। सत्तासीन दलको उचाइ झन् बढ्छ।

भौतिक विकास होस् वा नीतिनिर्माणका काम, दुवैमा सरकार सुस्त छ। आफूमाथि उठेका प्रश्न व्यवहारमार्फत् सम्बोधन गर्न आक्रामक हुनुपर्थ्यो तर प्रश्न गर्नेहरुलाई आक्रमण गर्न उद्धत छ सत्तासीन नेकपा। 'यो आक्रमणमा सबैतिर हामी नेकपा छौं, विरोधीले प्रश्न गर्ने होइन' भन्ने मनोविज्ञानले काम गरेको छ।

तर, सशस्त्र क्रान्ति वा युद्धकालीन समयमा जस्तो एकतर्फी हेराइ हुँदैन लोकतान्त्रिक व्यवस्थामा। वस्तु, घटना तथा क्रियाकलापलाई विभिन्न कोणबाट नियालिन्छ। विभिन्न विचार तथा गुनासाहरु अभिव्यक्त गरिन्छ। लोकतान्त्रिक सरकारले आफ्नो कामप्रति आएका प्रतिक्रियालाई उपेक्षा गर्दैन। यसमा छलफल बहस गराउँछ। युद्धकालीन समयमा उठेका फरक विचारले गन्तव्यमा पुग्न जति खतरा हुन्छ, त्यसको ठीक उल्टो फरक विचारलाई स्थान दिँदा लोकतान्त्रिक व्यवस्था फस्टाउँछ। सत्तासीन दलको उचाइ झन् बढ्छ।

नेकपा लोकतान्त्रिक व्यवस्था मान्छु भन्ने सशस्त्र क्रान्तिको इतिहास बोकेको राजनीतिक दल हो। मस्तिष्कमा कहीँ न कहीँ आज पनि मार्क्सवाद, लेलिनवाद, माओवाद तथा विभिन्न कम्युनिस्ट नेताका विचाराधारा सल्बलाइरहेको देखिन्छ। यद्यपि विश्वको लोकतान्त्रिक मुलुकमा अपनाइने राजनीतिक विधि तथा प्रक्रिया पछ्याउनैपर्ने बाध्यता पनि छ नेकपालाई।

पिडा तत्काल त कसैमाथि शक्ति प्रदर्शन गरेर अभिव्यक्त गरिएला। तर आक्रोश पोख्ने यो शैली आउँदो चुनाव तथा पार्टीको छवि निर्माणमा महँगो साबित हुनसक्छ।

यो विधिबाट सत्तामा पुगिरहन नेकपाले पटक-पटक जनताबाट अनुमोदन प्राप्त गरेको पनि छ। यद्यपि निर्वाचनमार्फत् सत्ताको दावी गर्न एकाध लोकप्रिय कार्यक्रम दिएर मात्र हुँदैन। लोकतान्त्रिक विधि र व्यवस्थाअन्तर्गत राजनीतिक दल आफैं लोकप्रिय हुनुपर्छ। तर फरक विचार राख्नेमाथि आक्रामक हुने प्रवृत्तिले नेकपालाई लोकप्रिय बनाउँदैन, बदनाम बनाउँदै लगेको छ। नेकपाको लोकतान्त्रिक निष्ठामाथि नै प्रश्न उठ्छ। अलोकप्रियताको पिडा तत्काल त कसैमाथि शक्ति प्रदर्शन गरेर अभिव्यक्त गरिएला। तर आक्रोश पोख्ने यो शैली आउँदो चुनाव तथा पार्टीको छवि निर्माणमा महँगो साबित हुनसक्छ।

सत्तासीन नेकपाले बुझ्न जरुरी छ कि, यो सत्ता कब्जा होइन। आवधिक निर्वाचनमार्फत् निश्चित समयका लागि प्राप्त सत्ता मात्र हो। यो बेला मनोमानी गर्ने होइन, विधि र प्रक्रियामार्फत् जनताको दुःख, समस्या र चाहनाको उपचार खोज्ने अवधि हो। यस्तो बेला लडाकु चरित्र त्यागेर फरक विचार र आफूमाथि उठेका प्रश्न सुन्ने हिम्मत गर्नुपर्छ। अन्यथा 'अरुलाई तह लगाउँछु' भन्ने लडाकु चरित्रले नेकपा आफैं तह लाग्नसक्छ।

प्रकाशित मिति: बिहीबार, असोज १६, २०७६  ०७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ मंगलबार, भदौ २, २०८३
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, भदौ २, २०८३
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्