• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

राजनीतिको खतरा अर्थात् आलम प्रवृत्ति

64x64
नेपाल लाइभ बुधबार, असोज २९, २०७६  १३:५४
1140x725

राजनीतिशास्त्रका अनेकन परिभाषाहरुमा मूलत दुई वटा भनाइ चर्चित छन्। एउटाले राजनीतिलाई विज्ञानको पनि विज्ञान मान्छ। अर्काेले खराब पक्ष देखाउँदै राजनीतिलाई फोहोरी खेल ठान्छ। तेस्रो विश्वमा राजनीतिज्ञले आफ्नो अभिष्ट पूरा गर्न सबभन्दा बढी साम, दाम, दन्ड, भेद अपनाएको पाइन्छ, जो राजनीतिको खराब पाटो हो। नेपालमा यसको पछिल्लो उदाहरण बनेका छन्, नेपाली कांग्रेसका नेता मोम्हमद आफताव आलम। 

राजनीति त्यो विज्ञान हो, जसले समाजका सबै विज्ञानलाई नेतृत्व गरेर अघि बढ्छ। यस मानेमा राजनीतिशास्त्रलाई विज्ञानको पनि विज्ञान भनिएको। तर यो विज्ञानलाई व्यवहारमा उतार्ने मानिसले नै हो। मानिसले राजनीतिक दर्शनको व्यावहारिक प्रयोग गर्ने ठाउँमा पुग्न केही विधि र सर्त पार गर्नुपर्छ। ती सर्त र विधि लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित छन्।

कतिपय राष्ट्रमा लोकतान्त्रिक विधिले काम गर्दैन होला, तर यस्ता राष्ट्र थोरै छन्। लोकतन्त्रको सामान्य सिद्धान्त भनेको राजनीतिज्ञले सत्ता प्राप्ति तथा त्यसको लागि योग्य सावित हुन मौजुदा विधि र सर्तको उल्लंघन गर्नुहँुदैन। सत्ताको लागि योग्य र यसको प्राप्तिपछि पनि नेताले उच्च नैतिकता प्रदर्शन गरिरहनुपर्छ। नैतिकताको खडेरी तथा विधि र सर्तको पालन नगरी सत्ता प्राप्तिको बाटो अपनाए राजनीति फोहोरी खेलमा बदलिएको पत्तो हुँदैन। 

एउटा पूर्ण राज्य हुनको लागि निश्चित जमिन, जनसंख्या र सम्प्रभुता भएर मात्र हुँदैन। त्यसलाई चलाउन सरकार पनि चाहिन्छ। सरकार वृहत्तर जिम्मेवारीसँग जोडिएको तत्व हो। यसमा वैधानिक शक्ति र शक्तिसँग जोडिएको सम्मान पनि हुन्छ। उपलब्ध शक्ति र सम्मान जिम्मेवारीसँग अन्योन्याश्रित हुन्छ। तर शक्ति र सम्मानको निहित स्वार्थमा जब नेताको दिमाग भड्किन्छ, तब ऊ विधि र प्रक्रियाबाट आएको सबै खालको परिणाम स्वीकार्न तयार हुँदैन। कुनै पनि हालतमा जित मात्र हासिल गर्न चाहन्छ।

सम्भवतः यस्ता घटना धेरै भएका छन्। यथार्थ यो हो कि, यस्ता घटना खुलेर बाहिर आएका छैनन्। खास ठाउँका त्यहींका एकाध व्यक्तिमैं सीमित भएका छन्। सुरक्षा संयन्त्रले गहिरो अनुसन्धान नगर्दा ती घटना दन्ते कथामा परिणत पनि भएका होलान्। कतिपय अवस्थामा शक्तिकै आडमा यस्ता घटनाहरु रफादफा पार्ने प्रयास गरिएको छ।

घटनामा आलमको कस्तो संलग्नता थियो भन्ने अनुसन्धानले बताउला तर त्यो निर्मम काण्डलाई आलमले चुनाव जित्न रचेको षड्यन्त्रको खराब परिणामका रुपमा लिइन्छ।

कांग्रेस नेता आलमकै उदाहरण लिऔं। उनीमाथि बम विस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा लगेर जलाएको आरोप छ। यो आरोप नयाँ विल्कुल हैन। घटना ११ वर्ष अघिको थियो। त्यसैले यो विषय त्यतिबेलै अनुसन्धान हुनुपर्ने थियो। अहिले बिउँतिएको मात्र हो। तात्कालीन अवस्थामा आलमले बम विस्फोट गराएर चुनावी माहोल भयावह बनाउने अनि बुथ कब्जा गरेर चुनाव जित्ने रणनीति अपनाउन खोजेको समाचार छ। सोचेअनुरुप बम विस्फोट भएको भए, सायद त्यसलाई कुनै राजनीतिक रङ दिइन्थ्यो होला। अनि त्यसको आडमा आलमले सहजै विजय हासिल गर्थे। बम विस्फोटनको घटनालाई संक्रमणकालको एउटा सामान्य घटना बनाएर सामसुम पारिन्थ्यो। तर निर्वाचनको माहोल त्रसित बनाउन निर्माण गरिएको बम गलत समय र ठाउँमा विस्फोट भयो। आफैंले काममा लगाएका मान्छेहरु घाइते भए। घटना तत्कालको लागि मात्र हैन, आलमको सिंगो राजनीतिक करिअरकै लागि खतरा हुन सक्थ्यो। आफ्नो राजनीतिक करिअर जोगाउन घाइतेको पनि निर्ममतापूर्वक हत्या गरेको आरोप उनलाई लाग्यो।

घटनामा आलमको कस्तो संलग्नता थियो भन्ने अनुसन्धानले बताउला तर त्यो निर्मम काण्डलाई आलमले चुनाव जित्न रचेको षड्यन्त्रको खराब परिणामका रुपमा लिइन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

निश्चय नै राजनीति कुनै पनि कुटीमा बस्ने साधु हुनको लागि गरिँदैन। यो सत्ता प्राप्तिकै खेल हो। यस्तो खेलमा छेडखानी र विपक्षीको आलोचना विश्वभर नै चल्छ। तर तेस्रो विश्व तथा लोकतन्त्रको इतिहास लामो नभएको देशमा नेता विशेषमात्र हैन, सिंगो पार्टीले षडयन्त्रलाई जित सुनिश्चितताको माध्यम बनाइरहेको हुन्छ। आलमको हर्कतमा पनि पार्टीको भूमिका त्यस्तै देखिन्छ।

आलमले मात्र यो घटनालाई रफादफा गर्ने आँट गरेनन्। तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला पनि घटनाबारे जानकार रहेको थाहा पाइन्छ। घटना भएको समय कोइरालाले प्रधानमन्त्रीको रुपमा देशको बागडोर सम्हालिरहेका थिए। कांग्रेसको पार्टी सभापति तथा प्रधानमन्त्री दुवै हैसियतमा फरकफरक संयन्त्रबाट घटनाको खबर थाहा पाए होलान्। सत्ता राजनीतिका माहिर कोइरालाले के गर्दा चुनाव जितिन्छ, त्यही रवैया अख्तियार गरे। उनले आफ्नो पदीय शक्ति पनि लगाए। घटना भएको जिल्लाको तत्कालीन प्रहरी प्रमुखले गहिरोसँग अनुसन्धान नगर्नु वा आलमको वचाउ गर्न खोज्नुले यही अनुमान गर्न सकिन्छ। सत्ताको निम्ति राजनीति गर्ने नेताको लागि यति क्रुर घटना सामान्य हुन् त?

विजय र सत्ता नै यो देशको राजनीतिज्ञको अन्तिम उद्देश्य हुँदै आएको छ। राजनीति जनताको लागि सेवा गर्ने माध्यम हो। तर धेरै नेतालाई यो जिम्मेवारी हैन, आफ्नो सान र रवाफ देखाउने आधार बनेको छ। त्यसको लागि सबभन्दा उपयुक्त थलो र माध्यम दुवै राजनीति हो। यो राजनीति प्रतिको गलत बुझाइ हो। हाम्रा अधिकांश राजनीतिक दलमा आवद्ध नेतामा यही गलत बुझाइ हावी छ । यसकै परिणाम हो, हाम्रा राजनीतिज्ञहरु जित्न मात्र चाहन्छन्, चाहे त्यो जनप्रतिनिधिको रुपमा हुने निर्वाचन होस् वा पार्टीको आन्तरिक निर्वाचन।

यस्तो राजनीतिक दल वा यस्ता सोच राख्ने ठूला नेताले आलम जस्ता नेतालाई काखी च्याप्छन्, जसले चुनाव जितेर पार्टीको शक्ति बढाउँछ। पार्टीलाई सत्ताको खुड्किलो चढ्न अझ सजिलो बनाउँछ। यस्ता नेताहरुमा जीवनपर्यन्त राजनीतिमा अडिरहन चाहने अर्काे लोभ पनि हुन्छ। यस्ता राजनीतिज्ञले सत्ताले शक्ति र सम्मान प्रदान गरेको देख्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तो कलुसित राजनीतिमा षडयन्त्रलाई अस्तित्व रक्षाको कवच बनाउने नेता–कार्यकता धेरै छन्। यस्तो घटिया राजनीतिको एक्ला पात्र हैनन्, मोहम्मद आफताव आलम।

अर्काेतिर उनीहरु यस्तो शक्ति र सम्मान जीवनपर्यन्त गुमाउन चाहँदैनन्। जनताको सेवक हुनको लागि जनताको मतद्वारा चुनिनु पर्छ। तर जो नेता जनतालाई सत्ता र शक्तिको हैकम देखाउन चाहन्छ, ऊ जसरी पनि चुनाव जित्न चाहन्छ। यस्ता नेताहरु सिद्धान्त र योजनाको आधारमा राजनीति गर्दैनन्। जनताको भावनालाई बुझेर उनीहरुलाई मनाउने कोसिस गर्दैनन्। भयको राजनीति गरेर आफ्नो अस्तित्वलाई कायम राख्न चाहन्छन्।

यस्तो कलुसित राजनीतिमा षडयन्त्रलाई अस्तित्व रक्षाको कवच बनाउने नेता–कार्यकता धेरै छन्। यस्तो घटिया राजनीतिको एक्ला पात्र हैनन्, मोहम्मद आफताव आलम। भलै धेरैको कर्तुत अझै पनि पर्दाले ढाकिएका छन्। राजनीतिज्ञका आपराधिक कर्म ढाकिएका यस्ता कति पर्दा कहिल्यै नखुल्लान्। तर सबै घटनामा सधैंको लागि पर्दाले ढाकिरहने अवस्था पनि रहँदैन। 

आजको विश्वमा राज्य सञ्चालनको लागि राजनीति नै महत्वपूर्ण पक्ष हो। राज्य सरकारले चलाउँछ। सरकार सञ्चालनमा विभिन्न दलमा आवद्ध नेताहरु नै पुग्छन्। राजनीतिक दल र दलमा आवद्ध नेताले नै विधिको शासन दिलाउने हो। तर तिनै नेताले विधिको शासन र मानव अधिकारलाई कुल्चिएपछि जनमानसमा नैराश्य छाउनु स्वभाविक हो, जो अहिले वयाप्त छ। यसले राजनीति फोहोरी र क्रुर छ भन्ने प्रमाणित गरेको छ।

तर, निराशाले जीवनलाई अझ कमजोर बनाउँदै लग्छ। यस्तो अवस्थामा यी घटनामा विकसित उज्याला पाटाहरु पनि नियाल्नु पर्छ। आलमको घटना धेरै वर्षपछि बिउँतिएको छ। उनको सांसद पद निलम्बित भएको छ। सभामुख जस्तो हाइप्रोफाइल व्यक्तिमाथि अनुसन्धान थालिएको छ। पूरै छिनोफानो हुन त बाँकी नै छ। तर अपराध क्षम्य हुँदैन भन्ने नजिर स्थापित हुने सम्भावना पनि छ।  

राजनीतिज्ञ शक्तिशाली छन् तर आजको दुनियाँमा शक्ति राजनीतिज्ञमा मात्र छैन। मिडिया, नागरिक समाज, व्यक्ति स्वयंको आत्मविश्वास पनि शक्ति हो। यिनको प्रश्नले नै राजनीतिज्ञको शक्तिलाई सन्तुलन राख्छ। राजनीतिको आडमा भएका अपराध कर्मलाई बाहिर ल्याउँछ। एकदिन आलम जस्ता नेता राजनीतिका लागि अयोग्य ठहरिन्छन्। भलै यसका लागि धेरै वर्ष प्रतीक्षामा बित्न सक्छ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०७६  १३:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्