• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर ५, २०८२ Fri, Nov 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

राजनीतिको खतरा अर्थात् आलम प्रवृत्ति

64x64
नेपाल लाइभ बुधबार, असोज २९, २०७६  १३:५४
1140x725

राजनीतिशास्त्रका अनेकन परिभाषाहरुमा मूलत दुई वटा भनाइ चर्चित छन्। एउटाले राजनीतिलाई विज्ञानको पनि विज्ञान मान्छ। अर्काेले खराब पक्ष देखाउँदै राजनीतिलाई फोहोरी खेल ठान्छ। तेस्रो विश्वमा राजनीतिज्ञले आफ्नो अभिष्ट पूरा गर्न सबभन्दा बढी साम, दाम, दन्ड, भेद अपनाएको पाइन्छ, जो राजनीतिको खराब पाटो हो। नेपालमा यसको पछिल्लो उदाहरण बनेका छन्, नेपाली कांग्रेसका नेता मोम्हमद आफताव आलम। 

राजनीति त्यो विज्ञान हो, जसले समाजका सबै विज्ञानलाई नेतृत्व गरेर अघि बढ्छ। यस मानेमा राजनीतिशास्त्रलाई विज्ञानको पनि विज्ञान भनिएको। तर यो विज्ञानलाई व्यवहारमा उतार्ने मानिसले नै हो। मानिसले राजनीतिक दर्शनको व्यावहारिक प्रयोग गर्ने ठाउँमा पुग्न केही विधि र सर्त पार गर्नुपर्छ। ती सर्त र विधि लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित छन्।

कतिपय राष्ट्रमा लोकतान्त्रिक विधिले काम गर्दैन होला, तर यस्ता राष्ट्र थोरै छन्। लोकतन्त्रको सामान्य सिद्धान्त भनेको राजनीतिज्ञले सत्ता प्राप्ति तथा त्यसको लागि योग्य सावित हुन मौजुदा विधि र सर्तको उल्लंघन गर्नुहँुदैन। सत्ताको लागि योग्य र यसको प्राप्तिपछि पनि नेताले उच्च नैतिकता प्रदर्शन गरिरहनुपर्छ। नैतिकताको खडेरी तथा विधि र सर्तको पालन नगरी सत्ता प्राप्तिको बाटो अपनाए राजनीति फोहोरी खेलमा बदलिएको पत्तो हुँदैन। 

एउटा पूर्ण राज्य हुनको लागि निश्चित जमिन, जनसंख्या र सम्प्रभुता भएर मात्र हुँदैन। त्यसलाई चलाउन सरकार पनि चाहिन्छ। सरकार वृहत्तर जिम्मेवारीसँग जोडिएको तत्व हो। यसमा वैधानिक शक्ति र शक्तिसँग जोडिएको सम्मान पनि हुन्छ। उपलब्ध शक्ति र सम्मान जिम्मेवारीसँग अन्योन्याश्रित हुन्छ। तर शक्ति र सम्मानको निहित स्वार्थमा जब नेताको दिमाग भड्किन्छ, तब ऊ विधि र प्रक्रियाबाट आएको सबै खालको परिणाम स्वीकार्न तयार हुँदैन। कुनै पनि हालतमा जित मात्र हासिल गर्न चाहन्छ।

सम्भवतः यस्ता घटना धेरै भएका छन्। यथार्थ यो हो कि, यस्ता घटना खुलेर बाहिर आएका छैनन्। खास ठाउँका त्यहींका एकाध व्यक्तिमैं सीमित भएका छन्। सुरक्षा संयन्त्रले गहिरो अनुसन्धान नगर्दा ती घटना दन्ते कथामा परिणत पनि भएका होलान्। कतिपय अवस्थामा शक्तिकै आडमा यस्ता घटनाहरु रफादफा पार्ने प्रयास गरिएको छ।

घटनामा आलमको कस्तो संलग्नता थियो भन्ने अनुसन्धानले बताउला तर त्यो निर्मम काण्डलाई आलमले चुनाव जित्न रचेको षड्यन्त्रको खराब परिणामका रुपमा लिइन्छ।

कांग्रेस नेता आलमकै उदाहरण लिऔं। उनीमाथि बम विस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा लगेर जलाएको आरोप छ। यो आरोप नयाँ विल्कुल हैन। घटना ११ वर्ष अघिको थियो। त्यसैले यो विषय त्यतिबेलै अनुसन्धान हुनुपर्ने थियो। अहिले बिउँतिएको मात्र हो। तात्कालीन अवस्थामा आलमले बम विस्फोट गराएर चुनावी माहोल भयावह बनाउने अनि बुथ कब्जा गरेर चुनाव जित्ने रणनीति अपनाउन खोजेको समाचार छ। सोचेअनुरुप बम विस्फोट भएको भए, सायद त्यसलाई कुनै राजनीतिक रङ दिइन्थ्यो होला। अनि त्यसको आडमा आलमले सहजै विजय हासिल गर्थे। बम विस्फोटनको घटनालाई संक्रमणकालको एउटा सामान्य घटना बनाएर सामसुम पारिन्थ्यो। तर निर्वाचनको माहोल त्रसित बनाउन निर्माण गरिएको बम गलत समय र ठाउँमा विस्फोट भयो। आफैंले काममा लगाएका मान्छेहरु घाइते भए। घटना तत्कालको लागि मात्र हैन, आलमको सिंगो राजनीतिक करिअरकै लागि खतरा हुन सक्थ्यो। आफ्नो राजनीतिक करिअर जोगाउन घाइतेको पनि निर्ममतापूर्वक हत्या गरेको आरोप उनलाई लाग्यो।

घटनामा आलमको कस्तो संलग्नता थियो भन्ने अनुसन्धानले बताउला तर त्यो निर्मम काण्डलाई आलमले चुनाव जित्न रचेको षड्यन्त्रको खराब परिणामका रुपमा लिइन्छ।

Ncell 2
Ncell 2

निश्चय नै राजनीति कुनै पनि कुटीमा बस्ने साधु हुनको लागि गरिँदैन। यो सत्ता प्राप्तिकै खेल हो। यस्तो खेलमा छेडखानी र विपक्षीको आलोचना विश्वभर नै चल्छ। तर तेस्रो विश्व तथा लोकतन्त्रको इतिहास लामो नभएको देशमा नेता विशेषमात्र हैन, सिंगो पार्टीले षडयन्त्रलाई जित सुनिश्चितताको माध्यम बनाइरहेको हुन्छ। आलमको हर्कतमा पनि पार्टीको भूमिका त्यस्तै देखिन्छ।

आलमले मात्र यो घटनालाई रफादफा गर्ने आँट गरेनन्। तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला पनि घटनाबारे जानकार रहेको थाहा पाइन्छ। घटना भएको समय कोइरालाले प्रधानमन्त्रीको रुपमा देशको बागडोर सम्हालिरहेका थिए। कांग्रेसको पार्टी सभापति तथा प्रधानमन्त्री दुवै हैसियतमा फरकफरक संयन्त्रबाट घटनाको खबर थाहा पाए होलान्। सत्ता राजनीतिका माहिर कोइरालाले के गर्दा चुनाव जितिन्छ, त्यही रवैया अख्तियार गरे। उनले आफ्नो पदीय शक्ति पनि लगाए। घटना भएको जिल्लाको तत्कालीन प्रहरी प्रमुखले गहिरोसँग अनुसन्धान नगर्नु वा आलमको वचाउ गर्न खोज्नुले यही अनुमान गर्न सकिन्छ। सत्ताको निम्ति राजनीति गर्ने नेताको लागि यति क्रुर घटना सामान्य हुन् त?

विजय र सत्ता नै यो देशको राजनीतिज्ञको अन्तिम उद्देश्य हुँदै आएको छ। राजनीति जनताको लागि सेवा गर्ने माध्यम हो। तर धेरै नेतालाई यो जिम्मेवारी हैन, आफ्नो सान र रवाफ देखाउने आधार बनेको छ। त्यसको लागि सबभन्दा उपयुक्त थलो र माध्यम दुवै राजनीति हो। यो राजनीति प्रतिको गलत बुझाइ हो। हाम्रा अधिकांश राजनीतिक दलमा आवद्ध नेतामा यही गलत बुझाइ हावी छ । यसकै परिणाम हो, हाम्रा राजनीतिज्ञहरु जित्न मात्र चाहन्छन्, चाहे त्यो जनप्रतिनिधिको रुपमा हुने निर्वाचन होस् वा पार्टीको आन्तरिक निर्वाचन।

यस्तो राजनीतिक दल वा यस्ता सोच राख्ने ठूला नेताले आलम जस्ता नेतालाई काखी च्याप्छन्, जसले चुनाव जितेर पार्टीको शक्ति बढाउँछ। पार्टीलाई सत्ताको खुड्किलो चढ्न अझ सजिलो बनाउँछ। यस्ता नेताहरुमा जीवनपर्यन्त राजनीतिमा अडिरहन चाहने अर्काे लोभ पनि हुन्छ। यस्ता राजनीतिज्ञले सत्ताले शक्ति र सम्मान प्रदान गरेको देख्छन्।

यस्तो कलुसित राजनीतिमा षडयन्त्रलाई अस्तित्व रक्षाको कवच बनाउने नेता–कार्यकता धेरै छन्। यस्तो घटिया राजनीतिको एक्ला पात्र हैनन्, मोहम्मद आफताव आलम।

अर्काेतिर उनीहरु यस्तो शक्ति र सम्मान जीवनपर्यन्त गुमाउन चाहँदैनन्। जनताको सेवक हुनको लागि जनताको मतद्वारा चुनिनु पर्छ। तर जो नेता जनतालाई सत्ता र शक्तिको हैकम देखाउन चाहन्छ, ऊ जसरी पनि चुनाव जित्न चाहन्छ। यस्ता नेताहरु सिद्धान्त र योजनाको आधारमा राजनीति गर्दैनन्। जनताको भावनालाई बुझेर उनीहरुलाई मनाउने कोसिस गर्दैनन्। भयको राजनीति गरेर आफ्नो अस्तित्वलाई कायम राख्न चाहन्छन्।

यस्तो कलुसित राजनीतिमा षडयन्त्रलाई अस्तित्व रक्षाको कवच बनाउने नेता–कार्यकता धेरै छन्। यस्तो घटिया राजनीतिको एक्ला पात्र हैनन्, मोहम्मद आफताव आलम। भलै धेरैको कर्तुत अझै पनि पर्दाले ढाकिएका छन्। राजनीतिज्ञका आपराधिक कर्म ढाकिएका यस्ता कति पर्दा कहिल्यै नखुल्लान्। तर सबै घटनामा सधैंको लागि पर्दाले ढाकिरहने अवस्था पनि रहँदैन। 

आजको विश्वमा राज्य सञ्चालनको लागि राजनीति नै महत्वपूर्ण पक्ष हो। राज्य सरकारले चलाउँछ। सरकार सञ्चालनमा विभिन्न दलमा आवद्ध नेताहरु नै पुग्छन्। राजनीतिक दल र दलमा आवद्ध नेताले नै विधिको शासन दिलाउने हो। तर तिनै नेताले विधिको शासन र मानव अधिकारलाई कुल्चिएपछि जनमानसमा नैराश्य छाउनु स्वभाविक हो, जो अहिले वयाप्त छ। यसले राजनीति फोहोरी र क्रुर छ भन्ने प्रमाणित गरेको छ।

तर, निराशाले जीवनलाई अझ कमजोर बनाउँदै लग्छ। यस्तो अवस्थामा यी घटनामा विकसित उज्याला पाटाहरु पनि नियाल्नु पर्छ। आलमको घटना धेरै वर्षपछि बिउँतिएको छ। उनको सांसद पद निलम्बित भएको छ। सभामुख जस्तो हाइप्रोफाइल व्यक्तिमाथि अनुसन्धान थालिएको छ। पूरै छिनोफानो हुन त बाँकी नै छ। तर अपराध क्षम्य हुँदैन भन्ने नजिर स्थापित हुने सम्भावना पनि छ।  

राजनीतिज्ञ शक्तिशाली छन् तर आजको दुनियाँमा शक्ति राजनीतिज्ञमा मात्र छैन। मिडिया, नागरिक समाज, व्यक्ति स्वयंको आत्मविश्वास पनि शक्ति हो। यिनको प्रश्नले नै राजनीतिज्ञको शक्तिलाई सन्तुलन राख्छ। राजनीतिको आडमा भएका अपराध कर्मलाई बाहिर ल्याउँछ। एकदिन आलम जस्ता नेता राजनीतिका लागि अयोग्य ठहरिन्छन्। भलै यसका लागि धेरै वर्ष प्रतीक्षामा बित्न सक्छ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०७६  १३:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारको विरोधमा अनेरास्ववियुले निकाल्यो मसाल जुलुस, तस्बिरहरू
बन्चरेडाँडा ल्यान्डफिल साइटकाे अवरोध हट्याे, जुट्यो सहमति
निर्वाचनका लागि सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस
सम्बन्धित सामग्री
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य यद्यपि धेरै माध्यम हुँदाहुँदै विनाशकारी मार्ग रोजिनु उचित थिएन। एकैदिनको उग्र आक्रोशले असह्य परिस्थितिको सिर्जना गर्यो। झन् वास्तविक... बुधबार, मंसिर ३, २०८२
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व नेपालबाट भ्रष्टाचार उन्मुलन गर्दै राजनीतिक स्थायीत्वसहितको सुशासन र समानतामुलक राज्यव्यवस्थामा टेकेर विश्वव्यापी आधुनिकता र विकासको... आइतबार, भदौ २९, २०८२
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? परिचय:नेपालमा मुख स्वास्थ्य अहिले गम्भीर चुनौतीको रूपमा देखिएको छ। दाँतमा कीरा लाग्ने, गिजाको रोग, मुखको क्यान्सर, टेढामेढा दाँत, दन... शुक्रबार, भदौ २०, २०८२
ताजा समाचारसबै
सरकारको विरोधमा अनेरास्ववियुले निकाल्यो मसाल जुलुस, तस्बिरहरू बिहीबार, मंसिर ४, २०८२
बन्चरेडाँडा ल्यान्डफिल साइटकाे अवरोध हट्याे, जुट्यो सहमति बिहीबार, मंसिर ४, २०८२
निर्वाचनका लागि सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस बिहीबार, मंसिर ४, २०८२
बोपराको अर्धशतकमा चितवनद्वारा लुम्बिनीलाई १४३ रनको लक्ष्य बिहीबार, मंसिर ४, २०८२
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन सर्वोच्चको आदेश बिहीबार, मंसिर ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक (पूर्णपाठसहित) बुधबार, मंसिर ३, २०८२
कर्फ्यू उल्लङ्घन गर्दै सिमरा बजार क्षेत्रमा युवाको प्रदर्शन बुधबार, मंसिर ३, २०८२
मधेसका सभामुख पदमुक्त बुधबार, मंसिर ३, २०८२
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्