काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले बजेटमा आधारभूत वर्गका लागि अवसर वृद्धि गर्ने खालका योजना र कार्यक्रम नसमेटेको बताएका छन्।
सरकारले ल्याएको बजेटबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘मध्यम वर्गको विस्तारको कुरा उठाइएको छ, तर त्यसलाई व्यवसायीकरण गर्ने, त्यसलाई क्षमतालाई समृद्धि गर्ने र उनीहरूको उद्यमशीलता विकास गर्ने दिशातर्फ यसले ढोका खोल्न सकेको छैन।’
नेपाललाई ग्रे लिस्टबाट हटाउने सैद्धान्तिक कुरा गरेको भए पनि ठोस आधार दिन नसकेको बताए।
उनले सामाजिक सुरक्षाको क्षेत्रमा सक्नेले छोड्ने, नसक्नेलाई जोड्ने भनेर सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोजेको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।