काठमाडौँ –धार्मिक स्थल लक्षित भड्काउ अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ परेका छन् ।
काठमाडौँ प्रहरीले जनाएअनुसार पक्राउ पर्ने व्यक्ति रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१२ घर भई हाल टोखा नगरपालिका-८ बानियाँटारमा बसोबास गर्दै आएका २७ वर्षीय जनक परियार हुन् ।
प्रहरीका अनुसार परियारले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका भिडियोहरूमा धार्मिक संरचना तथा मठ-मन्दिर लक्षित भड्काउ अभिव्यक्ति दिएका थिए । ती अभिव्यक्तिले धार्मिक सद्भावमा असर पार्ने प्रकृतिका रहेको प्रारम्भिक मूल्यांकन गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।