काठमाडौं– नेकपाका दुई अध्यक्षहरुबीच दूरी बढेको चर्चा भइरहेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
दुई अध्यक्षबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पछिल्ला केही महत्वपूर्ण घटनाक्रमहरुबारे छलफल भएको वताइएको छ। यद्यपी, दुई अध्यक्षबीचको सम्बन्धको विषयवस्तुले भने छलफलमा प्रवेश नपाएको स्रोतहरुले बताएका छन्।
‘प्रधानमन्त्री ओली आइतबार मात्र अजरबैजानबाट फर्किएका थिए। त्यसैले अर्का अध्यक्ष प्रचण्डले औपचारीक भेटघाट मात्र गर्नुभएको हो, त्यस्तो महत्वपूर्ण विषयमा छलफल भएको छैन’, बालुवाटार स्रोतले भन्यो, ‘तर पनि दुई अध्यक्षबीच भेटवार्ता हुँदा सामान्य रुपमा कटाक्ष हुने कुरा नौलो होइन।’
भेटमा समसामयिक विषयमा छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले पुष्टि गरेका छन्। उनले भने, ‘दुई अध्यक्षबीच भेट भएको हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।