काठमाडौं– भिआइपी जुवाडेको भाइटिका हिरासतमै बित्ने पक्का भएको छ।
महाराजगञ्जमा शनिबार राति चलाइएको जुवा अपरेशनमा पक्राउ परेका २५ मध्ये ६ भिभिआइपी जुवाडेहरु गैर कानुनी थुनामा राखिएको दावी गदै बन्दीप्रत्यक्षीकरणको मुद्दा लिएर सर्वोच्च अदालत पुगेका थिए।
उनीहरुको मुद्दा आज सर्वोच्च अदालतले समय अपुग भएकाले हेर्दाहेर्दमा राखेको छ। यसबारे जानकारी दिँदै महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले भने, ‘मुद्दा समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको छ। अब भाइटिकाको भोलिपल्ट ११ बजे अदालत उपस्थित हुने आदेश छ।’
अदालतको यो आदेशसँगै जुवाडेहरु पुन हिरासत नै फर्किएका छन्। साथै उनीहरुको भाइटिका पनि हिरासतमै बित्ने भएको छ।
तिहारभरी थुनामा बस्नु पर्ने भएपछि सर्वोच्च जानेमा क्यासिनोका खेलाडी बलराम सापकोटा ‘बले’ ठेकेदार पवनकुमार गुप्ता,उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेष्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ती लामाले सर्वोच्च गुहारेका थिए।
उनीहरु थुनामा राख्ने प्रहरीको निर्णय गैरकानुनी भएको जिकीर गर्दै आइतवार सर्वोच्चमा बन्दीको निवेदन दिएका हुन्।
‘भीआईपी’ जुवाको खाल, जहाँ बरामद भएको पैसा गन्न तीन घन्टा लागेको थियो । शनिबार राति महाराजगञ्जबाट पक्राउ परेका उनीहरुको साथबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।