काठमाडौं– संसारकै लामो ट्रेल रेस दाबी गरिएको सोलुखुम्बु ट्रेल रेस मंगलबारओखलढुंगा र सोलुखुम्बुको सिमाना जन्तरधापबाट सुरु हुने भएको छ।
३ सय १० किलोमिटर दूरी पार गर्ने उक्त ट्रेल रेस ३ हजार मिटरको उचाइबाट सुरु भएर सगरमाथाआधार शिविर हुँदै फाप्लुमा आएर टुंगिने आयोजक संस्था दी स्मल वर्ल्डका अध्यक्ष कर्मा शेर्पाले बताए।
सोलुखुम्बुको तल्लो भेग हुँदै सगरमाथा क्षेत्रका विभिन्न गन्तव्य हुँदै सदरमुकाम आएर उक्त रेस समापन हुनेछ।
मंगलबार बिहान ७ बजे धापबाट सुरु भएर उक्त सोलुखुम्बु ट्रेल रेस, ४ हजार ६ सय अग्लो पिके पिक, ३ हजार ५ सय मिटर ऊचाइ‘को लामाजुरा पास, पर्यटकीय गाउँ जुनबेंशी, टाक्सिन्धु गुम्बा, नुम्बुर र करेलुङको फेदमा अवस्थित पवित्र ताल दूधकुण्ड हुँदै रेस अघि बढ्छ।
प्रथम सगरमाथा आरोहीहरू तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारी हिँडेको जंगलको बाटोलाई ट्रेल रेस सहभागीहरुले पछ्याउने छन्।
उक्त ऐतिहासिक पदमार्गलाई पछ्याउँदै हिमाली दृष्य अवलोकनका साथ दौड्न पाउँदा धावकहरु खुशी हुने आयोजककर्मा शेर्पाले बताए।
यस रेसमा अधिकांश धावकहरु फ्रान्सबाट आएका छने भने अरु बेल्जियम,स्वीस लयागतका यूरोपेली देशबाट सहभागिता जनाउने छन्।
यूरोपबाट ६० जनाले र नेपालबाट १५ जना स्थानीय शेर्पाहरुले सहभागिता जनाउँदै छन्। ४० जना विदेशी पुरुष र २० जना विदेशी महिला तथा १५ जना स्वदेशी पुरुषहरुले यस सोलुखुम्बु ट्रेल रेसमा सहभागिता जनाएका भएका छन्।
रेसमा चर्चित विन्टर एथलेक्टिस दावा दाछिरी शेर्पाले पनि सहभागिता जनाएका छन्। शेर्पाले विन्टर ओलम्पिकमा नेपालको नेतृत्व गरिसकेका छन्। ५ पटकसम्म अन्तर्राष्ट्रियस्तरको दौंडमा बिजेता बनेका दाछिरी सोलुखुम्बुमा जन्मिएका हुन्।
'नेपाल संसारकै साहसिक खेल पर्यटनका लागि उत्कृष्ट गन्तव्य हो, दाछिरीले भने। सर्वोच्च शिखर सगरमाथालगायतका ८ हजार मिटर अग्ला हिमाल भएको देशमा यस्ता रेसहरुका लागि विदेशीहरुको आर्कषण थलो हो,'उनले भने, ‘विश्वभर साहसिक खेल पर्यटनका लागि नेपाल गतिलो गन्तव्य हो भन्ने सन्देश यस सोलुखुम्बु ट्रेल रेसले दिनेछ,' शेर्पाले भने।
१५ दिनसम्म हुने उक्त रेस ५ हजार ४ सय मिटर अग्लो सगरमाथा क्षेत्रको रेन्जो पास, गोक्यो भ्याली, ५ हजार ३ सय ६४ मिटर उचाइमा रहको सगरमाथा आधार शिविरमा पुगेर, गोरक्सेप, लोबुचे, फेरीचे,तेङबोचे, नाम्चेबजार, लुक्ला, खरीखोला, नुनथला, टाक्सिन्धु हुँदै फाप्लुमा टुंगिने आयोजक संस्था स्मल वर्ल्डका अध्यक्ष कर्मा शेर्पाले जानकारी दिए।
यस्ता साहसिक खेलकुदको आयोजनाले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा पर्यटकहरुको आगमनमा टेवा पुग्ने टानका अध्यक्ष खुमबहादुर सुवेदीले बताए।
'साहसिक खेलकुद पनि नेपाली पर्यटनको प्रोडक्ट हो,' उनले भने। यस पहिलो सोलुखुम्बु ट्रेल रेसको उदघाटन कार्तिक १२ गते मंगलबार बिहान ७ बजे सोलु दूधकुण्ड नगरपालिका मेयर नाम्गेल जाङ्बु शेर्पाले गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।