काठमाडौं- चालु आर्थिक वर्षमा पहिलोपटक सुन आयात भएको छ। ४ वटा वाणिज्य बैंकले ३ दिनमा २ सय किलो सुन आयात गरेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष लागेपछि पहिलोपटक सुन भित्रिएको हो। मेगा बैंकसहित अन्य ३ बैंकले सुन भित्र्याएको विमानस्थल भन्सार कार्यालय स्रोतले जानकारी दिएको छ।
सुनको भाउ निरन्तर बढ्दा व्यापार शुन्य जस्तै भएका कारण सुन आयात ठप्प जस्तै भएको थियो। तिहार नजिकिँदै जाँदा सुनको व्यापार बढेपछि बैंकहरुले सुन भित्र्याउन थालेका हुन्।
नेपालमा वाणिज्य बैंकहरूले मात्रै सुन भित्र्याउन पाउँछन्। नेपाल बैंकर्स संघका अनुसार पछिल्लो ३ दिनमा भित्रिएको बाहेक बैंकहरुमा करिब २ सय ५० किलो सुन मौज्दात छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।