काठमाडौं- प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई १ सय ६० प्रतिशत हकप्रद सेयर दिने भएको छ। उक्त हकप्रद सेयर निष्कासन तथा बिक्री फागुन २७ गतेदेखि खुला हुँदै छ।
कम्पनीले १ सय रुपैयाँ दरका ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि फागुन १७ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने भएको छ। त्यसैले कम्पनीको १ सय ६० प्रतिशत हकप्रदमा फागुन १६ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरलाई इक्रा नेपालले ग्रेड ४ प्लस प्रदान गरेको छ। जसले कम्पनीका आधारहरु औसतभन्दा तल रहेको जनाउँछ।
हकप्रद सेयरमा फागुन २७ गतेदेखि २०७५ बैशाख २ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
कहाँबाट दिने आवेदन?
प्राइम लाइफ इन्स्योरेन्सको हकप्रदमा सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल, प्राइम लाइफ इन्स्योरेन्सको केन्द्रीय तथा शाखा कार्यालयहरु, आस्वा अनुमतिप्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।