काठमाडौं- राजनीतिक घटनाक्रमले असर पार्ने नेपाली पुँजीमा लगानीकर्ताको मनोवैज्ञानिक असरका कारण मंगलबार पनि गिरावट आएको छ।
मंगलबारको कारोबारको दिन नेप्से परिसूचक १७ दशमलब १८ अंकले घटेर १ हजार ३ सय ९६ दशमलब ७२ अंकको बिन्दुमा रोकिएको छ।
मंगलबार परिसूचकसँगै कारोबारमा पनि गिरावट आएको छ। यस दिन १ सय ६० कम्पनीको ४० करोड ५८ लाख ९६ हजार ६ सय ७७ रुपैयाँ बराबरको कारोबार भएको छ। जबकि आइतबारको कारोबारमा ५९ करोड ६ लाख ६० हजार १२ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
सोमबार बजारमा कारोबारमा आएका ८ उपसमूहमा गिरावट आएको छ। यस दिन होटल समूहमा ३ दशमलब ३५ अंकले वृद्धि भएको छ। त्यस्तै, अन्य समूहमा शून्य दशमलब ३८ अंकले वृद्धि भएको छ।
मंगलबार बिमा समूहमा १ सय १० दशमलब ५६ अंकले गिरावट आएको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन समूहमा ५० दशमलब २६ अंकको गिरावट आएको छ। यस दिन माइक्रोफाइनान्स समूहमा ३७ दशमलब ३५ अंकले गिरावट आएको छ।
मंगलबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘प्रमोटर’ सेयर कारोबार सर्वाधिक भएको छ। बैंकको ५ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, ओम डेभलपमेन्ट बैंक ‘प्रमोटर’को २ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
यस दिन समिट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। कम्पनीको सेयर मूल्य ७२ रुपैयाँ अर्थात् ५ दशमलब ८४ प्रतिशतले गिरावट आएको छ। त्यस्तै, बोटलर्स नेपाल तराईको सेयर मूल्य प्रतिकित्ता ३ सय ९७ रुपैयाँ अर्थात् ५ दशमलब ३४ प्रतिशतले घटेको छ।
सर्वाधिक कमाउने १० कम्पनीः

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।