काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) निदान अस्पतालको मिर्गौला ‘तस्करी काण्ड’ : कानून विपरीत अस्पताललाई मानव अंग प्रत्यारोपण अनुमति, पक्राउ परेकाहरूसँग प्रहरीको बयान जारी।
२) पार्टी एकता गर्दा भएका समझदारी कार्यान्वयन हुनेमा प्रचण्डद्वारा विश्वास व्यक्त, अर्का अध्यक्ष ओलीसँग समझदारीमै अगाडि बढ्ने सहमति भएको दाबी।
३) राजस्व संकलन बढाउने लक्ष्य ३० प्रतिशत, उपलब्धि २ दशमलव ५९ प्रतिशत, अहिलेकै अवस्था कायम रहे चालु खर्चकै लागि यो वर्ष ऋण लिनुपर्ने।
४) बालोन डिओर अवार्डका लागि छानिए उत्कृष्ट ३० खेलाडी, इंग्लिस क्लब लिभरपुलकै सात खेलाडी समावेश, अटेनन् ब्राजिलियन खेलाडी नेमार।
५) र, साम्राज्य गुमाएका जापानी सम्राटको २ हजार पाउनका अघि औपचारिक रूपमा ‘भव्य’ गद्दी आरोहण, नारुहितो बने जापानको १ सय २६औं सम्राट।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।