काठमाडौं– ‘ह्याप्पी तिहार’ बोलको गीत गाएर विवादमा तानिएका गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ। महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंस्थित गोगंबुबाट थापालाई पक्राउ गरेको हो ।
महानगरिय अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार उनलाई सामाजमा गलत सन्देश प्रवाह गर्ने गीत गाएका कारण पक्राउ गरिएको हो। ‘दुर्गेशजीले ह्याप्पी तिहार गीतको गलत सन्देश प्रवाह गर्ने सबै पार्ट डिलिट गर्छौ भन्नुभएको छ। डिलिट गरेपछि हामी उहाँलाई छाड्छौ,’ एसएसपी थापाले भने।
गायक थापाविरुद्ध तिहारको संस्कृतिमाथि प्रहार भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो।
उजुरी परेपछि यस विषयमा बुझ्न भन्दै महानगरीय प्रहरी अपराध महाशाखालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको थियो। यसकै आधारमा थापा पक्राउ परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।