फाइल तस्बिर
काठमाडौं- नेपाली कांग्रेसका पदाधिकारीको बैठक सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठ मा बस्ने भएको छ।
गत आईतबार बसेको बैठकमा कुनै निर्णय हुन नसकेपछि सभापति देउवाले आज पुन बैठक डाकेका हुन्।बैठक बिहान ९ बजे बोलाइएको छ।
सभापति देउवाले नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वमा राजीव ढुङ्गानाको नाम प्रस्ताव गर्ने बताइएको छ। यस अघि वरिष्ठ नेता रामचन्द्र पौडेलले असहमति राखेपछि ढुङ्गानाको नाममा सहमति हुन सकेको थिएन।
देउवाले तीन समुहबाट १/१ महामन्त्री बनाएर ढुङ्गानाको नेतृत्वमा तदर्थ समिति बनाउने तयारी गरेका छन्।
महाधिवेशन हुन नसकेका भ्रातृ संगठन,कार्य सम्पादन समिति,विभाग लगायतका विषय प्याकेजमा सहमति हुनुपर्ने पौडेलको अडान छ।
सभापति देउवाले नेविसंघको तदर्थ समिति बनाएपछि कार्यसम्पादन समिति बनाउने तयारीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।