• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

गाउँपालिका केन्द्र पुग्न पूरै एक दिन, मन्त्रालय पुग्न 'एकैछिन'

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक ५, २०७६  १०:०१
1140x725

प्युठान- प्युठानको ऐरावती गाउँपालिका-१ माझीदमारका  टीकाराम आचार्यलाई भाइको नागरिकता बनाइदिनुपर्ने भयो। भाइलाई साथै लिएर उनी सिफारिस बनाउन अमिलीमा रहेको वडा कार्यालय पुगे। 

तर उनी सो दिन कार्यालयको काम सकेर घर फर्कन सकेनन्। बाटोमै बास बस्नुपर्ने भयो। भोलिपल्ट मात्र घर आइपुगे। जंगल छिचोल्दै ६ घन्टा ठाडो उकालो काटेर उनी वडा कार्यालय पुगेका थिए। 

त्यस्तै, नातिनीको जन्मदर्ता र छोराबुहारीको विवाह दर्ता गराउन माझीदमारकै ६६ वर्षीय अनिराम आचार्य पनि उहीँ दिन घर फर्कन सकेनन्। एक दिनमै काम नसकिएपछि बास बसेको उनले बताइन्। 'वडा कार्यालय पुग्नै ६ घन्टा खर्चिनुपर्छ,’उनले भनिन्, 'जगलको बाटो हिड्ने हो, डर लाग्छ। सडक नहुँदा सास्ती छ। गाउँपालिका केन्द्र रहेको बरौला पुग्न थप ३ घन्टा हिड्नुपर्छ।’ 

आफ्नै गाउँपालिका केन्द्र बरौला पुग्न भने माझीदमारका स्थानीयले पूरै एक दिनको यात्रा तय गर्नुपर्छ। गाउँपालिकाको केन्द्र टाढा परेकाले स्थानीय तहबाटै प्रवाह हुने सेवा–सुविधाबाट समेत वञ्चित भएको गाउँबासीको गुनासो छ।

सडक नहुँदा सकस
पूर्वी दाङबाङ स्थानीयलाई गाउँपालिका केन्द्रमा पुग्न पनि झन्डै एक दिनको पैदल बाटो हिँड्नुपर्छ। अझसम्म सडकले नछोएका बस्तीहरु माझीदमार, डाबर, कुनौटे, बेलबोटलगायतका स्थानबाट गाउँपालिकाले प्रवाह गर्ने सुविधा लिन समेत लामो समयका साथै ठुलो सास्ती खर्चनुपर्छ। 

पहाडी खोँचमा रहेका यी बस्तीका स्थानीयलाई वडाको सेवा लिन कम्तीमा पनि पाँच घन्टा पैदल हिडनुपर्ने बाध्यता छ। जंगलको बाटो पैदल हिँडेर वडा कार्यालय पुग्ने पर्ने अवस्था छ। वडा कार्यालयबाट हुने जन्मदर्ता, मृत्युदर्ता, नागरिकता सिफारिस लिनको लागि यस क्षेत्रका स्थानीयलाई कम्तीमा पनि दुई दिन लाग्छ। 

सानो कामका लागि पनि वडा कार्यालय पुगेर फर्कंदा पूरै दिन बित्ने गरेको स्थानीयको गुनासो छ। वडा कार्यालय जाँदा आउँदै दिन बित्ने गरेको स्थानीयले दुखेसो पोखे। ‘सानो काम लिएर वडा कार्यालय पुगेर फर्कदा नै दिन बित्ने गर्छ,' आचार्यले भने, ‘हामीलाई वडा कार्यालय अति टाढा हुँदा सास्ती खेप्नु परेको छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

समूह दर्ता गर्न गएकी माझीदमारकी सीता पाण्डेले वडा कार्यालय पुग्न कठिनाइ रहेको बताइन्। 'युवाहरुसँगै वृद्धवृद्धालाई वडाबाट पाउने सेवा लिन झनै सकस छ। सडक नहुँदा यस क्षेत्रका झन्डै ३ सय घरधुरीका स्थानीय प्रभावित छन्,' उनले भनिन्।  

'जनतालाई ऋणको भार मात्र'
दशकअघि यहाँका स्थानीयले व्यक्तिगत रकम उठाएर सडक निर्माण गरेका थिए। करिब ३० लाख लागतमा अर्घाखाँची–ऐरावती सडक बनाइएको थियो। 

सरकारी क्षेत्रबाट थप रकम आउने आशमा सडकको ट्र्याक खोलिएको थियो। 'सहयोग कतैबाट मिलेन। जनता अहिले ऋणमा छन्। गाउँलेले रकम उठाएर खनेको सडक अर्घाखाँचीसँग नजिक भएपनि वडा कार्यालय जाने सडक छैन,' एक स्थानीले भने। 

यस क्षेत्रलाई वडा कार्यालयसम्म जोड्ने सडक निर्माणका लागि करिब ५० लाख रुपैयाँ लाग्ने ऐरावती-१ का  वडा सदस्य जीतबहादुर सारुले बताए। वडा कार्यालयदेखि दुर्गममा रहेका यी बस्तीका स्थानीयलाई सडक नहुँदा समस्या परेको उनले बताए। 

Xtrem

Xtrem

विद्यार्थीलाई पनि असुविधा
ऐरावती-१ डाबरमा ५ कक्षासम्म मात्र पढाई हुन्छ। सो भन्दा माथिल्लो कक्षामा अध्ययन गर्न अमिली जानुपर्छ। बिहान ६ बजे उठेर यहाँका विद्यार्थीहरु आँखा मिच्दै जंगलको बाटो हुँदै विद्यालय पुग्छन्। राती ८ बजे विद्यालयबाट फर्कन्छन्। यहाँका करिब २ सय जना विद्यार्थीको दैनिकी यसैगरी बितेको छ। 

'बिहान ६ बजे उठेर विद्यालय जानुपर्छ,' कक्षा १० मा अध्ययनरत विद्यार्थी द्रोण सुवेदीले भने। 

वडा कार्यालयभन्दा प्रदेश राजधानी छिटो
यहाँका स्थानीयहरू वडा कार्यालयभन्दा ५ नम्बर प्रदेशको राजधानी बुटबलमा छिटो पुग्छन्। गाउँ नजिकै अर्घाखाँची क्षेत्रबाट नियमित सवारीसाधन आवातजावत हुने हुँदा प्रदेश राजधानी पुग्न वडा कार्यालयभन्दा सहज भएको यहाँका स्थानीयहरु बताउछन्। 

'गाडी चढेर वडा कार्यालयभन्दा प्रदेशका विभिन्न मन्त्रालयहरू रहेको प्रादेशिक राजधानी बुटबल छिटो पुगिन्छ। सडक नपुगेकाले वडा र गाउँपालिकाको केन्द्र पुग्न साह्रै समस्या भएको छ,’ आचार्यले भने, 'वडा कार्यालय पुग्न एक दिन, राजधानी पुग्न एकैछिन जस्तै भएको छ।' तर आफूहरूका लागि प्रादेशिक मन्त्रालयमा खासै काम नपर्ने उनको भनाइ छ। 

सडकसँगै विद्युत, सञ्चार, सिँचाईको सुविधा जरुरी रहेको यहाँका स्थानीयहरु बताउँछन्। समग्र पूर्वी प्युठानलाई तुलना गर्दा विकास निर्माणको सवालमा दाङबाङ क्षेत्र भौगोलिक विकटताको कारणले गर्दा पनि पछि परेको ऐरावती गाउपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले बताए। वडाको समग्र विकास निर्माणका लागि गाउँपालिकाका साथै प्रदेश र केन्द्र सरकारसँग आग्रह गरिने बस्नेतको भनाइ छ। 

प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  १०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्