काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) उपचारका क्रममा बिरामीको मृत्युपछि अस्पतालमा विवादका घटना बढ्दै, फोडिँदै अस्पताल, पिटिँदै स्वास्थ्यकर्मी ।
२) प्रधानमन्त्री ओलीद्वारा २ दशमलव ७ किलोमिटरको नागढुंगा–नौबिसे सुरुङमार्ग शिलान्यास, नेपाल सुरुङमार्गको नयाँ युगमा प्रवेश गरेको दाबी ।
३) उडान बन्द गरेको एयर एसियाको पुनः नेपाल उडानमा चासो, विमानस्थलका कर्मचारी र नेपाल प्रतिनिधिले बदनाम गरेको दाबी भन्दै कानुनी उपचारमा जाने चेतावनी ।
४) भारतस्थित जम्मु काश्मिरमा भएको आक्रमणमा दुई गोर्खा सैनिकको मृत्यु, एक जनाको नेपाली पाल्पाका गमिलकुमार श्रेष्ठ रहेको पुष्टि ।
५) र, ११ बुँदे माग राख्दै बंगलादेशका क्रिकेट खेलाडी आन्दोलनमा, माग पूरा नगरे कुनै पनि क्रिकेट गतिविधिमा सामेल नहुने चेतावनी ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।