‘न गलामा फूलको माला
न निधारमा टीका
यसपाली नि झर्यो दिदी
बर्बर आँशु ढीका...’
अहिले बजारमा हिट भइरहेको मर्मस्पर्शी तिहार गीत ‘टीका माला’को अंश हो यो। गायक रामकृष्ण ढकालले गाएको यो गीतले दिदीको हातबाट भाइटीका लगाउन नपाउँदा भाइले महसुस गर्ने पीडा बोल्छ।
गीतमा रमेश बिजीले मन हुडल्ने शब्द कोरेका छन्। शंकर विसीले निर्देशन गरेको गीतको भिडियोमा गायक प्रकाश सपुतले भाइ र अभिनेत्री सरिता लामिछानेले दिदीका भूमिका निर्वाह गरेकी छिन्।
भिडियोमा भाई दुर्व्यसनको कुलतमा फसेका छन्। यही कारण दिदी उनीसँग टाढिएकी छिन्। जबसम्म भाईले ड्रग्स लिन छाड्दैन तबसम्म भाईटीका नआउने प्रण गरेकी छिन्। दिदीको हातको टीका लगाउन नपाउँदा भाईको मनमा के–के कुरा खेल्दा हो? गीतमा यसको कलात्मक पस्तुति पाइन्छ।
गीत सुनेर अधिकांश दर्शक/ताले राम्रो प्रतिक्रिया दिइरहेका छन्। परदेशिएका नेपालीले गीतमुनि तिहारको छेकोमा रिलिज भएको यो गीतका कारण दिदीबहिनीको याद आएको लेखेका छन्।
युट्यबुमा एक दर्शकको मनछुने कमेन्ट छ , ‘आँखा रसायो गित हेरेर। चार साल भयो मेरो निधार खाली भा’को। मेरो पनि दिदीसँग बोलचाल छैन। रिसाउनु भा’को छ। मैले अन्तरजातीय बिहे गरे भनेर। अनि,आजसम्म न बोलचाल न भेटघाट। गीत हेरेर बालापनको याद आयो। बोलचाल नभए नि मुटुभरी सम्झना दि।’
गीत हेर्नुस् :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।