बलिउडको पर्दामा पुनः एकपल्ट अभिनेताद्धय अजय देवगन र सैफअली खानको क्यामेस्ट्री देखापर्दैछ। यसअघि फिल्म ‘ओमकारा’मा सँगै देखापरि सकेका उनीहरु पुनः ‘तानाजीः द अनसंग वारियर’मार्फत एकसाथ देखिँदैछन्।
हालै यो फिल्मको नयाँ पोस्टर रिलिज भएको छ जहाँ अजय र सैफ दुवै खतरनाक लुकमा देखिएका छन्। अजयले आफ्नो इन्स्टाग्राममार्फत उक्त पोस्टर सेयर गरेका छन्।
अजयले रातो पगडी लगाएको पोस्टर सेयर गर्दै लेखेका छन्, ‘याद गर्नु...त्यो तरबारभन्दा धेरै धारिलो थियो...।’
ओम राउतको निर्देशनमा तयार भएको यो फिल्ममा अजय देवगान सुभेदार तानाजी मालुसरेको भूमिकामा देखापर्दैछन्। यो फिल्ममा सैफ र काजोल पनि महत्वपुर्ण भूमिकामा छन्।
अजय देवगन फिल्मस् र टि सिरिज फिल्मस्ले निर्माण गरिरहेको यो फिल्मको रिलिज मिती २२ नोभेम्बरबाट सरेर सन् २०२० को जनवरी १० मा धकेलिएको छ। र, यही मितीमा मेघना गुल्जारको निर्देशनमा तयार भएको दीपिका पादुकोण स्टारर ‘छपाक’ पनि रिलिज भइरहेको छ। ‘छपाक’मा दीपिकाले एसिड आक्रमणकी पीडित लक्ष्मी अग्रवालको भूमिका निर्वाह गर्दैछिन्।

त्यसैले पनि बलिउडमा यो मितीलाई विशेष हिसाबले हेरिएको छ। दीपिका र अजयमध्ये बक्सअफिसमा कसको स्टारडम बलियो छ, यो मितीले पक्का त्यसको मापन पनि गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।