• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सुनचाँदी बजारमा ६ वर्षदेखि छैन अनुगमन, व्यापारीको चलखेल

64x64
हेमन्त जोशी आइतबार, कात्तिक ३, २०७६  १९:५५
1140x725

काठमाडौं- सुनचाँदी तथा अन्य धातुका गरगहनाको बजारमा अनुगमन नभएको ६ वर्षभन्दा बढी समय भएको छ। 

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अन्तिम पटक २०७० साल बैशाखमा उपत्यका बाहिरका मुख्य सहर र उपत्यकाभित्रका न्युरोड, चाबहिल, भक्तपुरलगायत क्षेत्रमा अनुगमन गरेको थियो। तर त्यसपछि विभागले देखिने गरी अनुगमन गरेको छैन। अनुगमन नभएपछि सुनचाँदी व्यवसायीहरु पनि बिना हिच्किचाहट उपभोक्ता ठगिरहेका छन्। 

२०७० सालमा भएको अनुगमनमा ८ वटा सुनचाँदी पसलमा गम्भीर कैफियत भेटिएको थियो। गरगहनामा मिसावट र तौलमा व्यापारीले ठगी गर्दै आएको विषय बाहिर आएको थियो। तर त्यसपछि भने सुनचाँदी पसलहरुमा कहिल्यै बजार अनुगमन भएको छैन। 

महत्वपूर्ण विषय त के छ भने सुनचाँदी बजार अनुगमन निर्देशिका सरकारले बनाएकै छैन। जसका कारण बजार अनुगमनमा समस्या भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनको भनाई छ। 

‘सुनचाँदी तथा अन्य धातुका गरगहनाको आयात–निर्यात, कारोबार तथा बजार अनुगमनका विषयमा हालसम्म पनि निर्देशिका बन्न सकेको छैन। हामीले केका आधारमा अनुगमन गर्ने भनेर अन्यौल हुँदा पनि बजार अनुगमन हुन नसकेको हो,’ महानिर्देशक गौचनको भनाइ छ। 

२०७० बैशाखमा भएको सुनचाँदी पसलहरूको अनुगमनलगत्तै (बैशाख १३ गते) साविकको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट अनुगमन निर्देशिकाको नीतिगत खाता तयार पार्न मन्त्रालय र विभागलाई निर्देशन दिइएको थियो।

तर त्यो भन्दापछि निर्देशिका बनाउने नाममा दर्जनौं पटक छलफल भए पनि कार्यान्वयनमा आउन नसकेको उपभोक्ताकर्मी प्रेमलाल महर्जन बताउँछन्। 

‘एउटा समिति नै गठन गरेर सुनचाँदी बजार अनुगमनको निर्देशिकाको मस्यौदा तयार पारी मन्त्रालयलाई बुझाएका थियौं। तर त्यो कार्यान्वयनमा आएन,’ निर्देशिका तयार पार्न गठन गरिएको समुहका सदस्यसमेत रहेका महर्जनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

२०७० सालमा भएको अनुगमनपछि वाणिज्य विभाग र नापतौल तथा गुणस्तर विभागले संयुक्त रुपमा तयार पारेको अनुगमन प्रतिवेदन तथा निष्कर्ष विवरण हेर्दा सुनचाँदी व्यवसायीले उपभोक्तालाई अत्यधिक ठग्ने गरेको देखिन्छ। 

व्यापारीहरुले वास्तविकभन्दा कम गुणस्तरको गरगहना बेच्ने गरेको, गहनामा मिसावट गर्ने गरेको, ज्याला तथा जर्ती निर्धारणमा बढी रकम असुल्ने गरेको, गरगहना नाँपजाँच गर्ने ढक तराजु ठिक अवस्थामा नरहेको निष्कर्ष अनुगमनपछि तयार पारिएको प्रतिवेदनमा उल्लेख छ। 

व्यापारीहरुले सुनचाँदीको कारोबारमा लिँदै आएको नाफा निर्धारणमा राखेको शर्तका कारण नै उक्त निर्देशिका पारित नहुनुको मुख्य कारण मानिन्छ। तर नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य सरकारले बजार अनुगमनसम्बन्धी निश्चित निर्देशिका बनाएर अनुगमन गरे व्यवसायीहरु सहयोग गर्न तयार रहेको बताउँछन्। 

‘हामीले सरकारी निकायबाट हुने अनुगमनलाई सहयोग गर्छौं भनेकै छौं। तर केका आधारमा अनुगमन गर्ने हो भन्ने त प्रस्ट हुन पर्यो नि,’ शाक्य भन्छन्। 

Xtrem

Xtrem

सुनचाँदी व्यापारीसमक्ष विभागका महानिर्देशकले भने- हामी अनुगमनमा आउँदैछौं, सुध्रिनुस् 
दशैंतिहारलगायत चाँडबाड र कात्तिक मंसिर महिना सुनचाँदीलगायत गरगरहना बढी किनबेच हुने समय हो। यो समयमा उपभोक्ता ठगिएका उजुरीहरू पनि सरकारी निकायमा बढी आउँछन्।  

यही विषयलाई मध्यनजर गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत असोज २८ गते सुनचाँदी व्यवसायीहरुलाई बोलाएर बजार अनुगमनका विषयमा छलफल गरेको थियो। नेपाल लाइभलाई प्राप्त अडियोमा सोही छलफलका क्रममा विभागका महानिर्देशक योगेन्द्र कुमार गौचनले व्यवसायीलाई भनेका छन्, ‘हामी अनुगमनमा आउँदैछौं, सुध्रिनुस।’

सामान्यतया बजार अनुगमनको पूर्वजानकारी व्यापारीहरुलाई दिँईदैन। तर महानिर्देशक गौचनले भने खुलेरै व्यापारीहरुलाई आफू अनुगमनमा आउन लागेकाले तयार भएर बस्न भनेका थिए। विभागमै पनि अनुगमन शाखा निर्देशकले परिचालन गर्ने टिमलाई अनुगमन कहाँ र कसरी गर्ने भन्ने कुराको जानकारी अनुगमनमा हिड्ने बेलामा मात्र हुन्छ। तर त्यो दिन भने महानिर्देशक गौचनले अनुगमनमा जान लागेको बताए। 

कार्तिक १४ गते सेवाबाट अनिवार्य अवकास लिन लागेका गौचन आफूले सरकारी सेवाबाट निस्किने बेलामा कुनै राम्रो र नयाँ काम गर्ने उद्देश्यले सुनचाँदी व्यवसायमा बजार अनुगमन गर्ने र यसअघि विभागले गरेका अनुगमनका फाइल कसरी अगाडि बढिरहेका छन् भनेर खोजीनिती सुरु गरेको बताउँछन्। गौचन विभागमा आएको पनि एक वर्षभन्दा बढी समय भइसकेको छ। यसबीचमा उनले अनुगमन किन शुरु गरेनन् त? यस सम्बन्धमा गौचन भन्छन्, 'विभागमा आएपछि यति धेरै ऐन/नियम, कानुन बनाउनुपर्ने जिम्मेवारी आइपर्‍यो कि अरु सानातिना विषयमा मैले ध्यान दिने समय नै पाइनँ। विभागमा कर्मचारी थोरै छन्। पछिल्लो एक वषए अवधिमा कर्मचारी व्यवस्थापन तथा सरुवाको विषयले पनि बजार अनुगमन प्रभावकारी रुपमा हुन सकेन।’ वाणिज्य विभागसँगै नेपाल खाद्य संस्थानको जिम्मेवारीमा पनि अहिले गौचन नै छन्। 

व्यापारीको चलखेल
विभागले अनुगमन फेरि सुरु गर्ने तयारी गरेसँगै व्यापारीहरूले पनि त्यसलाई रोक्न पुरानो अनुगमनको विषयलाई उचालेर प्रोपागान्डाको अस्त्र विभागतिर हानेका छन्।

बजार अनुगमनका क्रममा विभागले संकलन गर्ने नमुना गरगहनाहरु फिर्ता नगरी कर्मचारीले गायब बनाएको उनीहरुको आरोप छ। २०६९ सालपछि भएका अनुगमनको नमुना सुन गायब पारिएको दाबी गरेपछि बजारमा तरंग फैलिएको छ। 

तर यति लामो समयसम्म गायब पारिएको सुनको विषयमा नबोलेका व्यापारीहरू विभागले अनुगमन सुरु गर्ने तयारी गरेसँगै यो विषयलाई अगाडि ल्याएका छन्। जसबाट यो विषयलाई उनीहरूले अनुगमन रोक्न प्रयोग गरेको प्रोपागान्डाका रुपमा बुझ्ने आधार भएको विश्लेषण पनि गर्न थालिएको छ। 

सम्बन्धित समाचार
सुनमा चाँदी मिसाउने व्यवसायी नै अनुगमन रोक्न 'लविङ'मा, जर्तीका नाममा १० प्रतिशसम्म ठगी

७ वर्षअघिदेखि बजार अनुगमनका क्रममा परीक्षणका लागि व्यवसायीहरुबाट लिइएको सुन 'गायब'

गायब पारिएको सुनका विषयमा तीन निकायका तीनथरी कुरा

प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६  १९:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्