• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २७, २०८३ Sun, May 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

गायब पारिएको सुनका विषयमा तीन निकायका तीनथरी कुरा

बजार अनुगमन रोक्न सुनचाँदी व्यवसायीले ‘प्रोपागान्डा’ रचे?
64x64
हेमन्त जोशी बुधबार, असोज २९, २०७६  २२:०५
1140x725

काठमाडौं- वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा नमुनाका रुपमा सुनचाँदी व्यवसायीबाट संकलित सुन सरकारी कर्मचारीबाटै गायब पारिएको विषय मंगलबार सार्वजनिक भएपछि यस विषयमा तीन निकायका फरक–फरक धारणा बाहिर आएका छन्। 

नमुना परीक्षणका लागि ल्याइएको सुन गायब पारेको आरोप लगाएका व्यवसायीले आफूहरूसँग सुन फिर्ता नभएको प्रमाण रहेको जिकिर गरिरहेका छन्।

त्यस्तै, सुनचाँदीलगायत गरगहनाको गुणस्तर नापजाँच गर्ने निकाय नापतौल तथा गुणस्तर विभागले नापजाँचका लागि लगिएको सबै सुन फिर्ता भइसकेको बताएको छ। विभागले २०७० सालपछि परीक्षणका लागि कति सुन विभागमा आएको र त्यो कहिले फिर्ता भएको हो भन्ने विवरण सुरक्षित रहेको दाबी गरेको छ। 

व्यवसायीहरुले आफ्नो गरगहना फिर्ता नभएको र नापतौल तथा गुणस्तर विभागले सबै फिर्ता लगिसकेको तथ्य आफूसँग रहेको बताइरहँदा यो विषयसँग प्रत्यक्ष सम्बन्ध राख्ने अर्को सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने सो विषयमा ठोस जवाफ आफूसँग नरहेको बताएको छ। यसका लागि थप अध्ययन गर्न भन्दै तत्काल यो विषयबाट पन्छिन खोजेको छ। 

सुनचाँदी पसलको अनुगमनमा जाँदा वाणिज्य विभागले नापतौल तथा गुणस्तर विभागको प्रतिनिधि पनि लैजाने व्यवस्था छ। सुनचाँदीलगायत विभिन्न धातुको गुणस्तर नापजाँच गर्ने निकाय गुणस्तर तथा नापतौल विभाग नै हो। 

नापतौल विभागले भने व्यवसायीले परीक्षणका लागि ल्याएको सुन फिर्ता लिन बाँकी नरहेको स्पष्ट पारेको छ। विभिन्न समयमा भएको वाणिज्य विभागसँगको संयुक्त अनुगमनका क्रममा गुणस्तर परीक्षणका लागि आएको सुन व्यवसायीलाई फिर्ता गरेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनी बताउँछन्।

 ‘विभागमा कति सुन परीक्षणका लागि ल्याइएको थियो र कुन समयमा कति फिर्ता भयो सबै विवरण हामीसँग छ। व्यवसायीहरु सुन फिर्ता लिन आउँदा उनीहरुको नागरिकता, लाइसेन्स वा अरु परिचय खुल्ने विवरणसमेत विभागले राखेको छ,’ पुडासैनीले भने। 

nimb
nimb
Ncell 2
Ncell 2

नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य भने काठमाडौं, भक्तपुर, काभ्रेलगायत विभिन्न जिल्लाको व्यवसायीले सुन फिर्ता नपाएको प्रमाण आफूसँग रहेको बताउँछन्। 

‘विभिन्न जिल्लाबाट संकलित सुनचाँदी फिर्ता भएको छैन। उपत्यकाभित्रैकै व्यवसायीको सुन फिर्ता भएको छैन। बाहिरका व्यवसायीले पनि फिर्ता पाएका छैनन्। अनुगमन भएका सबै स्थानका कुल परिणाम कति हो भन्ने महासंघले संकलन गरिरहेको छ। आवश्यक परे हामी त्यो विवरण खुलाउँछौं,’ शाक्यले भने। 

यसरी नापतौल तथा गुणस्तर विभागले नमुना परीक्षणका लागि आएको सबै सुन फिर्ता लगिसकेको बताइरहँदा सुन गायब पार्नमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागकै कर्मचारी संलग्नता रहेको बुझ्न सकिन्छ। बजार अनुगमनका क्रममा ल्याइएको नमुना सुनचाँदीलगायत गरगहना वाणिज्य विभागका कर्मचारीले नापतौल तथा गुणस्तर विभागमा नलगी बिचबाटै गायब पारेको हुन सक्ने सम्भावना देखिन्छ। 

व्यापारीले गरेको प्रोपागान्डाको सम्भावना कति?
सरकारी निकायबाट व्यापारीको सुन गायब भएको विषय जुन रुपमा बाहिरियो त्यसको पृष्ठभूमि हेर्ने हो भने यो विषयलाई व्यापारीहरुले बजार अनुगमनबाट बच्नका लागि रचेको प्रोपागान्डाका रुपमा बुझ्ने आधारहरु पनि थुप्र देखिन्छन्। 

व्यापारीहरुले २०६९ पछि भएको अनुगमनका क्रममा संकलित नमुना गरगहना गायब पारिएको बताउँदै आएका छन्। तर यतिका वर्षसम्म उनीहरुले यो विषयमा किन चासो देखाएनन भन्ने प्रश्न महत्वपूर्ण विषय हो। यो प्रश्नको जवाफमा महासंघका वरिष्ठ उपाध्यक्ष शाक्य भने सरकारी निकाय भएका कारण आफूहरुलाई थप केही अप्ठेरो पार्ने हो कि भन्ने डर र आशंकाका कारण आफुहरू चुप लागेर बसेको बताउँछन्। 

वाणिज्य विभागले मंगलबार सुनचाँदी व्यवसायीहरुलाई बोलाएर उनीहरुले लिँदै आएको ज्यालाजर्ती लगायत शुल्क र गुणस्तरका विषयमा जानकारी लिएको थियो। लामो समयसम्म रोखिएको सुनचाँदी पसलको अनुगमन विभागले फेरी सुरु गर्ने बताएपछि व्यापारीहरूले यो विषय उचालेका थिए। यतिका समयसम्म चुपचाप बसेका व्यापारीले एकाएक यो विषयमा मुख खोलेपछि यो विषयलाई उनीहरुले बजार अनुगमन गर्ने अश्त्रका रुपमा ल्याएको पनि आँकलन गर्न सकिन्छ। 

२०७० सालमा बजारमा उपभोक्ताबाट सुनमा गडबढी भएको भनेर व्यापक उजुरी आउन थालेपछि गुणस्तर तथा नापतौल विभागको नेतृत्वमा वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासन, उपभोक्ता अधिकारकर्मीहरु तथा संचारकर्मीसमेत अनुगमनमा गएका थिए। त्यो बेलाको अनुगमनका क्रममा ५० प्रतिशतभन्दा बढी सुनचाँदी तथा विभिन्न धातुका गरगहनामा कैफियत भेटिएको थियो। अधिकांश पसलले गरगहनामा मिसावट गर्ने गरेको पाइएको थियो। 

त्यसबेला सुनमा चाँदी र कपर, चाँदीमा जिंकलगायतका धातु मिसाउने गरेको भेटिएको नापतौल तथा गुणस्तर विभागको बजार अनुगमनसम्बन्धी विवरणले देखाउँछ। ‘२४ क्यारेट सुनको गहनामा ९५ प्रतिशत मात्रै सुन र २२ क्यारेटकोमा ९० प्रतिशत मात्रै सुन भएको विभागले प्रमाणित गरेको रहेछ। त्यस्तै चाँदीका गरगहनामा पनि ३० देखि ५० प्रतिशतसम्म मिसावट पुष्टि भएको थियो,’ विभाग अन्तर्गतको गुणस्तर निर्धारण तथा प्रयोगशाला शाखाका एक कर्मचारी भन्छन्। 

व्यवसायीहरुले सुनचाँदीका गरगहनामा धातु मिसावट गर्थे भने जर्ती (मेकिङ चार्ज) कम लिने गरेका थिए। तर सरकारले जब अनुगमन सुरु गर्यो त्यसपछि उनीहरु केही गुणस्तरमा केही सुध्रिए। तर उपभोक्ता ठग्न भने छोडेनन्। उनीहरुले ज्यालाजर्ती शुल्क अत्यधिक बढाए। अहिले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सुनचाँदीमा अनुगमनका लागि पहल गरेपछि व्यापारीहरुले यो विषयलाई उठाएको बुझ्न सकिन्छ। 

सुन खोज्न वाणिज्य विभागद्वारा अध्ययन समिति गठन
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यही विषयमा अध्ययन गर्न समिति गठन गरेको छ।

विभागका कानुन शाखा निर्देशक भगवानलाल श्रेष्ठको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको हो। विभागका शाखा अधिकृत दिपकराज पोखरेल, निरज खत्री र नापतौल तथा गुणस्तर विभागबाट एक जना प्रतिनिधि रहनेगरी समिति गठन गरिएको छ। 

‘यसअघि विभिन्न समयमा भएका बजार अनुगमन र प्रगतिका विषय बुझ्न समितिले फाइल खोज्ने काम सुरु गरिसकेको छ,’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने। विभिन्न समयमा भएका अनुगमनका फाइल खोजेर त्यसको प्रक्रिया के कति पूरा भयो भनेर समितिले अध्ययन गर्ने उनको भनाई छ।

सम्बन्धित समाचार
व्यापारीहरू बजार अनुगमन टोलीमाथि किन जाइलाग्छन्?
सरकारी कर्मचारीले यसरी गायब बनाए व्यवसायीको सुन

 

प्रकाशित मिति: बुधबार, असोज २९, २०७६  २२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
सुनको मूल्य घट्यो सुन तोलामा १ हजारले घटेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । आइतबार, वैशाख २७, २०८३
परोपकारसँगै पोर्तुगलमा नेपाली खाना प्रवर्द्धन गर्दै सेफ टंक सापकोटा आउँदो १२ महिनासम्म, हरेक महिनाको पहिलो बुधबार कासा नेपालेसामा नेपालको हिमाल, पहाडदेखि तराईसम्मका पाक परम्पराहरू झल्काउने  मेनु प्रस्... शनिबार, वैशाख २६, २०८३
२७ अंकले बढेर शेयरबजार बन्द मंगलबारको तुलनामा नेप्से परिसूचक २७.४९ अङ्कले बढेर २७४५.६५ विन्दुमा पुगेर बन्द भएको छ । शुक्रबार, वैशाख २५, २०८३
ताजा समाचारसबै
कर्णाली केन्द्रित प्रदेशस्तरीय भेला गर्दै काँग्रेस आइतबार, वैशाख २७, २०८३
युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ आइतबार, वैशाख २७, २०८३
आन्तरिक खपत प्रभावित नहुने गरी मात्रै विद्युत निर्यात गर्न सर्वोच्चको निर्देशन आइतबार, वैशाख २७, २०८३
सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने आइतबार, वैशाख २७, २०८३
काभा महिला भलिबल प्रतियोगिता जेठ दोस्रो साता, ८ देश सहभागी हुने आइतबार, वैशाख २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
धनगढी पुगे गगन, सभापति मान्न सकिन्नँ’ भनेका मुख्यमन्त्री स्वागत गर्न विमानस्थलमै पुगे शनिबार, वैशाख २६, २०८३
तेस्रो अभ्यास खेलमा पनि नेपाल ‘ए’ विजयी, स्कटल्यान्ड ९ रनले पराजित शनिबार, वैशाख २६, २०८३
आज यस्तो रहनेछ देशभरको मौसम शनिबार, वैशाख २६, २०८३
‘हल्लाको पछि नलाग्नुहोस्,उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन,तपाईँहरू हाम्रो साझेदार हो’ : अर्थमन्त्री डा. वाग्ले शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्