• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

व्यापारीहरू बजार अनुगमन टोलीमाथि किन जाइलाग्छन्? 

कि म मरेँ, कि व्यापारी मरे भन्ने अवस्था भयो : कर्मचारी 
64x64
नेपाल लाइभ बुधबार, असोज २९, २०७६  १८:१९
1140x725

काठमाडौं- बुधबार दिउँसो साढे ३ बजे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका शाखा अधिकृत कपिल रेग्मी र रमशेकाजी श्रेष्ठ हस्याङफस्याङ गर्दै महाननिर्देशक योगेन्द्र कुमार गौचनको कार्यकक्षमा छिरे। 

रेग्मी र श्रेष्ठको संयोजकत्वमा बुधबार २ वटा टोली बजार अनुगमनका लागि निस्किएको थियो।

महानिर्देशक गौचनको कार्यकक्षमा छिर्ने बित्तिकै अनुसन्धान अधिकृत रेग्मीले आफुमाथी व्यापारीहरूले आक्रमणको प्रयास गरेको जानकारी गराए। 

‘यसरी त नसकिने भइयो सर। युद्ध लडेजस्तै हुँदो रहेछ। कि 'म मरेँ, कि यी व्यापारी मरे' भन्ने भयो। व्यापारीहरुले आक्रमणको प्रयास गरे। मुख छाडे। गालीगलौज गरे,’ रेग्मीले एक सासमा गौचनलाई बजार अनुगमनमा खटिँदाको पीडा सुनाउँदै थिए। 

बजार अनुगमनको दोश्रो टोलीको नेतृत्व गरेका अर्का अनुसन्धान अधिकृत रमेशकाजी श्रेष्ठले पनि आफूहरु व्यापारीको कुटाइबाट निमेष मात्रले बचेको बताए। 

‘सबै व्यापारीहरु हुल बाँधेर आउँछन्। अनुगमन टोलीमाथि खनिन्छन् गाली गर्छन्। आज त कुटौंलाजस्तो गरी व्यापारी हामीमाथि जाइलागे,’ श्रेष्ठले सुनाए। 

विभागको २ वटा अनुगमन टोली बुधबार सुन्धारा, न्युरोड, ताहागल्लीका विभिन्न ईलेक्ट्रोनिक्स पसलहरुको अनुगमनका लागि पुगेको थियो। 

अनुगमन टोलीले त्यहाँका इलेक्ट्रोनिक्स पसलहरुमा गई सामानहरुको बिलबिजक र मूल्यसूची मागेका मात्र के थिए, व्यापारीहरुको समूह उनीहरूमाथि खनिन थालिहाल्यो। ‘हामीले बिलबिजक जारी गरे/नगरेको र मूल्यसूची राखे नराखेको बारेमा मात्रै सोधेका थियौं, उनीहरू आक्रोशमा आइहाले,’ रेग्मीले सुनाए। 

Ncell 2
Ncell 2
nimb
nimb

अनुगमन टोलीसँग केही संख्यामा सुरक्षाकर्मीहरू पनि खटिन्छन्। तर व्यापारीहरू जम्मा भएर समूहमा आक्रमणको उद्देश्यसहित आउँदा भने आफूहरू असुरक्षित महसुस गर्ने गरेको अनुसन्धानमा खटिने कर्मचारीहरूको गुनासो छ।

‘हामी व्यापारीहरुलाई ऐननियममा भएको व्यवस्थाअनुसार नै बजार अनुगमन भइरहेको भन्छौं तर उनीहरु त्यो ऐन नियम तपाईहरुसँगै राख्नुस्, यसरी छापामार शैलीमा पसलमा किन प्रवेश गरेको भन्दै आक्रोशित भइहाल्छन्,’ अधिकृत श्रेष्ठ भन्छन्। 

बुधबार विभागका २ वटा टोलीले सुन्धारा र ताहागल्लीका ९ वटा ईलेक्ट्रोनिक्स पसलमा अनुगमन गरेकोमा ८ वटा पसललाई कारबाही गरिएको छ।

ती पसलहरुले बिलबिजक जारी नगरेको, मूल्यसूची नराखेको तथा अनुगमन टोलीलाई असहयोग गरेको भन्दै प्रतिपसल ५० हजार रुपैयाँ जरिवाना तिराएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अनुगमनमा खटिने टोलीमाथि व्यापारीहरूले आक्रमण प्रयास गरेको यो पहिलोपटक भने होइन। यसअघि बहालबाला मन्त्रीसहित बजार अनुगमनमा निस्किएको टोलीलाई बल्खुस्थित तरकारी तथा फलफूल पसलका व्यापारीहरुले आक्रमण गरेका थिए। 

त्यसैगरी अघिल्लो वर्ष विभागको अनुगमन टोलीलाई कालीमाटीका व्यापारीले ४ घण्टा कालीमाटीभित्रै थुनेका थिए। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित गएको टोलीले उनीहरुलाई छुटाएको थियो। 

गत भदौमा मात्रै न्युरोडका कपडा व्यापारीहरूले अनुगमन टोलीमाथि आक्रमण गरेका थिए। त्यसैगरी दरबारमार्गका व्यवसायी पसल नै बन्द गरी अनुगमन टोलीलाई असहयोग गरेका थिए भने गोंगबुस्थित बिजी मलका व्यवसायीहरु पनि अनुगमन टोलीमाथी हातपात गर्न उत्रिएका थिए। 

विभागका महानिर्देशक गौचन अनुगमनमा खटिने कर्मचारीलाई सुरक्षा चुनौती अत्यधिक रहेको आफूले महसुस गरेको बताउँछन्। ‘व्यापारीहरु हामीलाई आफ्ना शत्रु ठान्छन्। सिधै आक्रमणको प्रयास हुन्छ। यो उनीहरुमा भएको उपभोक्ता अधिकार र हाम्रो ऐन कानुनमा भएको व्यवस्थाको बारेमा जानकारी नभएर हो,’ गौचनले भने।

प्रकाशित मिति: बुधबार, असोज २९, २०७६  १८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विधुत्त ब्यापारमा नीजि क्षेत्रलाई प्रवेश
प्राधिकरणकाे चेतावनी अर्णव चक्रवातमा भारी वर्षाकाे सम्भावना सतर्कता बनाैं
चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विधुत्त ब्यापारमा नीजि क्षेत्रलाई प्रवेश बुधबार, कात्तिक ११, २०८३
प्राधिकरणकाे चेतावनी अर्णव चक्रवातमा भारी वर्षाकाे सम्भावना सतर्कता बनाैं बुधबार, कात्तिक ११, २०८३
चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह बुधबार, कात्तिक ११, २०८३
लुम्बिनी प्रदेश सभा विवाद : सभामुखसहित पाँच जनाविरुद्ध प्रदेश सांसद काफ्ले पुगिन् अदालत बुधबार, कात्तिक ११, २०८३
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्