• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सरकारी कर्मचारीले यसरी गायब बनाए व्यवसायीको सुन

व्यवसायी भन्छन्-फेरि अनुगमन हुने डरले चुपचाप बस्यौं
64x64
हेमन्त जोशी मंगलबार, असोज २८, २०७६  २०:०१
1140x725

काठमाडौं- वाणिज्य, आपूर्ति, तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीले बजार अनुगमनका क्रममा गुणस्तर चेकजाँचका लागि भन्दै नमुनाका रुपमा व्यवसायीबाट संकलन गरेका सुनचाँदीलगायत बहुमूल्य धातुका गहना गायब बनाएको खुलासा भएको छ।

साविकको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले २०६९ सालपछि विभिन्न समयमा बजार अनुगमन गर्ने क्रममा व्यवसायीबाट संकलन गरेका गरगहना फिर्दा नदिई विभागकै कर्मचारीले गायब बनाएको खुलेको हो। 

विभागले २०६९ सालपछि काठमाडौं, पोखरा, धरान, बर्दियालगायत सहरका सुनचाँदी तथा गरगहना पसलमा अनुगमन गरेको थियो। २४ क्यारेटको सुन भन्दै व्यवसायीहरूले कम गुणस्तरको सुन बेच्ने गरेको, मनोमानी ढंगले ज्याला/जर्ती निर्धारण गरेर उपभोक्ता ठगी गरेको, गरगहना नापजाँचमा प्रयोग हुने ढक तराजु ठिक अवस्थामा नरहेको भन्दै बजार अनुगमन भएको थियो। 

यसरी अनुगमनमा खटिएका कर्मचारीले मुचुल्कासहित सबै विवरण खुलाउनुपर्ने व्यवस्था छ। तर विभागका तत्कालीन कर्मचारीले मुचुल्काबिनै वा कुनैमा मुचुल्कासहित सुनचाँदीलगायत गरगहनाको गुणस्तर जाँच्ने भन्दै नमुना संकलन गरेका थिए। त्यही नमुनाका रुपमा संकलन गरिएको सुन सरकारी कर्मचारीले व्यवसायीलाई हालसम्म फिर्ता गरेका छैनन् भने विभागको तथ्यांकमा व्यवसायीबाट संकलन गरेको सुनचाँदीको कुनै निस्सासमेत भेटिएको छैन। 

विभागको महानिर्देशकमा २०६९ पछि क्रमशः नारायण विडारी, शम्भु कोइराला, गोकुलप्रसाद धिताल, कुमारप्रसाद दहाल र हाल योगन्द्र गौचन कार्यरत छन्। विभागको उच्च श्रोतका अनुसार यसअघिका महानिर्देशक कुमारप्रसाद दहालले यो विषयमा जानकारी पाएका थिए। तर दहालले आफ्नो कार्यकालभन्दा अगाडि भएका अनुगमनका विषयमा भन्दा पनि आफ्नो कार्यकालमा कर्मचारीले बदमासी नगरून् भनेर सुनचाँदी बजार अनुगमनमा कर्मचारीलाई पठाएनन्।

‘तत्कालीन महानिर्देशक कुमारप्रसाद दहाललाई जानकारी नै नदिई विभागका कर्मचारीहरु सुनचाँदी बजार अनुगमन गर्न भन्दै पोखरा गएका थिए,’उच्च श्रोत भन्छ। विभागका निर्देशक लक्ष्मण श्रेष्ठको संयोजकत्वमा पोखरा पुगेर उक्त टोलीले उपभोक्ता अधिकार सम्बन्धी एउटा कार्यक्रम गरेको थियो भने सोही क्रममा त्यहाँका ८ वटा पसलमा अनुगमन गरेको थियो। ८ वटा पसलबाट गुणस्तर चेकजाँचका लागि करिब ६ तोला सुन उक्त टोलीले ल्याएको भन्ने सुनिएको थियो,’ श्रोत भन्छ। 

महानिर्देशकका रूपमा दहाल गएको एक महिनाभित्रै विभागका कर्मचारी उनलाई बाईपास गरी पोखरा पुगेका थिए। सो विषयमा महानिर्देशक दहालले कर्मचारीलाई मौखिक रूपमा स्पष्टीकरणसमेत सोधेको श्रोतको भनाइ छ। पोखरा गएका कर्मचारीहरूले नयाँ अनुगमनभन्दा पनि पुरानै अनुगमनका विषयमा थप अध्ययन गर्न गएको भन्दै दहाललाई जवाफ दिएका थिए। 

तर त्यो बेला गरेको अनुगमनको कुनै प्रतिवेदन तयार पारेर विभागमा बुझाइएको देखिँदैन। सुनचाँदी वा गरगहना परीक्षण गर्न ल्याएको वा नमुना संकनलका लागि ल्याएको भनेर मुचुल्का पनि विभागमा भेटिएको छैन। सुनचाँदीलगायत गरगहनाको परीक्षण नापतौल तथा गुणस्तर विभागले गर्ने भएका कारण यो विषयमा गुणस्तर विभागका कर्मचारीको पनि संलग्नताको आशंका गरिएको छ। 

Ncell 2
Ncell 2

पछिल्लो ७ वर्षको अवधिमा विभागको बजार अनुगमन शाखाको प्रमुखका रूपमा हरिनारायण बेल्बासे र त्यसपछि लक्ष्मण श्रेष्ठ रहेका थिए। श्रेष्ठ विभागबाट सरुवा भएर जाँदा आफूलाई सुन राख्न भनी एउटा पोको दिएको र आफूले विभागबाट सरुवा हुँदा स्टोर शाखालाई बुझाएर गएको विभागका शाखा अधिकृत रमेशकाजी श्रेष्ठ बताउँछन्। तर त्यो पोकामा कति सुन थियो भन्ने कुराको जानकारी भने आफूलाई नभएको र स्टोर शाखाले नै त्यसको विवरण राखेको हुनुपर्ने शाखा अधिकृत श्रेष्ठको भनाइ छ।

साविकको वाणिज्य विभाग र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग दुई वर्षअघि गाभिएर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बनेको थियो। दुई वटा विभाग गाभिएर एउटै बनेपछि कर्मचारी पनि हेरफेर भएको थियो। यसरी कार्यालय सर्ने र कर्मचारी हेरफेर पनि भएको मेसोमा पारी नमुनाका रुपमा संकलन गरिएका सुनचाँदीलगायत गरगहना कर्मचारीले नै गायब बनाएको देखिन्छ। 

१८ असार २०७५ मा नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विज्ञप्तिमा 'व्यवसायीका पसलमा अनुगमन गर्दा पसलमा रहेको सुन चाँदीका गरगहना, हिरा जवाहरातसमेत विभागको टोलीले उठाएर लगेको' भनी उल्लेख छ। अवैध रुपमा खरिद भएको, स्थायी लेखा नम्बर बिना नै बिलभर्पाई गरी कारोबार गरेकोजस्ता विषयमा अनुगमन गर्ने सरकारी टोलीले २०७० सालमा पनि बजार अनुगमनका क्रममा उपत्यकाका ८ वटा सुनचाँदी पसलमा कैफियत भेटिएको भन्दै नमुना लिएको देखिन्छ। त्यसभन्दा अघि कति अनुगमन भए र कति गरगहना नमुनाका रुपमा संकलन गरिएको थियो भन्ने यकिन तथ्यांक विभागसँग भेटिँदैन। 

विभागका महानिर्देशक योगेन्द्र गौचन भने आफूले यो विषय निकै ढिलो मात्रै थाहा पाएको बताउँछन्। ‘मैले यो विषय केही दिन अघि मात्र थाहा पाए। यो विषय ५-७ वर्ष अगाडिदेखिको रहेछ। मैले थाहा पाएपछि पनि अरु कार्यव्यस्तताका कारण केही गर्न सकिनँ,’ गौचन भन्छन्। यो विषयमा बुझ्न आफूले प्रयास गरेको तर वास्तविकता पत्ता लागि नसकेको उनले बताए। ‘हामी पछिल्लो समय बजार अनुगमनमा बढी व्यस्त भयौं। तर त्यसो भन्दैमा यो विषयलाई महत्व नदिएको भन्ने होइन। हामी गम्भीर भएर अध्ययन गर्छौं। पन्छिन मिल्दैन,’ उनले भने। महानिर्देशक गौचन अर्को महिना सेवाबाट अवकास लिँदैछन्। 

एक किलोभन्दा बढी सुन गायब पारिएको व्यवसायीको आरोप
नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यका अनुसार विगत ७ वर्षयता १ सयभन्दा बढी सुनचाँदी पसलमा सरकारी टोलीले अनुगमन गरेको छ। प्रत्येक पसलबाट अनुगमन टोलीले कम्तीमा १ तोलादेखि २ तोलासम्म सुन नमुनाका रुपमा व्यवसायीहरूबाट लिने गरेको थियो। यसरी सरसर्ती हिसाब गर्दा पनि अनुगमन टोलीका कर्मचारीले व्यवसायीबाट हालसम्ममा १ किलोभन्दा बढी सुन लगेका छन्। 

बजार अनुगमनका क्रममा सुनचाँदीलगायत गहनाको नमूना विभागले ल्याउने गरेको भए पनि फिर्ता नगरेको शाक्यले बताए। नमूनाका रुपमा ल्याएका धेरै गहना फिर्ता नभएको बताए पनि त्यसको परिणाम कति छ भन्नेबारे भने उनले केही खुलाएका छैनन्।  काठमाडौं, पोखरा, धरान लगायतका सहरका सुनचाँदी पसलबाट परीक्षणका लागि भन्दै नमूना संकलन गरिएको थियो। 

शाक्यले सरकारी निकायबाट भविष्यमा आफूहरुलाई अफ्ठ्यारो पर्नसक्ने देखिएपछि आफूहरु चुप लागेर बसेको स्पष्ट पारे। उनले भने, 'लामो समयदेखि सुन फिर्ता नभएपछि अहिले हामीहरुले गुनासो गरेका हौं।'

यसरी बाहिरियो विषय
सुनचाँदी बजारमा सरकारी अनुगमन नभएको र उपभोक्ता ठगिएको गुनासो आएको भन्दै मंगलबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता अधिकारकर्मी र सुनचाँदी व्यवसायीलाई बोलाएर छलफल गरेको थियो। 

विभागका कर्मचारीले र व्यवसायी दुवैले लामो समयसम्म लुकाएको उक्त विषय मंगलबार भने बैठकमै बाहिरियो। उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले सुनचाँदी पसलमा अनुगमन हुँदा परीक्षणका लागि भनेर संकलन गरिने नमुना व्यवसायीले किन फिर्ता लिएनन् र विभागले किन फिर्ता गर्दैन भन्दै प्रश्न गरे। महर्जनले व्यापारीहरुले पनि आफ्नो बदमासी लुकाउन कर्मचारीलाई त्यो सुन कानुन विपरीत दिएको र कर्मचारीले पनि त्यसको दुरुपयोग गर्ने गरेको विषय उप्काए। 

‘६-७ वर्षदेखिको सुन विभागसँग व्यापारीले किन फिर्ता मागेनन्,’ महर्जनले प्रश्न गरे। महर्जनले यो विषय उठाएपछि नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले पनि यो विषयमा सत्यता रहेको बताए। ‘धेरै गहना फिर्ता आएको छैन। अनुगमन भएका प्रत्येक पसलबाट कम्तीमा एकदेखि २ तोला सुन नमुनाका रुपमा विभागको टोलीले लिने गरेको थियो,’  शाक्यको भनाइ छ। त्यो समयावधिमा कम्तीमा पनि एक सयभन्दा बढी पसलमा अनुगमन भएको उनको भनाई छ। विभाग सरकारी निकाय भएका कारण थप अप्ठेरो पार्ने डरले व्यवसायीहरूले यो विषयमा आजसम्म नबोलेको पनि उनले बताए।

प्रकाशित मिति: मंगलबार, असोज २८, २०७६  २०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २८०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुन तोलामा २८०० रुपैयाँ बढ्दै २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको... आइतबार, पुस २७, २०८२
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको ४ हजार ७८० रुपैयाँ कायम भएको छ । शुक्रबार, पुस २५, २०८२
अमेरिकी डलरको भाउ लगातार उच्च बिन्दुमा यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ २७... शुक्रबार, पुस २५, २०८२
ताजा समाचारसबै
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने सोमबार, पुस २८, २०८२
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै सोमबार, पुस २८, २०८२
देशभर मौसम मुख्यतया सफा रहने सोमबार, पुस २८, २०८२
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्