काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा विराटनगर किङ्सले पहिले बलिङ गर्दैछ ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ सुरु गरेको छ ।
दुवै टोली प्लेअफमा पुगिसकेका छन् । विराटनगर किङ्सलाई शीर्ष २ मा पर्नका लागि राम्रो अन्तरको जित आवश्यक छ ।
सुदूरपश्चिम भने पराजित भए पनि शीर्ष स्थानमै रहने पक्का छ । उसले अपराजित यात्रा जारी राख्दै आफ्नो दबदबा कायमै राख्ने लक्ष्यमा छ ।
सुदुरपश्चिमको टोलीः
दिपेन्द्र सिंह ऐरि, आरिफ शेख, अविनास बोहोरा, इसान पाण्डे, विनोद भण्डारी, दिपक बोहोरा, जस ब्राउन, हरमित सिंह, हिक्मत महरा, धु्रव परासर, पुनित मेहरा
विराटनगरको टोलीः
प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, सन्दीप लामिछाने, सुर्य तामाङ, शंकर राना, नरेन भट्ट, साम हिजलेट, फाफ डु प्लेसिस, मार्टिन गप्टिल, मर्चेन्ट डि लाङगे
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।