• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सुनमा चाँदी मिसाउने व्यवसायी नै अनुगमन रोक्न 'लविङ'मा, जर्तीका नाममा १० प्रतिशसम्म ठगी

64x64
हेमन्त जोशी शुक्रबार, कात्तिक १, २०७६  १४:०२
1140x725

काठमाडौं- सुनमा चाँदी मिसावट गर्दै व्यापार गर्न 'पल्केका' सुन व्यापारीले बजार अनुगमन रोक्न 'लविङ' थालेका छन्। व्यवसायीले लविङसँगै बजार अनुगमन रोक्न सो क्रममा लिएको सुनसमेत फिर्ता नपाएको भन्दै नयाँ प्रोपोगान्डा रचेका छन्।

सुनचाँदी पसलहरुमा सरकारी अनुगमन नभएको र उपभोक्ता ठगिएको गुनासो आएको भन्दै मंगलबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता अधिकारकर्मी र सुनचाँदी व्यवसायीलाई बोलाएर छलफल गरेको थियो।

छलफलमा विभागका महानिर्देशक योगेन्द्र गौचनले सुन खरिद तथा बिक्रीमा लिइने ज्याला तथा जर्तीको विषयमा गुनासो आएको हुँदा अनुगमनमा सहयोग गर्न व्यवसायीलाई आग्रह गरेका थिए।

गौचनको भनाइ पुरा हुन नपाउँदै अनुगमन टार्न छलफलमा सहभागी सुनचाँदी व्यवसायीले यसअघिको अनुगमनका क्रममा सरकारी पक्षले लिएको सुन फिर्ता नपाएको भन्दै नयाँ फन्डा रचेको छलफलमा सहभागी एक उपभोक्ताकर्मीले बताए।

‘विभागले सुुनचाँदीको गहना खरिदमा ग्राहकले तिर्नुपर्ने ज्याला तथा जर्तीमा एकरुपता ल्याउँदै मूल्यसूची सार्वजनिक गर्नुपर्ने नियम अगाडि सार्न खोजेपछि व्यवसायीलाई छटपटी सुरु भएको हो,’ छलफलमा सहभागी ती उपभोक्ता कर्मीले भने, ‘तिहारको समयमा बजार अनुगम भएको अवस्था र ज्याला तथा जर्तीको मूल्य एकरुपता ल्याउँदै मूल्यसूची सार्वजनिक गर्नुपरेमा व्यापार चौपट हुने उनीहरुमा डर थियो।’

सोही कारण व्यवसायीले ७/८ वर्ष अगाडिको भएको अनुगनमको विषय अगाडि सारेको स्रोत बताउँछ।

सुनचाँदीको गहनामा मिसावट भएको भन्दै उपभोक्ताबाट गुनासो आएपछि नेपाल गुणस्तर तथा नापतौल विभाग, बालाजुको संयोजनमा वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, बबरमहलसहित सरोकारवाला निकायबाट विसं २०७० सालमा ८ पटक विशेष अनुगमन भएको थियो।

अनुगमनका क्रममा काठमाडौं उपत्यका, पोखरा, धरान, विराटनगर, इटहरीलगायत देशमा मुख्या सहरमा रहेका सुनचाँदी पसलहरुको अनुगमन गरी परीक्षणका लागि नमूना लिने काम भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

अनुगमनका क्रममा लिइएको सुन तथा चाँदीको नमूना परीक्षण गरी व्यवसायीलाई सुन तथा चाँदी फिर्ता गरेको प्रमाण नेपाल लाइभले प्राप्त गरेको छ।

हेरौं केही नमूनाः

Xtrem

Xtrem

 

गुणस्तर तथा नापतौल विभागमा महानिर्देशक विश्वबाबु पुडासैनीले पनि नमूना परीक्षणका लागि लिएको सुन परीक्षणपछि लिनको हस्ताक्षर र प्रमाणपत्र लिँदै बुझाएको बताउँछन्। तर, व्यवसायीले भने अनुगमन भएको करिब ६ वर्षपछि सुन नपाएको भन्दै बजार अनुगमनलाई प्रभावित पार्न विषयान्तर गरेको हुनसक्ने उनको भनाइ छ।

बजार अनुगमनका क्रममा जुनसुकै समय परीक्षणका लागि गुणस्तर तथा नापतौल विभागमा आएको सुन परीक्षण गरी एकै दिनमा फिर्ता गर्नेगरी काम भएको पुडासैनी दाबी गर्छन्।

तर, साविकको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र अहिलको वाणिज्य, आपूर्ति, तथा उपभोक्ता संरक्षण विभागले कसरी बजार अनुगमन गरिरहेको छ, आफूहरुलाई थाहा नभएको उनको भनाइ छ। तर, गुणस्तर विभागमा अनुगमनपछि आएको सुनको परीक्षण गरी फिर्ता गर्ने काम भइरहेको र कुनै पनि पसलको सुन बाँकी नरहेको पुडासैनी बताउँछन्।

तर, व्यवसायी भने वाणिज्य, आपूर्ति, तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीले नमूना परीक्षणका लागि भन्दै संकलन गरेको सुन कार्यालयमै नल्याई गायब बनाएको आरोप लगाउँदै बजार अनुगमन रोक्ने प्रयासमा छन्।

आरोप लगाउने व्यवसायीले पनि ४ दिन हुँदासम्म सरकारी कर्मचारीले संकलन गरेको सुनको परिमाण र प्रमाण पेस गर्न सकेका छैनन्। तर, सुनको नमूना परीक्षण गर्ने निकायले भने व्यवसायीले सुन फिर्ता लगेका प्रमाण आफूहरुसँग सुरक्षित भएको दाबी गरेको छ।

जर्तीको नाममा ठगी
सुनचाँदी व्यावसायीले पछिल्लो समयमा सुन तथा चाँदीमा मिसावट गर्न नपाएपछि जर्ती र ज्यालाको नाममा १० प्रतिशतभन्दा बढी रकम उपभोक्ताबाट असुली गरिरहेको गुणस्तर तथा नापतौल विभागका एक ल्याव अधिकृत बताउँछन्। २०७२/०७३ अघिसम्म व्यवसायीले सुनमा चाँदी, तामा तथा कपर र चाँदीमा जिङ, पित्तल तथा तामा जस्ता धातु मिसाउने गरेका थिए।

तर, २०७० को बजार अनुगममा ५० प्रतिशतभन्दा बढी सुनमा कैफियत देखा परेपछि उनीहरुलाई कारबाही थालिएको थियो। कतिपय व्यवसायीको मुद्दा अझै विचाराधीन छ भने पोखराका व्यवासयीले त कारबाही समेत भोगिसकेका छन्। तर, काठमाडौंको चावहिलका व्यवसायीको भने मुद्दा पनि नचलेको गुणस्तर विभाग स्रोत बताउँछ।

सुनचाँदीमा मिसावट गर्न पाउँदासम्म व्यवसायीले ४ देखि ५ प्रतिशत जर्ती र अतिनै न्यून ज्याला लिन्थे। तर, मिसावट गर्न नपाएपछि जर्ती र ज्यालाको नाममा व्यावसायीले उपभोक्तासँग बढी रकम असुली गरिरहेको स्रोत बताउँछ।

‘सुनका गहनामा जर्ती कति जान्छ भन्ने यकिन कुनै प्रमाण छैन। व्यवसायीले जे भन्यो त्यहीमा विश्वास गर्नुपर्ने अवस्था छ। व्यवसायीले अहिले ग्राहक हेरिकन १० देखि १६ प्रतिशतसम्म जर्ती लिने गरेका छन्। यो सररासर लुट हो। बढी डिजाइनमा निर्माण गरेको गहनामा बढीमा ६ प्रतिशत जर्ती जाने गरे पनि अन्य गहनामा ४ प्रतिशतभन्दा बढी खेर जाँदैन। जर्तीका नाममा ठगी गर्न व्यवसायीलाई सरकारले नै छुट दिएको छ’, स्रोतले भन्यो।

सरकारले पनि व्यवसायीले कुन-कुन गहना तयार गर्दा कति जर्ती खेर जान्छ भनेर मापन गर्न सकेको छैन। गहना भत्काएर जर्ती मापन गर्दा पहिले गहना बनाउँदाको ज्याला र पछि बनाउँदाको ज्याला गरी झन्डै २० प्रतिशत रकम तिर्नुपर्ने अवस्था रहँदा पनि सुनमा ठगी बढेको स्रोत बताउँछ। सुन व्यवसायीले वार्षिक रुपमा जसरी पनि १० प्रतिशत नाफा जर्ती र ज्यालाबाट राखिरहेको स्रोतको दावी छ।

२०७२ को अनुगमनका क्रममा कुन-कुन पसलले गरे सुनमा चाँदी मिसावट?
ओमलक्ष्मी ज्वेलर्स विराटनगरले २४ क्यारेटको सुनको औँठीमा ९९ दशमल ५ प्रतिशत सुन भएको दावी गरे पनि अनुगमनको क्रममा ९० दशमलब १६ प्रतिशत मात्रै सुन राखेको फेला परेको थियो। उक्त सुनमा ६ दशमलव ३४ प्रतिशत चाँदी मिसाएको फेला परेको थियो।

यसैगरी धरानको महालक्ष्मी आभुषण केन्द्र, गौरी गणेश भण्डारले पनि सुनमा चाँदी मिसावट गरेको फेला परेको थियो।

साथै काठमाडौंको विशालबजारस्थित शालिमार ज्वेलर्सले सुनमा चाँदी तथा रिद्धि-सिद्धि ज्वेलर्सले भने २४ क्यारेटको सुनमा क्याडमियम मिसावट गरेको फेला परेको थियो।

२०७० मा ८ पटक गरिएको विशेष अनुगमनमा ४० भन्दा बढी पसलबाट संकलित ७० भन्दा बढी नमूनामा ५० प्रतिशत कैफियत फेला परेको रिर्पोट नेपाल लाइभसँग सुरक्षित छ।

हेरौं कैफियत देखिएका पसलसम्बन्धी केही रिपोर्टहरुः

प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  १४:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्