काठमाडौं- १३ वर्षे बालकदेखि ८० वर्षका वृद्धले सगरमाथा आरोहण गरी रेकर्ड कायम गरेका छन्। केही आरोही त बिना अक्सिजन नै सगरमाथा पुगेका छन्। एक आरोहीले सगरमाथा पुगेर प्याराग्लाइडिङ समेत गरेर रेकर्ड कायम राखे भने एक जोडीले त्यहीँ विवाह गरे।
विश्वको सर्वोच्च शिखर ८ हजार ८ सय ४८ मिटरमा कैयौं नयाँ रेकर्ड कायम भइसकेका छन्। यहाँ भने कीर्तिमानी ८ तस्बिरकथा समावेश गरिएकाे छ।
१.
फ्रेन्च आरोही जिन मार्क बोबिन सगरमाथाबाट प्याराग्लाइडिङ गर्ने पहिलो व्यक्ति हुन्। उनले १९९८ मा प्याराग्लाइडिङ गरेका थिए।
२.
सन् १९९८ मे २३ मा श्रीमानसँगै सगरमाथा आरोहण गरेकी अमेरिकी नागरिक फ्रान्सिस डेसिफानो असेन्तिभले अक्सिजन बिना सगरमाथा आरोहण गरेर रेकर्ड कायम गरेकी थिइन्। सगरमाथाबाट अवतरण गर्ने क्रममा उनी र उनको श्रीमान् सर्गेइ असेन्तिभले ज्यान गुमाएका थिए।
३.
पेम्बा दोर्जे शेर्पा र मोनी मुलेपाती सगरमाथामा पुगेर वैवाहिक जीवनमा बाँधिएका पहिलो जोडी हुन्। उनीहरुले मार्च ३० सन् २००५ मा विवाह गरेका हुन्।
४.
जोर्डन रोमिरोले १३ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर सबैभन्दा कम उमेरमा सर्वोच्च शिखर पुगेको रेकर्ड काय गरेका थिए। मे २२ सन् २०१३ मा उनी सगरमाथा पुगेका थिए।
५.
जापानी नागरिक युच्युरो मियुराले सगरमाथा पुग्ने पहिलो वृद्ध आरोहीका रुपमा रेकर्ड कायम गरे। उनी ८० वर्षको उमेरमा सर्वोच्च शिखर पुगेका थिए।
६. २० जना शेर्पाले सबैभन्दा अग्लो उचाइमा २ टन फोहोर संकलन गरेर सामूहिक रेकर्ड राखेका थिए। उनीहरुले मे २८ सन् २०१० मा सरसफाइ गरेका थिए।
७.
मलाभाथ पूर्ण सबभन्दा कम उमेरमा सगरमाथा चढ्ने भारतीय नागरिक हुन्। उनले १३ वर्षको उमेरमा सगरमाथा चढ्ने पहिलो भारतीय नागरिकका रुपमा रेकर्ड राखिन्।
८.
भारतीय नागरिक अंशु जमसेन्पाले ५ दिनमा २ पटक सगरमाथा आरोहण गर्दै नेपाली छोरिम शेर्पाको रेकर्ड भंग गरिन्। छोरिमले सन् २०११ मा ७ दिनमा २ पटक सगरमाथा आरोहण गरी रेकर्ड राखेकी थिइन्।
(विभिन्न समाचार एजेन्सीको सहयोगमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।