कतिपय मानिसको थरथरी हात काम्छ। लगातार काम गर्दा वा झनक्क रिसाउँदा हात काम्ने गर्छ। क्षणिक रुपमा हात काम्ने सामान्य भए पनि लामो समयसम्म हात काम्यो भने सम्झनुहोस्, त्यो स्वास्थ्य सम्बन्धी समस्याको संकेत हो। निरन्तर हात काम्ने समस्या भए चिकित्ससँग सल्लाह लिनु उपयुक्त हुन्छ। विज्ञहरुका अनुसार हात काम्ने कारण निम्नअनुसार छन्ः
१. उच्च रक्तचापः उच्च रक्तचाप भएमा शरीरमा रक्त प्रवाह बढी हुन्छ, जसका कारण हात काम्छ।
२. न्यून मधुमेहः न्यून मधुमेह हुँदा रगतमा सुगरको मात्रा थोरै हुन्छ। यो बेला शरीरमा स्ट्रेस बढ्छ, जसका कारण हात काम्छ।
३. भिटामिन बीको कमीः भिटामिन बीको कमीले शरीर कमजोर हुन्छ र हात काम्छ।
४. एनिमियाः एनिमिया भनेको शरीरमा रगतको मात्रामा कमी हुनु हो। रगतको कमीले पनि हात काम्ने समस्या देखिन्छ।
५. स्ट्रोकः स्ट्रोक हुँदा शरीरमा रक्त प्रवाह कमजोर हुन्छ, जसको असर प्रत्यक्ष रुपमा हातमा देखिन्छ र हात काम्ने समस्या देखिन्छ।
६. स्ट्रेसः शरीरमा कार्टिलेस हर्मनको मात्रा बढ्यो भने तनाव (स्ट्रेस) बढ्छ। स्ट्रेसले रक्त सञ्चार बिग्रन गई हात काम्ने गर्दछ।
७. ट्रेमरः दिमागमा भएको न्युरो ट्रान्समिटर चुवाहटलाई ट्रेमर भनिन्छ। यो समस्या हुँदा पनि थरथरी हात काम्ने गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।