• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

२३ किलोमिटर पार गरेर प्रहरीले गरेको त्यो 'स्टिङ अपरेसन', पक्राउ परे विप्लवका दाइसहित २१ नेता [नामावलीसहित]

64x64
नारायण अधिकारी बिहीबार, असोज ३०, २०७६  ११:४४
1140x725

काठमाडौं– केही दिनअघि दाङ प्रहरीमा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव)को पार्टीका बारेमा एउटा महत्वपूर्ण सूचना आएको थियो । पार्टीको उच्च नेतासहितको संलग्नतामा महत्वपूर्ण बैठकबारेको सूचना थियो ।
सूचनाअनुसार इलाका प्रहरी कार्यालय गढवाबाट २३ किलोमिटरको पश्चिम–दक्षिणमा पर्ने राजापुर गाउँपालिका–४ स्थित मरेठाको जंगलमा बैठक हुने जानकारी थियो। 

सोही अनुसार २३ किलोमिटर टाढा रहेको इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी निरीक्षकको कमाण्डमा, वडा प्रहरी कार्यालय लमहीबाट प्रहरी निरीक्षककै कमाण्डमा र जिल्ला प्रहरी कार्यालय दाङबाट समेत टोली मरेठा जंगल प्रस्थान गरेको थियो।

बैठकस्थलम प्रहरीले पत्ता लगाएपछि थप प्रहरीको आवश्यकता रहेको भन्दै खबर गरेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय र प्रदेश ५ को प्रदेश प्रहरी कार्यालयबाट थप प्रहरी टोली घटनास्थल पुगेको थियो । ठूलो संख्यामा राति  नै जंगल पुगेको प्रहरीले विप्लवका दाजु तथा मध्यकमाण्ड इन्चार्ज चन्द्रहादुर चन्द (वीरजंग)सहितका २१ नेता पक्राउ परे ।

उनीहरुलाई पक्राउ परेको स्थान नेपाल–भारत सीमा नजिक पर्छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी बिनोद विक्रम शाहीले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याइसकिएको बताएका छन् । उनीहरुमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ। 

उनीहरु पक्राउ परेसँगै विप्लव नेकपालाई ठूलो धक्का लागेको छ।

पक्राउ परेकाहरुको नामावली 
 – चन्द्रबहादुर चन्द (वीरजंग) –केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज तथा विप्लवका दाजु
– केशवबहादुर बाँठा मगर (सुवास) –राप्ती ब्युरो ईन्चार्ज
– रामबहादुर थापा (सुन्दर) – राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक
–सविन पोख्रेल – राप्ती ब्युरो कार्यालय सचिव
–यमलाल कटुवाल (विक्रम) – जिल्ला ईन्चार्ज
–प्रदीप वली – जिल्ला सेक्रेटरी
–बविन केसी (पाटन, जंगली) – युवा संगठन नेपाल केन्द्रीय अध्यक्ष
–सुनिल पौडेल– वुद्धिजिवी
–एकराज चौधरी (एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य)
–धनबहादुर बोहोरा (महान) – एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गाउँपालिका सेक्रेटरी
–तिलक पुन (पूर्व जनमुक्ति सेना)
–सुरज विक –दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष
–हितप्रसाद रोका –पार्टी सदस्य
–पोष्टमान घर्ती – रोल्पा जिल्ला सदस्य
–दलबहादुर खत्री
–अमित घर्ती मगर
–बालकृष्ण शर्मा
–जीत क्षेत्री
–रमेश आचार्य
–बिष्णु थापा
–कुलबहादुर ओली

बिप्लव नेकपालाई ठूलो धक्का

प्रहरीका अनुसार  अहिले पक्राउ परेका बाहेक  ४३ जिल्ला इन्चार्जसहित १ सय ४८ जना नेतृत्व तहका नेताहरु पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार हालसम्म विप्लव समूहका १ हजार ५ सय १४ जना पक्राउ परिसकेका छन्। तीमध्ये १ सय ४८ जना नेतृत्व तहका रहेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विश्वराज पोखरेलले बताए। जसले गर्दा नेतृत्व तहमै नेकपा कमजोर बन्दै गएको प्रहरीले विश्लेषण गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

पक्राउ परेका १ हजार ५ सय १४ मध्ये सरकारले गत फागुन २८ गते विप्लव नेकपालाई प्रतिबन्ध लगाएपछि ६ सय ९४ जना पक्राउ परेका थिए। त्यसमध्ये केही छुटिसकेका छन्। ४३ जिल्लाका जिल्ला इन्चार्ज पनि पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिबन्धपछि पक्राउ परेका मध्ये नेतृत्व तहका १४८ जना छन् भने कार्यकर्ताहरु ५४६ जना छन्। पक्राउ परेका मध्ये नेतृत्व तह २१ प्रतिशत हो।

जसमध्ये स्थायी समिति सदस्य १ जना, विभागीय प्रमुख १, पोलिटब्युरो सदस्य २, केन्द्रीय सदस्य ७, ब्युरो प्रमुख ५, भ्रातृ संगठन प्रमुख ६, ब्युरो सदस्य १७, जिल्ला इन्चार्ज ४३, भ्रातृ संगठनका जिल्ला इन्चार्ज ६६ जना पक्राउ परेका छन्।

विप्लव नेकपाका नेता(कार्यकर्तामाथि अहिलेसम्म १ हजार ३ सय १३ वटा मुद्दा दर्ता भएका छन्। प्रतिबन्धपछि मात्रै ६ सय ४८ वटा मुद्दा दायर भएको प्रहरीले जनाएको छ। जसमा संगठित अपराध, बम विस्फोट, राज्यविरुद्धको अपराध, ज्यान मार्ने उद्योग, हत्या, अभद्र व्यवहार, आगजनी अन्तर्गत मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ। 

Xtrem

Xtrem

पक्राउ परेका मध्ये ५ सय १३ जना भने छुटिसकेका छन्। १ सय १० जना कारागार चलान भएका छन्। ६९ जनामाथि अनुसन्धान भइरहेको छ। २ जनालाई बाल सुधार गृह पठाइएको प्रहरीले जनाएको छ।

२५ ठाउँमा बम बिस्फोट, १२४ ठाउँको डिस्पोज
विप्लव नेकपाबाट अहिलेसम्म २५ ठाउँमा बम विस्फोट भइसकेको प्रहरीले जनाएको छ। १ सय २४ ठाउँमा राखिएको बम भने नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले निष्क्रिय पारेका छन्।

आफैले राखेको बम र प्रहरीसँगको मुठभेडमा परेर विप्लव नेकपाका ६ जनाको मृत्यु भएको भइसकेको छ। त्यसैगरी १ प्रहरी र १ सर्वसाधारणले पनि ज्यान गुमाएका छन्। 

फागुनमा मात्रै विप्लव नेकपाले ३ ठाउँमा बम विस्फोट गराएको थियो। २९ ठाउँमा राखिएको बम भने डिस्पोज गरिएको थियो। 

चैतमा १ ठाउँ विस्फोट भयो २ ठाउँमा डिस्पोज गरियो। बैसाखमा ५ ठाउँमा बम विस्फोट भएका थिए। ३३ ठाउँमा राखिएका बम सुरक्षा निकायले डिस्पोज गरे। जेठमा ११ ठाउँमा विस्फोट भयो भने १९ ठाउँ डिस्पोज गरियो। असारमा ५ ठाउँमा विस्फोट भयो,  ४१ ठाउँको बम डिस्पोज गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

विप्लव नेकपाले आज बुधबार साबिकका बाग्मती, जनकपुर र नारायणी अञ्चल अन्तर्गतका जिल्लाहरु बन्द गरेको छ। आजै मात्रै नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा पेट्रोल बम प्रहार भएको छ। बम प्रहारबाट कागजात र फर्निचरका सामानहरु जलेर नष्ट भएका छन्। 

त्यस्तै मकवानपुरका विभिन्न ४ ठाउँमा राखेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। 

२४ थान अत्याधुनिक हतियार बरामद
कपिलवस्तुको चन्द्रौटा बजारदेखि करिब ५ किलोमिटर पश्चिम–दक्षिणको इलाका शिवगढी गाउँमा सर्च अपरेसन गर्दा गत फागुन २३ गते प्रहरीमाथि नै स्थानीय बासिन्दा जाइलागे। सो क्रममा दुई जना प्रहरी सामान्य घाइते भए। विप्लवको घरसहित गाउँ नै खानतलासी गर्ने क्रममा प्रहरीले ठूलो मात्रामा हतियार र विस्फोटक पदार्थसमेत बराद गर्न सफल भयो।

प्रहरीले एसएमजी २ थान, त्यसको गोली ६८ राउन्ड, त्यसको म्यागजिन ३ थान, ५४ टाइप पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, त्यसको गोली ३ राउन्ड, ५.५६ क्यालिभरको राउन्ड १ सय ३१ पिस, थप म्यागजिन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरु १ बोरा (२५ किलो) बरामद गरेको थियो। 

यसभन्दा अघि फागुन १५ गते प्रदेश–१ प्रहरीले धरानबाट एलएमजी (लाइट मेसिन गन) र एम–१६ एकएक थानसहित विप्लव समूहका संगीत भनिने देवकुमार लिम्बूलाई पक्राउ गरेको थियो।

यसरी प्रहरी विप्लव नेकपाका कार्यकर्ता अहिलेसम्म विभिन्न किसिमका अत्याधुनिक २४ थान हतियार बरामद गरेको जनाएको छ। 

जसमध्ये ७.६२ एमएमको एलएमजी १ थान, एम १६ ए-२ १ थान, ७.६२ एमएम एसएलआर १ थान, .३०३ राइफल ३ थान, ९ एमएम एसएमजी २ थान, सेमी अटोमेटिक पेस्तोल १० थान, रिभल्वर १ थान, कटुवा पेस्तोल ३ थान र भरुवा बन्दुक २ थान गरी २४ थान बरामद गरेको हो।

त्यसैगरी ठूलो मात्रामा विस्फोट पदार्थ पनि प्रहरीले बरामद गरेको छ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  ११:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्