complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

अस्पताललाई एक अर्ब दान गर्ने शाह दम्पत्ति

64x64
नेपाल लाइभ सोमबार, फागुन ७, २०७४  ०३:३८
1140x725

मेरो बुवा स्व. फत्तेजंग शाह र मुमा स्व. बालदिव्येश्वरी शाहज्यूले बि.सं. २०४३ सालमा आफू बसेकै घरजग्गाको दानबाट फत्तेबाल आँखा अस्पताल स्थापना भएको हो । फुल्टेक्रा नेपालगञ्जमा रहेको यस अस्पतालको म बिगत ३१ वर्षदेखि संरक्षक रही आएको छु । हाल म ९३ वर्षको भएँ । म ९३ वर्षको भएतापनि ईश्वरको कृपाले हालसम्म स्वस्थ र सकुशल छु । आफ्नो उमेर र मेरो बुवामुमाज्यूको अर्तिउपदेश समेतलाई मध्यनजर राख्दै हामी दम्पत्तिले पनि समाज र राष्ट्रको लागि केही योगदान, धर्म गरेर जाउँ भन्ने ईच्छा थिया । लगभग जीवनको उत्तरार्धमा मैले आफ्नो हकवाला पत्नी समेतको सल्लाह सहमतिमा का. जि. का.म.न.पा. वडा नं. १ कि.नं. ११२३ र ११२४ क्षेत्रफल क्रमशः ०–११–१–० र २–८–२–२ को आफ्नो निजि घर ‘श्रीकुञ्ज’ र जग्गा फत्तेबाल आँखा अस्पताल, नेपालगञ्जलाई दान गरिदिएको छु। 

म र मेरो पत्नी रुद्र कुमारी शाह जीवित रहुञ्जेलसम्म मात्र उक्त घरको प्रयोग हामीले गर्नेछौं ।तत्पश्चात फत्तेबाल आंखा अस्पतालले अस्पतालको सेवालाई अझ प्रभावकारी बनाउन र स्थायी सफल सञ्चालन गर्न आयआर्जनका लागि उक्त घरजग्गालाई भोगचलन गर्नेछ । अस्पतालले उक्त घरजग्गालाई अस्पतालको आयआर्जनको कार्यबाहेक अन्य कार्यमा प्रयोग गर्न वा अन्य कसैलाई हक हस्तान्तरण वा भोगचलन गर्न दिन पाउने छैन । सदैव फत्तेबाल आँखा अस्पताल, नेपालगञ्जको स्वामित्व र अधीनमा रहने गरी मात्र दान दिएको छु । दानपत्रको लिखत मिति २०७४ फागुन १३ गते श्री मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंमा पारित भइसकेको छ। 

फत्तेबाल आँखा अस्पताल एक सामाजिक कल्याणकारी संस्था हो । अस्पतालले कुनैपनि दाताले दिएको एक–एक पैसाको उच्चतम र प्रभावकारी ब्यवस्थापन गरी बिगत ३१ वर्षदेखि गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । स्वदेश तथा मित्रराष्ट्र भारतका समेत लाखौं सेवाग्राहीहरुलाई आकर्षित गर्न सकी सेवा प्रदान गरी रहेको छ । बिगत १७ वर्षदेखि अस्पताल आफ्नै खुट्टामा उभिन सफल भई आर्थिक स्वावलम्बनको अवधारणाका साथ प्रभावकारी सेवा प्रदान गर्दै आएको छ । अस्पतालले ठूलो प्रगति गरेको छ। 

यो जीवन सदा रही रहने होइन । म समय समयमा भागवत गीताको पुस्तक र पवित्र बाइबल पढ्ने गर्दछु । श्री कृष्ण भगवानको अमर बाणी ‘येतो धर्म तत्व जय’ र जीसस क्राइस्टले भन्नु भएको ‘डस्ट दो आर टु डस्ट रिर्टन्थ, वाज नट स्पोकन बाइ द सोल।’ भन्ने शब्दहरुले मेरो सोचाइमा ठूलो परिवर्तन ल्याएको हो । अहिले सम्पन्न भएको यो कार्य पनि त्यही सोचाइको परिणाम हो। 

मेरो स्व. बुवाज्यूको आदेश थियो, ‘खानदानलाई बदनाम हुने कुनै काम नगर्नु । मैले दुःख गरी कमाएको सम्पत्ति कुपात्रको हातमा नपरोस् । कुपात्रको हातमा पर्यो भने धर्मको सट्टा पाप आइलाग्नेछ ।’ यी सब सिद्धान्त र आदेश उपदेशलाई मन्थन गरेर म अगाडी बढिरहेको छु । यो मेरो पुनित र असल कार्यमा दुःख दिने केही मेरा नातेदार स्वार्थी तत्वहरुको सामना गरिराखेको छु । जसलाई मैले त्यस्ता प्रबृत्तिको मानिसहरुको आचरणलाई स्वभाविक रुपमा लिएको छु । भगवान श्री पशुपतिनाथले रक्षा  गर्नुहुन्छ भने कुनै तत्वले मलाई केही गर्न सक्दैन । परिस्थितिको सामना गर्ने ताकत बजरंगबली श्री हनुमानजीले मलाई बक्सेको छ। 

यति लामो जिन्दगीमा सुखको दिन पनि अनुभव गरेको छु । देशको लागि बिदेशमा धेरै पटक बिभिन्न अन्र्तराष्ट्रिय सम्मेलन, बैठकहरुमा भाग लिने सुअवसर पाएको छु । राष्ट्रको प्रतिनिधित्व गर्ने सुअवसर पनि पाएको छु । राष्ट्रले सम्मान पनि दिएको छ। 

बडो दुःखको कुरा पनि छ । यहाँका ठूला प्रभावशाली भनाउँदा ब्यक्तिहरुले नै हामीले गरेको यो धर्म कार्यलाई असफल पार्न लागिपरेका थिए र छन् । साथसाथै मेरो सारा सम्पत्ति खोस्ने प्रयास पनि गरे तर सकेनन् । आखिरमा धर्म र न्यायको नै जीत भयो । भगवान पशुपतिनाथले सबैको रक्षा गरुन्। 

अन्तमा, संबिधानको सर्वाेच्चता, बिधिको शासन र लोकतान्त्रिक शासन पद्धति भएको यो मुलुकमा यसरी बिधि, प्रक्रिया र कानूनको धज्जी उढाउंदै प्रभावको आधारमा मात्र म जस्तो एउटा ज्येष्ठ असहाय नागरिकको संबैधानिक तथा कानुनी हक हनन गर्न खोज्ने प्रवृत्ति निरुत्साहित हुनै पर्दछ।  मैले पाएको दुःख कष्ट अन्य कुनै नागरिकले खेप्न नपरोस् यही मेरो शुभकामना र सम्बन्धित सबै सरोकारवालाहरुलाई अनुरोध छ ।

Ncell 2
Ncell 2
nimb
nimb

को हुन् श्रीजंग शाह ?
फत्तेबाल आँखा अस्पताल संचालित घर जग्गा दान गर्ने कप्तान स्व.फत्तेजंग शाह र स्व.बालदिब्येश्वरी शाहका दोस्रो छोराको रुपमा वि.सं.१९८० मा काठमाडौमा श्रीजंग शाहको जन्म भएको हो। 

श्रीजंग शाहले कलकत्ता विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए, डिप्लोम्यासी र अन्तर्राष्ट्रिय कानूनमा स्नातकोत्तर गरेका छन् । विश्वका दर्जन बढी मुलुकको भ्रमण गरेका शाह सुविख्यात त्रिशक्ति पट्ट दोस्रो र गद्दी आरोहण रजत महोत्सव पटकबाट बिभूषित भइसकेका  छन्। 

लुम्बिनी बिकास कोष र पशुपति क्षेत्र विकासका लागि नेपाल सरकारबाट निर्देशन भएअनुसार देशब्यापी रुपमा चन्दा संकलन गरी सामाजिक योगदान दिएका शाह, बिगत ३० वर्षदेखि फत्ते बाल आँखा अस्पतालको संरक्षकको हुन्। 

पशुपति क्षेत्र विकास कोषको उपाध्यक्ष समेत  भइसकेका शाह विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषको सम्मेलनमा नेपालको तर्फबाट अल्टरनेट गभर्नरको रुपमा सहभागी हुनुको साथै त्रिभुवन विश्वविद्यालयको सिनेट मेम्बर, नेपाल राष्ट्र बैंकको निर्देशक, तत्कालिन शाही नेपाल वायु सेवा निगमको निर्देशक पदमा रही सेवा गरेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाल रेडक्रस सोसाइटी र नेपाल नेत्र ज्योति संघको आजीवन सदस्य रहेका शाह लुम्बिनी विकास कोषको सदस्य पदमा पनि क्रियाशिल थिए । नेपालगन्ज र काठमाडौ दुबै स्थानमा उनको घर रहेको छ । उनकी एक छोरी ईश्वरी राणा रहेकी छिन् ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०७४  ०३:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि...
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग
सम्बन्धित सामग्री
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर बिहीबार, असोज २९, २०८३
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्