काठमाडौं- शुक्रबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य शीर्षकहरूः
१) महरा प्रकरणप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण, सुक्ष्म अनुगमन गरी प्रतिवेदन पेश गर्न ३ सदस्यीय उच्चस्तरीय अनुगमन टोली गठन
२) राष्ट्रिय अभिलेखालयको कार्यालय तत्काल नसार्ने संस्कृतिमन्त्री भट्टराईको अडान, भन्छन्– विकल्प तयार नभई अन्यत्र सार्न मिल्दैन
३) नेपालका लागि अमेरिकी राजदूत बेरी तथा नेकपा वरिष्ठ नेता खनालबीच भेटवार्ता, इन्डो–प्यासिफिक रणनीतिको उद्देश्य सैन्य गतिविधि बढाउनु नरहेको स्पष्ट
४) विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपाल र चाइनिज ताइपेई विरुद्ध अष्ट्रेलियन टिमको घोषणा, डिफेन्डर ट्रेन्ट सेन्सबरी बाहिरिए, बेइली राइटको प्रवेश
५) र, आफ्ना सम्भावित चुनावी प्रतिस्पर्धी बाइडनमाथि छानबिन गर्न चीनसँग अमेरिकी राष्ट्रपतिको आग्रह, चीनमा बाइडन परिवारको लगानी अपारदर्शी रहेको भनाई
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।