काठमाडौं- केपी शर्मा ओलीले ४१औं प्रधानमन्त्रीका रुपमा आज साँझ पदभार सम्हालेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राति ८ बजे पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री ओलीले नयाँ सरकारका प्राथमिकताका ५ निर्णय सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन गर्ने, आर्थिक समृद्धिका लागि कृषिको आधुनिकरण र व्यवसायीकरण, आम रुपमा रोजगारीका अवसर सिर्जना गर्ने लगायत प्राथमिकता सार्वजनिक गरेका छन्।
हेर्नुहोस् भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।