काठमाडौं- पछिल्लो समय मुर्ति स्थापना गरी पूजापाठ गर्ने प्रवृत्ति बढेको छ। विशेष गरी दसैंलगायतका पर्व लक्षित गरी मुर्ति बनाउने गरिएको छ।
नजिकिँदै गरेको दसै, तिहार र छठ पर्व लक्षित गरी भगवान बनाउने मानिसलाई चटारो छ। काठमाडौंको सानेपाको गुसिंगल पुग्दा यस्तै चटारोमा थिए त्यहाँका मुर्तिकार।
साउनबाट घाम लाग्न थालेपछि सुरु हुने यो काम वर्षमा छ महिनामात्र चल्छ। माघमा पर्ने सरस्वती पूजासँगै यहाका कामदारभने भगवान बनाउने काम छोडेर अन्न फलाउने काममा व्यस्त हुन्छन्।
राजधानीमा बनाइने यस्ता मुर्ति माटो, पराल, बाँस, सिमन्ट र विभिन्न किसिमका रङ र कपडाहरू प्रयोग गरी मुर्ति बनाउने गरिएको छ। विभिन्न आकृति र साजसज्जामा तयार हुने एक मुर्तिको अधिकतम मूल्य १६ हजारसम्म पर्ने कालिगढले बताएका छन्। पछिल्ला वर्षमा मुर्तिको व्यापार बढ्दै गएको छ।
यस वर्षको दसैंका समयमा घाम कम लाग्ने र पानी बढी परेकाले अपेक्षाकृत काम गर्न नसकिएको गुनासो मुर्तिकारहरुको छ। दसैंको समयमा दुर्गाको मुर्ति बढी बिक्री हुने भएकाले दसैंकै समयमा व्यापार बढी हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।