• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ३०, २०८२ Wed, Jan 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

यस्तो छ महराको विवाद शृंखला

64x64
नेपाल लाइभ मंगलबार, असोज १४, २०७६  १६:४५
1140x725

काठमाडौं– संघीय संसद् प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन्। संसद्‌कै कर्मचारीमथि यौन दुर्व्यवहारको आरोप लागेपछि महराले पदबाट राजीनामा दिएका हुन्।

नेपालको संसदीय इतिहासमा सभामुखमाथि लागेको यो स्तरको आरोप पहिलो हो। सभामुखमात्रै होइन, राज्यका अन्य कुनै पनि अंगका प्रमुखमाथि पदमा बहाल रहेकै अवस्थामा यस किसिमको आरोप लागेको थिएन।

त्यसो त महरा बेलाबेलामा विवादमा परिरहन्छन्। विशेषगरी शान्ति प्रक्रियामा आएपछि उनी कैयौं विवादमा फसिसकेका छन्। कतिपय विवादहरु सम्बन्धित क्षेत्रमा मानिसहरुको मात्रै चासोमा रह्यो, कतिपय विवादहरु आम जानकारीमा आए। 

यहाँ त्यस्तै केही विवादका बारेमा चर्चा गरिएको छः

टेप प्रकरण
२०६७ भदौमा सार्वजनिक एक अडियोमा महराले चिनियाँ नागरिकसँग ५० करोड मागेका थिए। अडियो प्रधानमन्त्रीको निर्वाचनका लागि ५० सांसद खरिद गर्नुपर्ने भन्दै उनीसँग ५० करोड रुपैयाँ मागिएको थियो। सांसद किनबेचको विषय नेपाली राजनीतिमा नयाँ थिएन। तर, मूल्य नै तोकेर फरक देशका नागरिकसँग रकम मागिएपछि त्यसले केही समय चर्चा पायो। तर, महराले अडियोमा बोल्ने आफू नभएको र प्रविधिको युगमा कसैले त्यस्तो अडियो बनाएको हुन सक्ने भन्दै बचाउ गरे।

'भुरा माछा'
२०७३ पुसमा अर्थमन्त्री थिए, महरा। पोखरामा आयोजित एक कार्यक्रममा उनले त्यतिबेलाको चर्चित सुनकाण्डबारे बोले। तस्करी गरी ल्याइएको ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएको थियो। सो प्रकरणमा त्यसमा आफू भुरा माछा मात्रै भएको उनले बताए।

‘पछिल्लो सुन तस्करी काण्डमा मेरो त नाम पनि जोडिएर आएको छ, हामी त फगत पात्र हौं, म सबै कुरा अहिले भन्न चाहन्नँ। यसमा धेरै ठूलाठूला माछा छन्। हामी त भुरा माछा मात्र हुन्छौं’, उनले भने।

उनको अभिव्यक्तिपछि अर्थमन्त्री नै तस्करीमा संलग्न भन्दै विरोध भयो। तर, त्यो कुराले उनलाई कुनै असर गरेन। अघि बढिरहे।

Ncell 2
Ncell 2

लडाकु शिविरको रकम हिनामिना
आजसम्म तत्कालीन माओवादी नेतृत्वलाई टाउको दुखाइको विषय बनाइरहेका केही विषयमध्ये एउटा हो, लडाकु शिविरको रकम हिनामिना।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा उनीहरुको सेना व्यवस्थापन र भरणपोषणका लागि राज्यले करोडौं रकम खन्यायो। त्यो रकम माओवादी नेता महराले बुझ्ने गरेका थिए।

यो प्रक्रियामा कति रकम बाहिरियो, कति सम्बन्धित कामका लागि खर्च भयो र कति दुरुपयोग भयो भन्ने अहिलेसम्म प्रस्ट हुन सकेको छैन। तर, रकम हिनामिना गरिएको हो भन्नेचाहिँ महालेखाको कार्यालयले देखाएको बेरुजुले प्रस्ट पार्छ। बेलाबेलामा अख्तियारले यस विषयमा छानबिन गर्ने कुरा गरे पनि प्रक्रिया अघि बढेको छैन।

महिलामाथि बलात्कार आरोप, राजीनामा
संसद्‌की कर्मचारीमथि यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख महराले मंगलबार पदबाट राजीनामा दिए। उनले आइतबार रक्सी खाएर ती महिलाको कोठामा गएको र दुर्व्यवहार गरेको आरोप उनले लगाएकी छिन्। कोठामा गएको र रक्सी खाएको विषयलाई महराले विभिन्न सञ्चारमाध्यममार्फत स्वीकार गरिसकेका छन्। यद्यपि, अन्य आरोपलाई भने उनले अस्वीकार गरेका छन्।

महरालाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न नेकपा सचिवालय बैठकले आग्रह गरे लगत्तै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सहयोगीमार्फत राजीनामा बुझाएका थिए।

अन्य विवादहरु
माओवादीबाट सबैभन्दा धेरै मन्त्री हुनेको अग्रपंक्तिमै पर्छन्, महरा। तर, मन्त्री पद सम्हालेका बेला उनी मन्त्रालयसँग सम्बन्धित विभिन्न निर्णयहरुमा पनि विवादमा फस्ने गरेका छन्। पहिलो पटक सञ्चारमन्त्री भएका बेला उनी फ्रिक्वेन्सी बिक्री विवादमा परेका थिए। त्यस्तै, वैदेशिक शक्ति केन्द्रसँग उनको उठबसलाई पार्टीभित्र अस्वभाविक ठान्नेहरु पनि छन्। उत्तरी देश चीनतिर उनको भ्रमण र त्यस क्रममा हुने भेटवार्ता पनि चासोका साथ हेरिन्छ।

तर जति आरोप लाग्दै गए पनि, जति विवादमा फस्दै गए पनि उनलाई कहिल्यै असर गरेको देखिएको थिएन। माओवादी जनयुद्धका उच्च तहका नेतामध्येका एक महरा शान्ति प्रक्रियामा आएपछि पटकपटक लाभको पदमा पुगे। सांसद भए, मन्त्री भए, सभामुख भए।

पछिल्लो विवादमा पनि निष्पक्ष छानबिन होला भन्ने विश्वास धेरैमा देखिँदैन। घटना सार्वजनिक भएको २०/२२ घन्टासम्म विकसित परिस्थिति हेर्दा यो विवाद पनि महराका विगतकै जस्तो केही दिन हल्ला हुने र पछि सामसुम हुन सक्ने शंका बढेको छ।

सम्बन्धित समाचार

  • सेलाउँदैछ सभामुखमाथिको आरोप : प्रहरी जाहेरी पर्खने, आरोपी पीडितलाई 'फकाउने'

  • सभामुखको राजीनामापछि घटनास्थलबाट सबुत प्रमाण बरामद, पीडित भनिएकी महिलाको फेरियो बोली

  • महराको राजीनामापछि सभामुख पद कुन दलले पाउला?

  • सभामुख कृष्णबहादुर महराद्वारा राजीनामा

  • महराका विषयमा नेकपा सचिवालयको निर्णय- सभामुख र प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनू

  • दोषी देखिए महरालाई १३ वर्षसम्म कैद हुनसक्ने 

  • कांग्रेसको प्रश्न- महराले सभामुखबाट राजीनामा दिनुभएको हो कि कार्यभारबाट?

  • सांसद पदबाट पनि राजीनामा दिन दिएको पार्टीको सुझाव महराले मानेनन्

  • सभामुख सचिवालयको खण्डनका ५ कमजोरी

  • गम्भीर आरोप लागेका सभामुख महरालाई नेता थापाको आग्रह– पदबाट अलग भएर छानबिनमा सघाउनुस्

  • 'अभिभावक ठानेको सभामुख महराबाटै यस्तो व्यवहार...!'

  • ‘कठपुतली’ तयार गरी सामाजिक रुपमा बदनाम गर्ने दुस्प्रयास गरिएको छ : सभामुख

  • सभामुख महरालाई गम्भीर आरोप लगाउने महिला भन्छिन्- सुरक्षा 'थ्रेट' आइरा'छ

  • सभामुख महरामाथि जबर्जस्ती करणी प्रयासको आरोप, भन्छन्- यसमा सत्यता छैन, फसाउन खोजियो

प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६  १६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार
सम्बन्धित सामग्री
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी सभापति शेरवहादुर देउवाकै तर्फबाट निर्वाचन आयोगमा सो पत्र पठाइएको हो । बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनलाई पार्टी हितविपरीत गएको निष्कर्षका साथ निष्काशनको घोषणा गरेको हो । बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार महामन्त्री गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार तोक्न संस्थापन पक्ष तयार नभएको हो। यसैगरी देउवा निष्क्रिय हुने प्रस्तावलाई पनि... बुधबार, पुस ३०, २०८२
ताजा समाचारसबै
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
सहमतिका लागि विशेष महाधिवेशन पक्षधरले देउवा पक्षलाई पठायो ८ बुँदे प्रस्ताव बुधबार, पुस ३०, २०८२
प्रधानमन्त्रीलाई बुझाएको एनसेलको पत्रमा के छ? बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
प्रदर्शन दबाउन इरानी सरकारले गरेको कारबाहीमा हजारौं मारिएको आशंका मंगलबार, पुस २९, २०८२
संस्थापन र विशेष महाधिवेशन पक्षधरको जुटेन सहमति मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्