काठमाडौं- प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबाटै आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै दाबी गरेकी महिलाले आफूलाई सुरक्षा थ्रेट आएको बताएकी छन्।
सभामुख महराले आफूमाथि जबर्जस्ती करणी प्रयास गरेको आरोप लगाएकी ती महिलाले नेपाल लाइभसँग कुरा गर्दै यस्तो बताएकी हुन्।
संसद् सचिवालयकै एक महिला कर्मचारीले महरामाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोप लगाएकी छन्।
'सत्ता र शक्तिको दुरूपयोग गरी आफूलाई थप पीडा दिने हुन् कि भन्ने डर लागेको छ,' ती पीडितले भनिन्, 'कानुन बनाउने थलोको नेतृत्व गर्ने व्यक्तिबाटै यतिसम्म प्रहार हुन्छ भने हामी कोही पनि सुरक्षित छैनौं। सुरक्षाको थ्रेट पनि आएको छ। तर सभामुख महराबाट होइन। बाहिरबाट सुरक्षा थ्रेट आएको हो।'
पीडित दाबी गरेकी महिलाका अनुसार सभामुख महराले आइतबार साँझको समयमा आफूमाथि जबर्जस्ती बलात्कारको प्रयास गरेका थिए।
यो आरोपका विषयमा महराले भने कुनै सत्यता नभएको र आफूलाई फसाउन खोजिएको मात्र बताएका छन्। नेपाल लाइभसँग कुरा गर्दै सभामुख महराले भने, 'यो विषयमा कुनै सत्यता छैन। फसाउन खोजिएको मात्र हो।'
सम्बन्धित समाचार
सभामुख महरामाथि जबर्जस्ती करणी प्रयासको आरोप, भन्छन्- यसमा सत्यता छैन, फसाउन खोजियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।