काठमाडौं- नेपालस्थित भारतीय दूतावासले ५५औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ।
दूतावासले सोमबार काठ्माडौंको मेरियट होटलमा एक समारोह आयोजना गरेर उक्त दिवस मनाइएको हो।
कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित प्रमुख अतिथि थिए।
नेपालका लागि भारतका राजदूत मञ्जीव सिंह पुरीले नेपाल सरकारका कर्मचारीहरुलाई भारतका प्रमुख संस्थाहरुमा प्रशिक्षण दिन उक्त आइटेक कार्यक्रमले निर्णायक भूमिका खेलेको बताए।
कार्यक्रममा आइटेकका करिब १५० भूतपूर्व विद्यार्थीहरुको उपस्थिति थियो।
नेपाल सरकार अन्तर्गतका विभिन्न मन्त्रालय तथा विभागले आफ्ना कर्मचारीको मानव संसाधन विकासका लागि आइटेकका विभिन्न कोर्षको उपयोग गर्दै आएको छन्।
कार्यक्रममा नेपालको विभिन्न कर्मचारीलाई पुरस्कृत समेत गरिएको थियो।
कार्यक्रममा भारतीय दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले साँस्कृतिक प्रस्तुति प्रस्तुत दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।