काठमाडौं- प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयासको गम्भीर आरोप लागेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले छलफल सुरु गरेको छ।
छलफलका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। बालुवाटारमा अर्का अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफल भइरहेको वालुवाटर स्रोतले जनाएको छ।
सचिवालय बैठकअघि दुई अध्यक्षबीच सभामुख महराको विषयमा छलफल भएको हो। सभामुखबारे कस्तो निर्णय लिने भन्ने छलफल हुने जनाइएको छ।
अध्यक्ष प्रचण्ड र सभामुख महराबीच पनि बिहानै छलफल भएको थियो। सभामुख महराले अध्यक्ष प्रचण्डलाई आफू यो प्रकरणमा सहयोग गर्न तयार रहेको बताएका थिए।
संसद सचिवालयका एक महिला कर्मचारीले सभामुखमाथि बलात्कार प्रयासको आरोप लगाएकी थिइन्। सभामुख महराको सचिवालयले भने आफूलाई फसाउन गरिएको प्रयास भनी खण्डन गर्दै आएको छ। (तस्बिर : नयाँ पत्रिका)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।