काठमाडौ- नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाललाई सत्तारुढ दल नेकपाका कार्यकर्ताले तनहुँमा अवरोध गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन्।
तनहुँको रिसिङ गाँउपालिका भवन उदघाटनका लागि पुगेका नेता रिजाललाई बाटोमा अवरोध गरेको पौडेलको विज्ञप्तीमा उल्लेख छ। ‘नेकपाका कार्यकर्ताले एक्कासी मण्डले शैलीबाट बाटो अवरोध गरि कांग्रेस नेता रिजाल र तनहुँको रिसिङका जनतामाथि समेत अपमान गरेका छन्।’ विज्ञप्तीमा भनिएको छ।
नेकपाका कार्यकर्ताहरुद्धारा मण्डले शैलीमा अवरोध गरेको उनले उल्लेख गरेका छन्।
पञ्चायतका मण्डलेहरुको शैली अनुशरण गर्दै नेकपाका नेता कार्यकर्ता फाँसिवादी र अधिनायकवादी शैलीमा प्रस्तुत भएको उनले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।