काठमाडौं– नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछानेले केन्याविरुद्ध ५ विकेट लिएपछि विश्वभरबाट चर्चा कमाएका छन्।
आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत केन्या विरुद्धको खेलमा लामिछानेले लिस्ट ’ए’ करिअरमा अहिलेसम्मकै उत्कृष्ट बलिङ गरेका थिए।
उनले केन्या विरुद्ध ५ विकेट लिएर उत्कृष्ट बलिङ गरेका हुन्। १० ओभर बलिङ गरेका सन्दीपले २० रन खर्चिदा ५ मेडन राखे। यसअघि उनको लिस्ट ए करिअरमा सर्वा्धिक उत्कृष्ट प्रदर्शन १८ रन दिएर ४ विकेट लिनु थियो। यो प्रदर्शन यहि प्रतियोगिताको पहिलो खेलमा नामिबिया विरुद्ध गरेका थिए। यो प्रदर्शन लिस्ट ’ए’को खेलमा नेपाली बलरकै अहिलेसम्मकै उत्कृष्ट हो।
हेर्नुहोस् उनले यसरी लिएका थिए पाँच विकेट :-
भिडियो : आइसिसी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।