काठमाडौं- नेपाली चलचि 'मिस्टर नेपाली'को दसैंलक्षित गीत 'हे मेरा परदेशी' सार्वजनिक भएको छ। असोज २९ गतेबाट प्रदर्शनमा आउने उक्त फिल्ममार्फत् लामो समयपछि अभिनेता भुवन केसी कमब्याक भएका छन्।
फिल्ममा भुवनसँग अभिनेत्री रीमा विश्वकर्माकले स्क्रिन सेयर गर्नेछिन्। फिल्ममा सरोज खनाल, विष्णु सापकोटा, नन्दू श्रीवास्तव, कमलमणि नेपाल, सुरेन्द्र केसी, रवी डंगोल, राजेन्द्र गिरी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ।
दसैं लक्षित सार्वजनिक भएको फिल्मको सो गीत परदेश गएकाहरूको मनभित्र उत्पन्न भएका पीडा र जानेहरूलाई सम्झिरहनेको पीडालाई प्रस्तुत गर्न खोजिएको छ।
देव भुषालको शब्द रहेको गीतमा सुवास भुषालको संगीत तथा हेमन्त कान्छा रसाइलीको आवाज रहेको छ। फिल्ममा लेखन, पटकथा तथा निर्देशन देव भुषालको रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।