• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

प्रचण्डको एक घन्टा टेनिस, नारायणकाजीको '५ नो' सूत्र

'युद्धका बेला हिँडेरै कसरत पुग्थ्यो, अहिले हिँडाइ कम छ'
64x64
किशोर दहाल शुक्रबार, असोज १०, २०७६  १५:१०
1140x725

काठमाडौं- गत जेठ अन्तिममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले आफ्नो फेसबुक पेजमा शारीरिक व्यायाम गरिरहेका तस्बिरहरु सार्वजनिक गरे। दुई दिनको अन्तरमा दुई दर्जनभन्दा बढी तस्बिर सार्वजनिक गर्दै उनले लेखे, ‘नियमित शारीरिक व्यायामले प्रत्येक दिनलाई सरल, ऊर्जाशील र गतिशील बनाउँछ। स्वस्थ रहौं, खुसी रहौं।’

घरभित्र र बाहिर गरिरहेको व्यायामको तस्बिरलाई धेरै फेसबुक प्रयोगकर्ताहरुले रुचाए। उनीहरुले त्यसलाई सकारात्मक र उत्प्रेरक भएको प्रतिक्रिया दिएका छन्। साथै, गौतमको स्वस्थ जीवनको कामना पनि गरेका छन्। अहिले पर्यटनमन्त्री भएका योगेश भट्टराईले गौतमको पोस्टमा कमेन्ट गर्दै भनेका छन्, ‘गुड जब।’

गौतम मात्रै होइन, उच्च तहका धेरै नेताहरुले व्यस्त दैनिकीका बाबजुद शारीरिक व्यायामलाई प्राथमिकता दिने गरेका छन्। जीवनशैलीकै एउटा महत्वपूर्ण भाग बनाएका छन्। आफ्नै निवासमा रहँदा होस् वा भ्रमणमा, व्यायामलाई निरन्तरता दिने प्रयास गरेका छन्।

सबेरै उठ्ने, ‘मर्निङ वाक’ जाने
उच्च तहका प्रायः नेताहरु बिहान सबेरै उठ्छन्। बिहान ४ बजेदेखि ५ बजेसम्म उठ्ने उनीहरुको दैनिकी छ। केही नेता भने ७ बजे उठ्छन्। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी तथा नेपाली कांग्रेसका नेताहरु कृष्णप्रसाद सिटौला र शेखर कोइराला लगायतका नेता बिहान ४ बजे उठिसक्छन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, समाजवादी पार्टीका संघीय अध्यक्ष डा बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव, नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ५ बजे उठ्छन्। त्यस्तै, कांग्रेसका महामन्त्री शशांक कोइराला तथा नेकपाकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य लगायतका नेताहरु बिहान ६  बजे उठिसक्छन्। कांग्रेस सभापति शेरबहादुर देउवा तथा राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर जबरा बिहान ७ बजे ओछ्यान छाड्छन्।

जुनसुकै समयमा उठे पनि मर्निङ वाक जानु नेताहरुको दैनिकी हो। त्यसका लागि निवास भित्रैको खाली ठाउँ, सडक र गल्ली, खुला स्थान वा मन्दिर क्षेत्र उनीहरुको रोजाइमा छ। शशांक कोइराला घरकै कम्पाउन्डमा व्यायाम गर्छन्। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ नजिकैको हाउजिङमा रहेको खाली ठाउँमा हिँड्छन्। जबरा शिवपुरी जंगलमा करिब डेढ घन्टा हिँड्छन्।

प्रचण्ड भने काठमाडौं निवासमा रहेका बेला नियमित टेबल टेनिस खेल्छन्। त्यसमा करिब एक घन्टा बिताउँछन्। ‘काठमाडौं बाहिर भएका बेला चाहिँ मर्निङ वाक गर्नुहुन्छ’, उनका प्रेस संयोजक विष्णु सापकोटा भन्छन्, ‘त्यो चाहिँ अनिवार्य जस्तै छ।’ 

केही नेताहरु मर्निङ वाकमा रुचि देखाउँदैनन्, केही भ्याउँदैनन्, केही भने शारीरिक कसरतको वैकल्पिक उपाय अपनाउँछन्। सभापति देउवाले दैनिक आधा घन्टा ध्यानमा बिताउने गरे पनि मर्निङ वाकमा रुचि छैन। नेकपा नेतृ पम्पा भुसाल तथा कांग्रेस नेतृ पुष्पा भुसाल साइक्लिङ वा अन्य एक्सरसाइज गर्छन्। पम्फाले १५ मिनेटदेखि ३० मिनेटसम्म र पुष्पा भुसालले एक घन्टा त्यसका लागि बिताउने गरेका छन्। नेकपा नेतृ शाक्य मर्निङ वाक गर्न भ्याउँदिनन्। ‘मर्निङ वाकमा जान भ्याउँदिनँ। बुहारीलाई घरको काममा सघाउँछु। शरीरलाई चाहिने कसरत त्यहीँबाट पूर्ति हुन्छ होला’, उनले भनिन्।

नेमकिपा अध्यक्ष बिजुक्छे नियमित मर्निङ वाकमा जान भ्याउँदैनन्। ‘नियमित मर्निङ वाक जादिनँ। कहिलेकाहीँ त कामको चापले राति ढिला सुतिन्छ। ढिला सुतेपछि ढिलै उठ्नु स्वभाविक भइहाल्यो। त्यतिबेला जान भ्याइँदैन’, उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

सुरक्षा संवेदनशीलताका कारण मर्निङ वाकको समयमा प्रायः नेतासँग सुरक्षाकर्मी पनि सँगसँगै हुने गर्छन्। त्यसका अतिरिक्त केही नेतासँग भने परिवारका सदस्य पनि हुने गर्छन्। केसी तथा नेकपाका सचिवालय सदस्य झलनाथ खनाल सपत्नी मर्निङ वाकमा जान्छन्।

मर्निङ वाकमा बिताउने समय प्रायः नेताको उस्तै छ। उनीहरु आधा घन्टादेखि एक घन्टासम्म व्यतित गर्छन्। त्यतिबेला भेटिने सर्वसाधारणसँग पनि उनीहरुको गफगाफ हुन्छ। हालखबर साटासाटदेखि सरकारप्रतिको असन्तुष्टि, विकास निर्माण, वातावरण प्रदूषण, चिनी रोग तथा पार्टी राजनीतिको विषयमा पनि प्रतिक्रिया आउने गरेको नेताहरुको अनुभव छ। ‘मानिसहरुले राजनीति कुरा गर्छन्। दुःख पाइयो भन्छन्’, बिजुक्छेको अनुभव छ, ‘लोकतन्त्र र गणतन्त्र आए पनि पुरानै पारा भयो भन्छन्। म पनि सरकार नै त्यस्तै छ भन्छु।’

मर्निङ वाकका अतिरिक्त योग तथा ध्यान पनि प्रायः नेताको रुचि देखिन्छ। विभिन्न समयमा विभिन्न कारणले सिकेको वा थालेको योगाभ्यास उनीहरुले घरमै निरन्तरता दिने गरेका छन्। केहीले भने पहिले योग गरेर पछि वाकमा निस्किन्छन्। कांग्रेस नेता पौडेल आधा घन्टा घरमै योग गरेर त्यति नै समयका लागि वाकमा निस्किन्छन्। सापकोटाका अनुसार प्रचण्ड योग चाहिँ गर्दैनन्। तर श्रेष्ठ तथा भट्टराईसम्मले पनि यसलाई आफ्नो दैनिकीको महत्वपूर्ण हिस्सा बनाएका छन्। भट्टराई विभिन्न चार/पाँच आसनका योग गर्छन्। शरीरका लागि आवश्यक विभिन्न आसन उनले योग गुरुबाट सिकेको उनका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए।

काठमाडौं बाहिर वा देश बाहिर नै गएको बेलामा पनि कतिपयले अप्ठ्यारोका बाबजुद पनि शारीरिक कसरतलाई निरन्तरता दिने गरेका छन्। ‘कार्यक्रमको सेड्युल प्याक छैन भने देश बाहिर गएका बेलामा पनि कोठामा बसेर योग तथा व्यायाम गर्नुहुन्छ’, गौतमका सचिवालय सदस्य दीपक टमाटा भन्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

स्वस्थ रहन व्यायाम
शारीरिक व्यायामका लागि समय छुट्याउनुको पछाडि शारीरिक र मानसिक स्वास्थ्य जोडेर प्रतिक्रिया दिन्छन्, नेताहरु। त्यसमा पनि शारीरिक स्फुर्ती र सकारात्मक सोचलाई उनीहरु विशेष जोड दिन्छन्। ‘मर्निङ वाक गरेपछि दिनभरि शरीर ताजा रहन्छ। मन फुरुंग हुन्छ। जाँगर लागिरहन्छ’, अध्यक्ष केसी भन्छन्, ‘तर, गरिएन भने शरीर दिनभरि आलस्य हुन्छ।’

बिहान ४ बजे उठ्ने ७९ वर्षीय केसी करिब १० वर्षयतादेखि मर्निङ वाकमा गइरहेका छन्। पछिल्लो समय उनी हरेक दिन आधा घन्टादेखि ४५ मिनेटसम्म मर्निङ वाकमा बिताउँछन्।

कांग्रेस नेतृ भुसालको बुझाइ अझै व्यापक छ। सुरुवाती उमेरमा अनुहारमा क्रिम लगायो भने त्यो उमेरकै कारण पनि राम्रो देखिने तर उमेर बित्दै जाँदा ‘आर्टिफिसियल मेकअप’ले भन्दा स्वस्थ खाना र कसरतले नै राम्रो बनाउनुपर्छ भन्छिन् उनी। उमेरले नै कसरत माग्ने कुरा नभए पनि उमेर बढ्दै जाँदा शरीरका प्रतिरक्षा शक्तिहरु कमजोर हुने र रोगहरु सहजै लाग्नसक्ने भएकाले कसरत आवश्यक रहेको उनको बुझाइ छ। ‘बाहिरका औषधिको भरमा बस्नुभन्दा पनि शरीरको आन्तरिक शक्ति बढाउनुपर्छ। बलियो बनाउनुपर्छ। त्यसैले पनि कसरत आवश्यक छ’, उनी भन्छिन्।

कतिपय रोगहरुमा पनि यस्ता कसरतले फाइदा पुर्‍याएको नेताहरुको अनुभव छ। तिनै मध्येका एक हुन्, राजेन्द्र महतो। सुगर र ब्लड प्रेसरबाट पीडित महतोलाई योग तथा वाकले फाइदा पुर्‍याएको अनुभव छ। ‘योग र वाक गरिएन भने झन् स्वास्थ्य बिग्रिन्छ। त्यसैले पनि यो गर्नु आवश्यक छ’, उनको सुझाव छ, ‘व्यायामले दिनभर ऊर्जा दिन्छ। सकारात्मक सोच विकास गराउँछ। यो नर्मल व्यक्ति पनि गर्नुपर्ने कुरा हो।’

योग र कसरतकै कारण आफू थला पर्नेगरी बिरामी हुनु नपरेको नेकपा नेतृ शाक्य बताउँछिन्। ‘नियमित भएकैले खासै बिरामी पर्दिनँ। कहिलेकाहीँ हात दुख्दा योग गरेरै ठिक पार्छु। थला पर्नेगरी बिरामी भएको छैन’, उनी भन्छिन्, ‘मेरै उमेरका धेरै साथीहरु बिरामी छन्। म उहाँहरुलाई कम्तीमा आधा घन्टा भए पनि योग गर्न भन्छु। उफ्रिन, हात खुट्टा चलाउन र हिँड्न भन्छु। कहिलेकाहीँ जानेको जति योग सिकाइदिन्छु।’

नेता खनाल राजनीति गर्नेहरुले शारीरिक स्वस्थतालाई झन् ख्याल गर्नुपर्ने बताउँछन्। योग तथा व्यायामले शारीरिक र मानसिक स्वास्थ्यमा फाइदा पुर्‍याउने भएकाले त्यसले जनताको सेवा गर्न झन् सहज हुने उनी बताउँछन्। ‘योगले मलाई राम्रो गरेको छ’, उनी भन्छन्, ‘कतिपय अवस्थामा विचार विकृतिहरुलाई सच्याउन पनि मद्दत गर्छ।’

नेताहरु शारीरिक कसरततिर तानिनुमा भने फरकफरक अनुभव छ। खनाल दस वर्षअघि भारत गएको बेलामा हैदरावादमा बाबा रामदेव र आचार्य बालकृष्णलाई भेटेको र उनीहहरुकै प्रेरणाले योग सुरु गरेको बताउँछन्। श्रेष्ठमा भने चर्चित नेता रुपचन्द्र विष्ट तथा स्वनाम साथीको प्रभाव छ। ‘मेरो संगत रुपचन्द्र विष्टसँग पनि थियो। उहाँ राजनीतिक रुपमा इमान्दार र स्वच्छ हुनुहुन्थ्यो। उहाँ योग तथा ध्यान पनि गर्नुहुन्थ्यो। मलाई यसको महत्व बुझाउने व्यक्ति पनि उहाँ नै हुनुहुन्थ्यो। हाम्रै पार्टीमा रहँदा स्वनाम साथी पनि यो विषयमा बढी रुचि र ज्ञान राख्नुहुन्थ्यो। उहाँको पनि धेरथोर प्रभाव छ’, श्रेष्ठ भन्छन्।

नेकपा नेतृ पम्पा भुसाल शरीरलाई थप कसरत आवश्यक रहेको महसुस गरेपछि त्यसमा समय दिइरहेकी छिन्। ‘युद्धका बेला हिँडेरै कसरत पुग्थ्यो। तर अहिले हिँडाइ कम हुन्छ’, उनी भन्छिन्, ‘त्यसैले थप कसरत आवश्यक छ भन्ने लागेपछि यसलाई पनि समय दिन थालेको हुँ।’

खानपानमा पनि सचेत
व्यायाम र योगका अतिरिक्त नेताहरुले खानपिनमा पनि रुचि र सचेतता अपनाउने गरेका छन्। देउवालाई मासुमा बढी रुचि छ। पौडेलका लागि सातामा तीन दिन माछा–मासु सहितको खाना तयार हुन्छ।

डा भट्टराई, शशांक कोइराला तथा शेखर कोइराला बेलुका रोटी खान्छन्। भट्टराईको बिहानको खाना पनि साधारण हुनेगर्छ। उनी थोरै खाना खान्छन्। नुन पनि कम खान्छन्। मौसमी तरकारी रुचाउँछन्। सिटौला माछा–मासु खाँदैनन्। लसुन–प्याज पनि खाँदैनन्।

जनमोर्चा अध्यक्ष केसी २०४० सालमा गोरखपुरको आरोग्य मन्दिरमा बसेको र त्यहाँको प्राकृतिक चिकित्साले खानपानमा दृष्टिकोण बदलिदिएको बताउँछन्। त्यहाँ पूरै प्राकृतिक खानपान र एक्सरसाइज गर्नुपर्ने उनको सम्झना छ। उनी अहिले पनि जंगफुड खाँदैनन्। मिलेसम्म एउटै समयमा खान्छन्। भरसक होटलमा खाँदैनन्। ‘अहिले पनि पहाडतिरबाट झिकाएको कोदोको ढिँडो, मकैको आँटो खान्छु। भात कम खान्छु’, उनले भने।

प्रवक्ता श्रेष्ठ साकाहारी हुन्। उनले आफूले नखाने ५ कुराहरुको सूचि अर्थात् ‘फाइभ नो’ नै बनाएका छन्। ‘पहिलो, माछा–मासु खान्नँ। दोस्रो, रक्सी खान्नँ। तेस्रो, कोल्ड ड्रिंक खान्नँ। यद्यपि, यो छाडेको धेरै भएको छैन। चौथो, चिया कफी खान्नँ। खानै परे ग्रिन टी खान्छु। पाँचौं, चुरोट, पान, सुपारी वा यस्ता अम्मल पदार्थ खान्नँ’, उनले भने।

कांग्रेस नेतृ भुसाल पहिले खानपिनमा त्यति ख्याल गर्ने नगरेको भए पनि पछिल्लो समय भने सचेत हुन थालेकी छिन्। ‘फलफूल र सलादमा जोड दिन्छु। यस्ता खानाले शरीरलाई भित्रैबाट बलियो बनाउँछ’, उनले भनिन्, ‘स्वास्थ्यसँग सम्बन्धित पुस्तक र पत्रिका भेटें भने प्राथमिकता दिएर पढ्छु। अन्य पत्रिकामा पनि स्वास्थ्यको कुरामा आँखा पुगिहाल्छ।’

शाक्य पानी प्रशस्त पिउने र पिउनुपर्ने बताउँछिन्। नेकपा नेता खनाल अर्गानिक खानामा जोड दिन्छन्। महतो मिठाई खाँदैनन्। बिजुक्छे अमिलो–पिरो खाँदैनन्। राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव सकेसम्म साकाहारी खाना खान्छन्।

नेकपा नेतृ भुसाल पनि चिल्लो, गुलियो र बढी कार्बोहाइड्रेड भएको खानेकुरा खासै खाँदिनन्। ‘मलाई कुनै रोग छैन। केही समयअघि स्वास्थ्य जाँच गरेको थिएँ। रक्तचाप तथा सुगरजस्ता रोग छैन’, उनले सुनाइन्।

भन्छन्– सबैले गरौं
सबै उमेरकाले शारीरिक व्यायाममा ध्यान दिनुपर्ने नेताहरुको सुझाव छ। पहिले–पहिले शारीरिक अभ्यासका कामहरु नियमित हुने भएकाले थप कसरत आवश्यक पर्दैनथ्यो। तर अहिले जीवनशैली र मानिसका पेसा फेरिएकाले समयमै शारीरिक व्यायाम, योग तथा ध्यानलाई बानीको रुपमा विकास गर्नुपर्ने उनीहरु बताउँछन्। पानी प्रशस्त पिउनुपर्ने, खानपिनमा सचेतता अपनाउनुपर्ने र पर्याप्त सुत्ने जस्ता टिप्स पनि उनीहरुसँग छ। ‘सबै पेसाका मानिसले स्वस्थ रहनका लागि शारीरिक कसरत र योग आवश्यक छ। शारीरिक र मानसिक फाइदा पुर्‍याउँछ’, नेतृ शाक्य भन्छिन्।
नेकपाकै नेतृ भुसालको सुझाव पनि उस्तै छ। कसरतको विषयमा सबैले ध्यान दिनुपर्ने उनी बताउँछिन्। ‘माथिल्लो नेतृत्व, जो गाडीमा हिँड्छन्। शारीरिक काम कम र मानसिक काम बढी गर्छन्’, उनी सुझाउँछिन्, ‘उनीहरुले कुनै न कुनै ढंगले शारीरिक कसरत गर्नुपर्छ।’

शिक्षण संस्थाहरु तथा अन्य कार्यालयहरुमा पनि योग, ध्यान तथा व्यायामका लागि प्रेरित गर्नुपर्ने कतिपयको सुझाव छ। सानो उमेरमा व्यायाम, योग तथा ध्यानजस्ता विषयको खासै महत्व नदेखिने गरे पनि सोही उमेरदेखि यसमा समय छुट्याउन लगाइयो भने भने त्यो बानीको रुपमा विकास गर्न सजिलो हुने भएकाले यतातिर ध्यान दिनुपर्ने उनीहरु बताउँछन्। ‘पहिल्यैदेखि व्यायाम गर्न थालियो भने पछि बानी लाग्छ’, यादव भन्छन्, ‘टिन एजमा यसको महत्व देखिँदैन। तर पछि यसले धेरै फाइदा पुर्‍याउँछ।’

महतो त यस्ता विषयमा विद्यालयको पाठ्यक्रममै राख्नुपर्ने बताउँछन्। ‘यो विषय पाठ्यक्रममै राख्नुपर्छ। प्रत्येक व्यक्तिको जीवनशैली बनाउनुपर्छ। बानीकै रुपमा विकास गराउनुपर्छ। यसले सम्भावित रोगहरुबाट बचाउँछ’, उनी भन्छन्।

कतिपयले भने यस्ता विषयलाई सकारात्मक रुपमा लिने तर नअपनाउने गरेको अनुभव छ, श्रेष्ठको। उनले तत्कालीन माओवादी केन्द्रको कार्यालय बैठकमै यस्ता विषयलाई क्रान्तिकारी जीवनको अभिन्न अंग बनाउनुपर्छ भनेर प्रस्ताव राखेका थिएँ। ‘प्रस्तावलाई सबैले राम्रो त भने तर कार्यान्वयन भएन’, उनले सुनाए।

OOO

पुष्पकमल दाहाल ‘प्रचण्ड’ : ६५ वर्षीय प्रचण्ड बिहान ५ बजे उठिसक्छन्। उनी करिब एक घन्टा टेबल टेनिस खेल्छन्। काठमाडौं बाहिर गएका बेला मर्निङ वाक अनिवार्य जस्तै छ। खानपिनमा विशेष सतर्कता छैन।

झलनाथ खनाल : ७० वर्षीय खनाल बिहान ५ बजे उठ्छन्। करिब १० वर्षयता हरेक दिन मर्निङ वाकमा ४५ मिनेट बिताउँछन्। घरमा पनि एक घण्टाजति योगा गर्छन्। सकेसम्म अर्गानिक खानामा जोड दिन्छन्।

नारायणकाजी श्रेष्ठ : ५८ वर्षीय श्रेष्ठ बिहान पौने ५ बजे उठ्छन्। झन्डै १५ वर्षदेखि निरन्तरमर्निङ वाकमा ४५ र योगा, प्रणायम र मेडिटेसनका लागि झन्डै एक घण्टा बिताइरहेका छन्। शाकाहारी हुन्। खानपिनमा ‘५ नो’ सूत्र अपनाउँछन्।

वामदेव गौतम :७१ वर्षीय गौतम बिहान ५ बजे उठ्छन्। उनी १० वर्षदेखि मर्निङ वाक र अन्य व्यायाम गरिरहेका छन्। खानपिनमा सचेत हुन्छन्।

चित्रबहादुर केसी : ७९ वर्षीय केसी बिहान ४ बजे उठ्छन्। १० वर्षयतादेखि दैनिक करिब ४५ मिनेट मर्निङ वाकमा बिताइरहेका छन्। खानपिनमा सचेत छन्। जंगफुड खादैनन्। ५/६ घण्टा सुत्छन्। पहाडतिरबाट झिकाएको कोदाको ढिँडो, मकैको आँटो खान्छन्। भात कम खान्छन्।

पशुपति शमशेर जबरा : ७८ वर्षीय जबरा बिहान ७ बजे उठ्छन्। प्रत्येक दिन शिवपुरी जंगलदेखि गुम्बासम्म डेढ घण्टासम्म हिँड्छन्। घर फर्केर एक घण्टा योगा तथा ध्यान गर्छन्। खानपिन खासै बार्दैनन्। 

नारायणमान बिजुक्छे : ८० वर्षीय बिजुक्छे बिहान ५ बजे उठ्छन्। तर ६ बजेतिर मात्रै बाहिर निस्कन्छन्। खासै शारीरिक व्यायाम गर्दैनन्। कहिलेकाहीँ मर्निङवाक जान्छन्। दालभात तरकारी रुचाउँछन्। अमिलो पिरो खादैनन्।

राजेन्द्र महतो : ६० वर्षीय महतो बिहान ५ बजे उठ्छन्। १५ वर्षयतादेखि योगा गरिरहेका छन्। आजकाल एक घण्टा योगा प्रणायाम र एक घण्टा मर्निङ वाक गर्छन्। सुगर भएकाले मिठाइ कमैमात्र खान्छन्।

राजकिशोर यादव : ४७ वर्षीय यादव बिहान ५ देखि साढे ५ को बीचमा उठिसक्छन्। ४/५ वर्ष यतादेखि आधा घण्टाजति मर्निङ वाक र घरमै केहीबेर कसरत गरिरहेका छन्। शाकाहारी भोजन रुचाउँछन्। बोसो भएको मासु खाँदैनन्।

पम्फा भुसाल : ५६ वर्षीय भुसाल बिहान ५ बजे उठ्छिन्। घरमै १५ देखि ३० मिनेट साइक्लिङ गर्छिन्। साँझपख ५ हजारदेखि १० हजार पाइलासम्म हिँड्छिन्। गुलियो, चिल्लो तथा कार्बोहाइड्रेड बढी भएको खानेकुरा खादिनन्। 

अष्टलक्ष्मी शाक्य : ६५ वर्षीया शाक्य बिहान पाँच बजे अगावै उठिसक्छिन्। मर्निङ वाक जान नभ्याए पनि नियमित योगा गर्छिन्। सम्भव भएसम्म हिँड्छिन्। पानी प्रशस्तै पिउँछिन्।

पुष्पा भुसाल : ४७ वर्षीया भुसाल बिहान पौने ६ वा ६ बजे उठिसक्छिन्। एक घण्टा एक्सरसाइज गर्छिन्। खानपिनमा ख्याल गर्छिन्। स्वास्थ्यसँग सम्बन्धित पुस्तक र पत्रिका ध्यान दिएर पढ्छिन्।

शेरबहादुर देउवा : ७३ वर्षीय देउवा बिहान ७ बजे उठ्छन्। आधा घण्टा ध्यान गर्छन्। मर्निङ वाकमा रुची छैन। मासुमा बढी रुची छ। 

रामचन्द्र पौडेल : ७५ वर्षीय पौडेल बिहान पाँच बजे उठ्छन्। आधा घण्टा योग र त्यति नै समय मर्निङ वाक गर्छन्। सातामा तीन पटक माछामासु सहितको खाना खान्छन्। १/२ महिनामा स्वास्थ्य परीक्षण गर्छन्।

शशांक कोइराला : ६१ वर्षीय कोइराला बिहान ६ बजे उठ्छन्। केही समय मर्निङ वाक र अन्य व्यायाम गर्छन्। सन्तुलित भोजनमा ध्यान दिन्छन्। बेलुका रोटी, दाल र तरकारी खान्छन्।

कृष्णप्रसाद सिटौला : ६९ वर्षीय सिटौला बिहान ४ बजे नै उठिसक्छन्। ध्यानबाट दैनिकी सुरु सुन्छ। ध्यानमा एक घण्टा र मर्निङ वाकमा केही समय बिताउँछन्। माछामासु खाँदैनन्।

शेखर कोइराला : ६९ वर्षीय कोइराला बिहान ४ बजे उठिसक्छन्। दुई घण्टा नियमित ध्यान, योग र मर्निङ वाक गर्छन्। साँझ रोटी खान्छन्।

डा बाबुराम भट्टराई : ६५ वर्षीय भट्टराई बिहान ५ बजे उठ्छन्। विभिन्न आसनका योगामा उनले एक घण्टा बिताउँछन्। मर्निङ वाक गर्दैनन्। बिहान थोरै खाना, बेलुका दुईवटा रोटी तथा मौसमी तरकारी उनको प्राथमिकता हुन्। (स्वास्थ्य खबरपत्रिकाको भदौ अंकबाट)

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०७६  १५:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्