काठमाडौं- बलिउड स्टारर आयुष्मान खुरानाको फिल्म 'ड्रिम गर्ल' व्यावसायिक हिसाबमा सफल र हिट फिल्म हो। फिल्मको कहानी र आयुष्मानको अभिनय दुवैलाई दर्शकले खुब रुचाए। 'ड्रिम गर्ल'को सफलतापश्चात् आयुष्मानलाई फिल्मको अफर लगातार आइरहेको छ।
अहिले उनको फिल्म 'बाला' आउँदैछ। आफ्नो व्यस्त सेडियुलको कारण उनी लामो समय ब्रेक लिने तयारीमा छन्। आयुष्मानको फिल्म 'बाला' नोभेम्बरमा सिनेमाघरमा लाग्दैछ। यसबीच आयुष्मानले नोभेम्बरमा लामो ब्रेक लिन फैसला गरेका छन्।
आयुष्मान आफ्नो पत्नी र बच्चाको साथमा समय बिताउन चाहेका छन्।
आयुष्मानले बताएका छन्, 'मलाई थाहा छैन। ब्रेक कति लामो हुन्छ। यो दुई तीन महिना वा त्यो भन्दा पनि बढी हुनपनि सक्छ। पछिल्लो वर्ष मेरो धेरै समय सुटिङको क्रममा बिते। मलाई निकै गाह्रो भइसकेको थियो। तर अब म यसको ख्याल गर्नेछु र यसलाई व्यवस्थापन गर्नेछु। म नोभेम्बरबाट आफ्नो परिवारसँग समय बिताउनेछु।'
आयुष्मानलाई फुर्सदमा बस्नुपूर्व उनको जिम्मामा रहेका सबै काम पूरा गर्नुपर्नेछ। 'बाला' २२ नोभेम्बरमा रिलिज हुँदैछ।
आयुष्मानले 'बाला'पछि कुनै फिल्ममा साइन गरेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।